होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पार्टीकाे धारणा बनाउँन बुढानिलक‌ण्ठमा देउबाले डाके कांग्रेसका शीर्ष नेताहरू
समाचार

पार्टीकाे धारणा बनाउँन बुढानिलक‌ण्ठमा देउबाले डाके कांग्रेसका शीर्ष नेताहरू

  • नागरिक रैबार
पार्टीकाे धारणा बनाउँन बुढानिलक‌ण्ठमा  देउबाले डाके कांग्रेसका शीर्ष नेताहरू
फायल तस्वीर

काठमाडौँ– देउवा निवास बुढानिलकण्ठमा बैठक ३ बजे नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बोलाइएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई बदर गरेपछि राजनीतिक घटनामाथि पार्टीको धारणा बनाउन कांग्रेसका शीर्ष नेताहरूको बैठक बोलाइएको हो ।

बैठकमा प्रतिनिधिसभाको पुनर्स्थापना, नेकपाका दुवै समूहले संसदभित्र सत्ता समीकरणमा सहकार्यका लागि गरेका प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विज्ञापन

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलगायतका अन्य वरिष्ठ नेताहरू तथा पार्टीका पूर्वपदाधिकारीहरु समेत सहभागी हुनेछन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि नेकपाको ओली पक्ष र प्रचण्ड-नेपाल दुवै पक्षले अब सत्ता समीकरणका लागि कांग्रेससँग सहकार्य गर्न प्रस्ताव राखेका छन्। अहिलेसम्म कांग्रेसले सरकारमा जाने नजाने स्पस्ट गरेको छैन।

यो बैठकपछि देउवाले छिट्टै संसदीय दलको पनि बैठक बोलाउने बताएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार