होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ११, २०७८
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • छाउगोठबाट निस्किएर अघि बढ्दै सुदूरका महिला
देश/प्रदेश

छाउगोठबाट निस्किएर अघि बढ्दै सुदूरका महिला

  • नागरिक रैबार
छाउगोठबाट निस्किएर अघि बढ्दै सुदूरका महिला

रक्षा भट्ट ।  धनगढी ।

मलाई मेरी हजुरआमाले सुनाउनु भएको थियो कि उहाँको पालामा छोरीलाई पढाउने भन्ने कुरा कल्पनाभन्दा बाहिरको कुरा थियो। उहाँका पालामा छोरालाई जस्तै छोरीलाई नि शिक्षा दिनुपर्छ भन्ने कुरा कसैले बुझ्न सकेकै थिएनन्। यद्यपि मेरी हजुरआमालाई पढाइप्रति भने धेरै चासो थियो। छोरा मान्छेलाई मात्र शिक्षा दिइने त्यो बेलामा उहाँले बैतडीको दुर्गम माइतीघर छेउछाउ गोठालो जाँदा बाटोमा पर्ने विद्यालयमा लुकीलुकी पढिरहेका विद्यार्थीहरुलाई हेरी थोरै भएपनि अ    र १ देखि १० सम्म पढ्न सिक्नुभएको थियो रे

त्यसरी कसरा सिकेर उहाँ थोरै साक्षर हुनु भएको थियो रे।

विज्ञापन

छाउगोठ

कस्तो विडम्बना! छोरी मान्छेले घरको कामकाजमै सीमित हुनुपर्छचुलोचौको गर्न जान्नुपर्छघरव्यवहार नै छोरीको प्रमुख दायित्व ठान्ने त्यतिबेलाको समाजले तिनै छोरी शिक्षित हुँदा मात्र परिवारको मात्र नभई समाजकै हित हुने कुरालाई बुझ्न सकेकै थिएन। छोरीलाई शिक्षा दिनु भनेको उनको भविष्यको परिवारलाई शिक्षित तुल्याउने वातावरण बनाउनु हो भन्ने बुझ्न सकेकै थिएन। तर अहिले अवस्था बदलिएको छ। गाउँगाउँमा खुलेका विद्यालयसँगै सुदूरका कुना कुनाका समाजमा चेतनाको विकास भएको छ, त्यो क्रम अझै जारी रहने नै छ।

बिस्तारै सभ्य समाज निर्माण हुनका लागि महिला शिक्षित हुन जरुरी छ र छोरी मान्छे पनि आफैमा सक्षम हुनुपर्छआत्मनिर्भर हुनुपर्छराश्रित हुनुहुँदैनसन्तान सबै समान हुन् र लैङ्गिक विभेद हुनु हुँदेन भन्ने सोचको विकास भइरहेको छ। तथापि ‘विकासले विनास पनि ल्याएको हुन्छ’ भनेझैँ जतिजति समाज परिवर्तनतिर गइरहेको छत्यति नै विकृति पनि बढ्दै गएको देखिन्छ।

सुशिक्षित बन्दै सुदूरका महिला

कञ्चनपुरको बेलौरी रतनपुरमा जन्मिएकी म। म सुन्दर सुदूरपश्चिमबासी भएको गर्व गर्छुगर्व नगर्नु पर्ने कुनै कारण नै छैन। किनभने अहिले मलगायत मजस्तै कैयौँ छोरीचेलीहरुले बिस्तारै बिस्तारै स्वतन्त्र र सहज वातावरणको अनुभूति गर्न पाइरहेका छन्। विकास तथा सभ्यताका दृष्टिकोणले पछिपरेको मानिने मेरो सुदूरपश्चिमले विस्तारै फड्को मारिरहेको छ। सँगसँगै यहाँका महिलाहरू पनि छाउगोठ बाट निस्किन थालेका छन् र हरेक क्षेत्रमा पुरुषसँग हातेमालो गर्दै पाइला अघि सारिरहेका छन्।

विभिन्न कुरीतिकुप्रथाविसङ्गतीले प्रश्रय पाएको मानिने तर प्राकृतिक छटाले सुन्दर सुदूरपश्चिमका भइरहेका आर्थिक सामाजिक सुधार र विकासका कारण म मेरो प्रदेश अझै सुन्दर हुँदै गइरहेको महसुस गर्न थालेकी छु।

म यो आलेखमा सुदूरका छोरीचेली र महिलाको जीवन अझै सुन्दर हुनेमहिलाको भविष्य अझै उज्ज्वल हुनसक्ने केही आधारको बारेमा चर्चा गर्न गइरहेको छु। सुदूरपश्चिममा व्याप्त अन्धविश्वासरुढीवादी परम्पराका कारण छोरीचेली र महिलामाथि हुने विभिन्न प्रकारका हिंसादुर्व्यवहार आदि बिस्तारै निमिट्यान्न हुने बाटोमा लागेका छन्। त्यसको मूल कारण होयहाँका मानिसमा शिक्षाको ज्योतिका कारण विकास हुँदै गइरहेको चेतना।

कुनैबेला आफूहरुमाथि भएका हिंसाका घटनाबारे बोल्न र भन्न हिच्किचाउने वा डराउने म जस्ता महिला दिदीबहिनीहरु अहिले सहजै आफूमाथि भएको अन्यायकाविरुद्ध बोल्न एवम् आवाज उठाउन सक्ने भएका छन्। 

भत्किइरहेका छाउगोठहरू

एकातिर भत्किइरहेका छाउगोठबाट सुदूरपश्चिमका महिला बाहिर निस्कने क्रम सुरु भइसकेको छ। अर्कोतिर महिलाविरुद्ध हुने घरेलु र अन्य प्रकारका हिंसासँग बलात्कार र अझ बलात्कारपछि हत्या जस्ता जघन्य अपराधका घटना पनि बाहिर आइरहेका छन्। हालै भएको भागरथी भट्ट घटनाका कारण आहत बनेको सुदूरपश्चिमसँगै सिंगो देशले अढाइ वर्षअघि भएको निर्मला पन्तको बलात्कार अनि हत्यालाई बिर्सिन सकेकै छैन। ती घटनाले महिलामाथि हुने हिंसाहत्याबलात्कार जस्ता जघन्य अपराध समाजमा जीवितै रहेको प्रस्ट पारेका छन्।

छाउगोठ

हुन त पहिले पहिले पनि समाजमा पनि यस किसिमका घटना नघटेका त होइनन्। तर समाजमा बदनामी खेप्नुपर्छसबैले कुरा काट्छन्घरपरिवारले पनि साथ सहयोग गर्दैन र हेला भइन्छ भन्ने मानसिकताका कारण ती घटनाहरु भित्रभित्रै दबाएर राखिन्थे। आज ती घटनाविरुद्ध उजुरी हुन थालेका छन् र ती बाहिर आउन थालेका हुन्

पुरुष प्रधान हाम्रो समाजमा महिलाले सहनशील हुनुपर्छघरभित्रको कुरा बाहिर ल्याउन हुन्न,  झन् घरबाहिरको दुर्व्यवहारबारे बोलियो भने भोली परिवारले नै नस्विकार्ने अवस्था आउन सक्छ भन्ने एक किसिमको डर महिलाहरुमा रहन्थ्यो। फलस्वरूप उनीहरु ती कुराहरुलाई लुकाएर बस्न वाध्य हुन्थे। यी कुराहरु मेरो निजि विचार हुन् भन्ने नसोचौँकिनकी मैले आफू बसेकै समाजमा पनि यी कुराहरु देखेकीसुनेकी छुँ। तर बिस्तारै समाज बदलिँदै छसकारात्मक परिवर्तनहरू भइरहेका छन् र देशसँग प्रदेशपनि लैङ्गिक समानताको युग तर्फ अघि बढ्दै छ।

विभेद र हिंसाविरुद्धका आवाज

अहिले धेरैभन्दा धेरै सुदूरका महिलाहरू आफूहरुमाथि हुने गरेका हिंसाको प्रतिकार गर्न सक्ने भएका छन्। तिनका विषयमा सहजै बोल्ने वा उजुरी गर्दै न्यायका लागि आवाज उठाउन सक्ने भएका छन्। महिला हिंसाको कुरा मैले केही अगाडि उल्लेख गरेको बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टमाथि भएको बलात्कारपछिको हत्याकै चर्चा गरौँ

विरोध

भागरथीमाथि भएको जघन्य अपराधको अनुसन्धानमा प्रहरी सफल रहेको देखियो किनभने घटनाका आरोपित सार्वजनिक भई उनी विरुद्ध कानुनी कारबाहीको प्रक्रिया पनि अघि बढिरहेको छ। प्रहरीलेको त्यो सफलताले दोषी उम्कन पाउँदैनउ हर हालमा सजायको भागिदार हुन्छ र सत्य लुक्न वा कसैले लुकाउन सक्दैन भन्ने कुराको प्रमाण भागरथी प्रकरणको अनुसन्धान गरेको प्रहरीले सार्वजनिक गरिसकेको छ।

तर अझैँ कति यस्ता घटना छन् जसको टुङ्गो लागिहाल्न सकेको छैन। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण एउटा उदाहरण हो। २०७५ साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा भिमदत्त नगरपालिकामा रहेको उनको घरदेखि केही परको उखुबारीमा उनको शव फेला परेको थियो। उनका हत्याका दोषी पत्ता लगाउन नेपाल प्रहरी अझसम्म पनि प्रयासरत नै छ । प्रहरीले घटनामा संलग्न हुनसक्ने भनी दर्जनौँमाथि सोधपुछ तथा अनुसन्धान गर्‍यो तर यो घटनामा संलग्नबारे अझैँ केही खुल्न सकेको भने छैन। जेहोस् प्रहरीले फेरी नयाँ कोणबाट अनुसन्धान थालेको बताएको छ।

कञ्चनपुरकी एक महिला भएको नाताले म यस घटनामा पनि प्रहरीलाई चाँडै नै सफलता मिलोस् हाम्रो शुभेच्छा एवम् शुभकामना दिन चाहन्छु। यसरी हेर्दा महिलामाथि हुने गरेका हिंसाका घटना रोकिएको त देखिँदैन तर हिजोआज महिलाहरु खुलेर आफ्ना समस्या राख्न सक्नेसम्म भने भएका छन्। पहिले जस्तोसुकै अवस्थामा पनि महिलाले परिवारको दबाबमा रहनैपर्ने र आफ्नो जिम्मेवारी निभाउनै पर्ने भन्ने मानसिकता महिलाहरुमा नै रहेको पाइन्थ्यो। पछिल्लो समय यी कुराको प्रतिकार गर्दै उनीहरु अगाडि बढिरहेको पाइन्छ।

नारीको सम्मान

आफू सुरक्षित नभएको तथा कुण्ठित हुनुपरेको अवस्था आएमा त्यसको समाधानको बाटो खोज्न हिजोआजका किशोरी युवती वा महिला पछि हट्दैनन्। जसले गर्दा दम्पती बीच पनि एकले अर्कालाई सम्मान नगरेको अवस्थामा सम्बन्धहरू विच्छेद पनि भइरहेका छन्। यसो भनिरहँदा मैले सम्बन्ध विच्छेदका कुरालाई बढावा दिए जस्तो पनि हुन सक्ला।

छाउगोठ फोटो एएफपी

तर मेरो विचारमा यथार्थ के हो भने जहाँ नारीको सम्मान हुँदैनत्यहाँ बस्नुको कुनै औचित्य नै हुँदैन। भनिन्छ नि जहाँ नारीको सम्मान हुँदैन त्यहाँ देवता पनि रमाउँदैनन्। जुन परिवारमा नारीलाई पशु सरह व्यवहार गरिन्छ त्यहाँ त्यो सब झेलेर बस्नुभन्दा त्यसको प्रतिकार गरी अगाडि बढ्नु महिला र त्यो परिवारका लागि पनि उत्तम हुन्छ।

यदी हामी त्यो परिस्थितिको प्रतिकार गरी अगाडि बढ्न सक्दैनौँ भने यसले झनै भयानक परिणाम निम्त्याउन सक्छ। आत्महत्या एउटा उदाहरण हो। परिस्थितिसँग जुध्न नसकेको खण्डमा मानिस हतोत्साहित हुनुका साथै हीनताआत्मग्लानिको सिकार हुन पुग्छ र अन्तमा आत्महत्या गर्न बाध्य हुन्छ। तर त्यो बाटो रोज्नु अक्षम्य भुल हुन जान्छ। महिला वा पुरुष जस्ले पनि आफ्ना पीडाहरू आफ्ना साथी संगीलाई निर्धक्क भएर खोल्ने बानी गर्नु पर्छ।

मैले अन्य घटनाहरु आफ्नो गाउँ समाजमा देखेकी पनि छुँ। परिवार र श्रीमानको समेत साथ सहयोग नमिल्दा महिलाले आत्महत्या गरेकोएउटै पुरुषले विभिन्न बाहानामा मनलाग्दी तरिकाले पाँच वटासम्म बिहे गरेको आदि इत्यादि। तर अब भने बोल्नेउजुरी गर्ने चलन बढेसँगै यस्ता विकृती र विसङ्गती केही हदसम्म कम हुँदै गएको पाउन सकिन्छ।

प्रगतिशील सुदूरपश्चिम

यस्तै मेरो सुन्दर सुदूरपश्चिमको एउटा अर्को समस्या छाउपडी प्रथा पनि हो। विभिन्न अन्धविश्वास र रुढीवादी परम्पराले गर्दा यहाँ छाउपडी प्रथाले जरो गाडेको छ। छाउपडी नमान्दा देवी देवता रिसाउनेअनिष्ट हुने जस्ता भ्रम जीवित रहेका कारण यो कुप्रथाले यहाँ स्थान पाएको देखिन्छ। तर पछिल्लो समय सरकारले छाउपडी प्रथाले निम्त्याएका जोखिमहरुलाई मध्यनजर गर्दै छाउगोठहरु भत्काउने अभियान नै चलायो।

छाउगोठ

छाउगोठ भत्काइए तर पनि धेरैजसोको मानसिकताबाट यस सम्बन्धी भ्रम र अन्धविश्वास हट्न नसक्दा सरकारको छाउगोठ भत्काउने अभियान पूरै सफल भएको पाइँदैन। तर जे होस् छाउपडी प्रथाको अन्त्यका लागि थालिएको यो अभियानले यो प्रथा छिट्टै निर्मुल हुने विश्वास दिलाएको छ।

यसरी विभिन्न विकृतीविसङ्गतीलाई छिचोल्दै अगाडि बढिरहेको मेरो सुन्दर सुदूरपश्चिममा नारी जातिले थोरै भएपनि स्वतन्त्रता र शान्तिको सास फेर्न थालेका छन्। त्यो दृश्य नै कति मनमोहक हुन्छजब दुईजना दिदीभाइ सँगै हात समाउँदै रमाउँदै विद्यालय गइरहेका देखिन्छन्। जब हाम्रा आमाबाबाले छोरा मात्रै नभई छोरीको पनि प्रशंसा गरिरहेका हुन्छन्।  तब लाग्छ आहा! साँच्चै नै कति परिवर्तन भएछ हाम्रो समाजमा

तर मलाई यो त एउटा सुखद सुरुवात मात्र हो जस्तो लाग्छ। एकातिर विद्यालय नै जान नपाउनु भएकी र बच्चैमा विवाह गर्नुभएकी मेरी हजुरआमाका साथै उहाँजस्तै थुप्रै हजुरआमाहरु अर्कातिर उहाँकै नातिनी म। साँच्चै धेरै नै बद्लिइसकेको छ हाम्रो समाज। अब हामी छोरीचेली सुरक्षित छौँ भन्ने एउटा मीठो आभा गर्न पाइयोस्। निर्मला पन्त र भागरथी पन्त हत्या प्रकरणको अनुसन्धानपछि पीडितलाई न्याय मिलोस्। छाउ गोठबाट निस्किएर आत्मविश्वासका साथ अगाडि लस्किरहेका सुदूरपश्चिमका छोरीचेलीका पाइला नडगमगाओस्।

दिनेश खबरबाट

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै