होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीले अपराधको पाप पखाल्न पशुपतिमा बत्ती बाले: भीम रावल
समाचार

ओलीले अपराधको पाप पखाल्न पशुपतिमा बत्ती बाले: भीम रावल

  • नागरिक रैबार
ओलीले अपराधको पाप पखाल्न पशुपतिमा बत्ती बाले: भीम रावल

जिवन सेजुवाल

नागरिक रैबार ।

माघ १३ मुगु : प्रचण्ड-माधव समूहका नेता तथा स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई ‘अपराधको पाप पखाल्न’ पशुपतिनाथ मन्दिर पुगेको आरोप लगाएका छन् ।

विज्ञापन

मुगुको गमगढीस्थित संसद विघटनविरुद्धको आन्दोलमा सम्बोधन गर्ने क्रममा नेता रावलले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पुगेर पूजा गरेको सन्दर्भमाथि कटाक्ष गर्दै नेता रावलले यस्तै बताएका थिए ।

तर उनले पशुपतिमा गएर बत्ती बाल्दैमा पाप नपखालिने जिकिर समेत गरे । उनले भने, ‘नागरिक समाज, कानुन व्यवसायीदेखि चौतर्फी बिरोध हुनथालेपछि आफुले गरेको असंवैधानिक कदमको पाप पखाल्न पशुपतिमा बत्ति बाल्न पुगेका छन् । तर यति ठूलो अपराधको बत्ती बालेर अपराध पखालिँदैन ।’

पूर्वमन्त्री समेत रहेका रावलले केपी ओलीलाई काम गर्न पार्टीबाट कुनै अवरोध नभएको बरु उल्टै विदेशीहरुसँग झुक्न थालेको पनि आरोप लगाए । यस्तै देश र जनताविरोधी काम गर्न थालेपछि पार्टीले ओलीलाई रोक्न खोजेको उनले स्मरण गरे ।

‘कोरोनाभाइरस नियन्त्रणमा कुनै चासो देखाएनन् । अहिले  जनतालाई कोरना बिरुद्ध खोप चाहिएको छ ।  त्यसका लागि ५० अर्ब रकम आवश्यक छ । त्यता ध्यान छैन ५०/६० अर्ब खर्च गरेर निर्वाचन गर्न खोज्ने निर्णय गुर्न कति उपयुक्त हो ?’ रावलले सोधेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै