होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • हिउँदे अधिवेशन आजदेखि : उपसभामुखले बोलाइन् कार्यव्यवस्था परामर्श समिति बैठक
राजनीति

हिउँदे अधिवेशन आजदेखि : उपसभामुखले बोलाइन् कार्यव्यवस्था परामर्श समिति बैठक

  • नागरिक रैबार
हिउँदे अधिवेशन आजदेखि : उपसभामुखले बोलाइन् कार्यव्यवस्था परामर्श समिति बैठक

काठमाडौं– संघीय संसदको दुबै सदनको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ । दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले गर्ने भएकी छिन् ।

प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न उपसभामुख तुम्बाहाङफेले १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छिन् । उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदको हिउँदे अधिवेशनको सुरुवात आफ्नै अध्यक्षतामा गर्ने उपसभामुख तुम्बाहम्फेको चाहनामा बाधक नबन्ने भएको छ ।

उपसभामुख तुम्बाहाङफेले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकमा जाने निर्णय उसले गरेको छ । संविधानमा सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्ने भन्ने व्यवस्था रहेकाले कांग्रेसले यसमा सकारात्म रहेको सचेतक पुष्पा भुसालको भनाइ छ ।

विज्ञापन

दिउँसो बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकको कार्यसूची तय गर्छ । अहिलेको सम्भावित कार्यसूची राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने, शोक प्रस्ताव र अर्को बैठकको मिति रहेको बताइएको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणीको अभियोग लागेपछि असोज १३ गतेदेखि सभामुख पद रिक्त छ । सभामुखको अनुपस्थितिमा उपसभामुख तुम्बाहाङफेले बैठकको अध्यक्षता गर्न लागेकी हुन् । Copy with khabarhub.com

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार