होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : वामदेव
समाचार

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : वामदेव

सचिवालयको बैठक धुम्बाराहीमा बोलाउन अध्यक्षद्वयलाई आग्रह

  • नागरिक रैबार
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : वामदेव
फाएल तस्वीर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तल्काल राजीनामा दिनुपर्ने धारणा राखेका छन्। उनले सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक ठहर भएकाले तल्काल राजीनामा दिनुपर्ने धारणा राखेका हुन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै गौतमले सर्वोच्च अदालतले नेपालीको त्याग र समर्पणबाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको स्पष्ट पारेका छन्। ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता वि. सं. २०७७ साल फागुन ११ गतेको दिन  ऐतिहासिक महत्वको रहेको छ।’ गौतमले भनेका छन्,‘यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौ सपुतहरुको वलिदान तथा लाखौ देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो।’

उनले फागुन ११ गते जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन भएको बताएका छन्। गौतमले विज्ञप्तिमार्फत भनेका छन्,‘आजको दिन निरंकुशता स्वेच्छाचारिता, अराजकता र दुराचारिताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो। यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै उहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु।’

विज्ञापन

उनले राष्ट्रपतिले संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नुपर्ने धारणा राखेका छन्। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सचिवालयको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाउन आग्रह गरेका छन् ।

यस अगाडि उपाध्यक्ष गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेका थिए। गौतमले पार्टी एकता जोगाउने वा पुनर्एकीकरण गर्ने उद्देश्य लिएर आफूले दुवै समूहलाई समर्थन नगरी अभियानको संयोजक बनेर अगाडि आएको गौतमले वक्तव्यमार्फत जनाएका थिए। प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेमा भएको छ। एक समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व ओलीले गरेका छन्। उपाध्यक्ष गौतम भने विभाजन भएका दुवै समूहमा छैनन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार