होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ८ पुस । शिकार खेल्ने क्रममा बन्दुक पड्किदा एक जना गम्भीर घाईते भएका छन् । जंगलमा शिकार खेल्न गएको वेला दाईले बाकेको बन्दुक पड्कििदा भाई गम्भीर घाईते भएका हुन । घाईते हुनेमा जिल्लाको बुढिनन्दा नगरपालिका वडा नं. ८ का ३० बर्षिया सुरेन्द्र गिरी रहेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धव सिंह […]
नागरिक रैबार/बाजुरा ८ पुस । कान्छो छोरो रत्ने र बुहारी घुघुरीको खै, के सानोतिनो घरमा टाक्कटुक्क भएको थियो, थाहै भएन् । छोराबुहारी दुई जनाको झगडा खासै ख्याल गर्ने कुरापनि भएन्,मैले । माघका महिना मेला गाउँका सरी वि.कले बुहारीलाई माटीखान बलत्कार गर्याे भनी दुई जना झगडीँदा गाउँणो नापा गाँईगुई सुन्याँ छिँया । बाँस, त्यत्ति हो । […]
नागरिक रैबार/बाजुरा ८ पुस । जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरी निरिक्षकद्धय लोकेन्द्र सिंह गुरु र जनकराज ढुंगानाको एकै साथ बाजुराबाट सरुवा भएको छ । नेपाल सरकार गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४ सय ४३ जना प्रहरी निरिक्षकहरुको सोमबार एकैपटक सरुवा गरेपछि बाजुराका प्रहरी निरिक्षकद्धय गुरु र ढुंगाना पनि बाजुराबाट सरुवा भएका […]
रमित वि.क/ बाजुरा ७ पुस । सवारी दुर्घटना न्युनीकरण गर्न बाजुरामा चालकको सडकमै स्वास्थ्य परीक्षण गरिएको छ । स्वस्थ चालकले नै सुरक्षित रुपमा सवारी साधन चलाउन सक्छन् भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराको आयोजनामा सवारी चालकहको स्वास्थ्य परीक्षण गरिएको हो । सडक दुर्घटना न्यूनीकरण गर्न सवारी चलाउने चालकहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका […]
बाजुरा जिल्लामा एक वर्षको अवधीमा १० जना माथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय बाजुराले तथ्याङ्क सार्बजनिक गरेको छ । गएको वर्ष पौष देखि यो वर्षको मंसिर ३० सम्म १० जनालाई बलात्कार गरिएको प्रहरीसँग तथ्याङ्क छ । ती मध्ये ८ जना अदालती कारवाही सहीत कैदी जीवन बिताईरहेका छन् । भने २ जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको […]
रमित विक/ बाजुरा ६ पुस । गौमुल गाउँपालिकामा आजबाट कुमारी बैंकको शाखा सञ्चालनको औपचारिक उद्घाटन गरिएको छ । गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले रिबन काटेर उद्घाटन गर्नुभएको हो । गाउँपालिकाको केन्द्र घट्मुनामा स्थापना गरिएको बैंकले अब गाउँपालिकाका नियममित बैंकिङ्ग कारोबार सहज हुने अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभएको छ । लामो समयको प्रयासपछि गाउँपालिकामा बैंक सञ्चालन गर्ने […]
कैलालीमा घरको छत ढलान गर्ने क्रममा खसेर एकजनाको मृत्यु भएको छ। शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर २ का पुरुषोतम जोशीको घरको छत ढलान गर्ने क्रममा खसेर घाईते भएका कैलारी गाउँपालिका १ का २२ वर्षीय बालकृष्ण कठरीया्को मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले छतबाट खसेर गम्भीर घाईते भएका […]
६ पुस, काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार खड्गभञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरूको पहिचान हुन बाँकी छ । घाइतेलाई त्रिशूली अस्पतालतर्फ […]
सुदूरपश्चिम प्रदेश सरकारले उद्योग स्थापना र भू–संरक्षण गर्ने योजना सम्भाव्यता अध्ययनमै सिमित राखेका पाईएको छ। गत आर्थिक वर्षमा जडिबुटी र सल्लाको काठको उद्योग स्थापना गर्न तथा पहिरो नियन्त्रण गरी भू–संरक्षण गर्ने सम्भाव्यता अध्ययन गरेको प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले अन्य प्रक्रिया अगाडी नबढाएको हो। सम्भाव्यता अध्ययनको प्रतिवेदन मन्त्रालयले थन्काएको छ। चालु आर्थिक वर्ष […]
काठमाडौँ, पुस ५ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ । बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा यो विषयले प्रवेश पाएको हो । बैठकमा नेताहरूले सभामुख कहिले चयन हुने भनी शीर्ष नेताहरूसँग प्रश्न गर्नुभएको थियो । नेकपाका सचिवालय सदस्य माधवकुमार नेपालले व्यक्ति को बन्ने हो […]
४ पुस, काठमाडौं । छोराछोरीलाई सामखुसीस्थित कोठामा छाडेर पोखरामा पुगेकी काठमाडौंकी रुपा (नाम परिवर्तन)लाई सोमबार परिचित आवाजबाट फोन आयो, ‘तेरो छोरा, छोरी र भाञ्जी मेरो कब्जामा छ, तीन लाख दिए मात्र छाड्छु ।’ फोन गर्ने बानेश्वरका २४ वर्षीय आशिष सिजापती थिए । रुपाले उनलाई सहजै चिनिन् । आपतमा आर्थिक सहयोग गर्ने, आफ्ना छोराछोरीले मामा भनेर […]
काठमाडौं : प्रतिनिधिसभाका नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गतेदेखि सुरु हुने भएको छ। शुक्रबार संघीय संसद भवन नयाँबानेश्वरमा बसेको कार्य व्यवस्था परामर्श समिति बैठकले हिउँदे अधिवेशनको दोस्रो बैठकबाट नयाँ सभामुख चयनको प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो। बैठकले शुक्रबारको संसद बैठकको कार्यसूची पारित गर्दै नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गते दिउँसो १ बजे […]
बाजुराका विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ। पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–१० पाण्डुसैनमा रहेको कैलाश प्राथमिक विद्यालयमा केही वर्ष पहिले ५० देखि ७० विद्यार्थी रहेका थिए। विद्यालयले दिवा खाजा कार्यक्रम शुरु गरेपछि विद्यार्थीको सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो। पहाडी तथा उच्च हिमाली भेगमा गरिब परिवारका […]
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्र पर्यटन विकास समिति गठन हुन नसक्दा लथालिङ्ग अवस्थामा पुगेको छ। करोडाँै रकम भ्रष्टाचार भएको व्यापक चर्चा भइरहेका बेला समिति गठन नहुँदा विकास निर्माणका काम लथालिङ्ग हुन पुगेका हुन। खप्तड क्षेत्र पर्यटन विकास समिति दुई वर्षदेखि गठन हुन सकेको छैन। समिति गठन नहुँदा पर्यटन वर्ष २०२० मनाउनमा निकै समस्या उत्पन्न […]
काठमाडौं- नेपालको जनसंख्या ३ करोडको हाराहारीमा छ । तर टेलिफोन सेवा लिने प्रयोगकर्ताको तथ्यांक भने चार करोड २० लाख पुगेको छ। यो तथ्यांकको ९८ प्रतिशत बजार मोबाइलको छ। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार मोबाइल सेवा लिनेको संख्या चार करोड ११ लाखभन्दा बढी छ। त्यस्तै फिक्स्ड सेवा (पिएसटिएन, डब्ल्यूएलएल, भिस्याट) सेवा लिनेको संख्या करिब ८ लाख […]
काठमाडौं— राष्ट्रिय सभाको माग ९ मा हुने चुनावमा १८ मध्ये १६ सिट नेकपाले जित्ने देखिएको छ । चुनावमा यसअघि जितेको सिट मध्ये कांग्रेसले सात र समाजवादीले एक सिट गुमाउने भएका हुन् । नेकपा र राजपाबीच सहमति भएसँगै प्रदेश दुई बाट रिक्त हुने राष्ट्रिय सभाका चार सिटमा नेकपा र राजपाले २/२ सिट बाँडफाँट गरेका छन् । […]
काठमाडौं– संघीय संसदको दुबै सदनको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ । दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले गर्ने भएकी छिन् । प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न उपसभामुख तुम्बाहाङफेले १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छिन् । उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदको हिउँदे अधिवेशनको सुरुवात आफ्नै अध्यक्षतामा […]
चिसोका कारण धनगढी उप–महानगर क्षेत्रका विद्यालयमा दुई दिन बिदा दिने निर्णय भएको छ। धनगढी उप–महानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बिहिवार र शुक्रवार बन्द गर्ने निर्णय भएको हो। उप–महानगरपालिकाका उपसचिव विष्णुप्रशाद कोईरालाले आज विहान मात्रै बिहिवार र शुक्रवार उप–महानगर क्षेत्रका विद्यालयमा बिदा दिने निर्णय भएको पुष्टि गरे। उनले शनिबारको मौसमपछि फेरी के गर्ने भन्ने बिषयमा छलफल […]
नागरिक रैबार/बाजुरा २ पुस। सदरमुकाम मार्तडीमा खानेपानीको हाहाकार भएको छ । विगत देखि खानेपानीको समस्या झेल्दै आएका सदरमुकामबासी फेरि पनि खानेपानी पिउनबाट बन्चित भएका छन् । बडीमालिका नगरपालिकाले मार्तडीको खानेपानी व्यवस्थित गर्ने भनेको वर्षौ भईसक्यो तर मार्तडीबासीका लागि नत अहिलेसम्म नियमित पानी आउँछ नत आईरहेको पानी व्यवस्थित भएको छ स्थानीयहरुले गुनासो गर्ने गरेका छन् । […]
काठमाण्डौ – अब नेपालको सगरमाथा र लागीगुराँसलाई विश्वले अझै नजिकबाट नियाल्ने भएका छन् । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खगोल युनियन (आईएयू) ले एउटा तारा र त्यसलाई घुम्ने ग्रहको नाम ‘सगरमाथा’ र ‘लालीगुराँस’ राखेको छ। फ्रान्सको पेरिसमा मंगलबार आईएयूले स्थापनाको सय वर्ष पुगेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली नामबाट तारा र ग्रहको नामाकरण गरेको हो। विश्वको […]