होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अछाम जिल्लाका १० वटै स्थानीय तहमा छाउगोठ भत्काउने अभियान जारी रहेको छ। जिल्लामा गत पुस १० गते भएको सर्वपक्षीय सर्वदलिय बैठकको निर्णयअनुसार सबै तहले छाउगोठ नष्ट गर्ने कार्य धमाधम अगाडि बढाएका हुन। साँफेबगर नगरपालिकाले १४ वटै वडामा छाउपडी गोठ भत्काउने अभियानको थालनी गरेको छ। छाउगोठमुक्त वडा घोषणा कार्यलाई अगाडि बढाएको जनाइएको छ। मङ्गलसेन नगरपालिकाले नगरका […]
पाैष २९ काठमाण्डाै सरकारले हालै जारी गरेको एउटा निर्देशिकाले मोबाइलबाट गरिने कलको मूल्यमा कमी आउने अधिकारीहरूले बताएका छन्। एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा कल गर्ने प्रयोगकर्ताहरूलाई त्यसको प्रत्यक्ष फाइदा पुग्ने विज्ञहरूको तर्क छ। नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘अन्तरआबद्धता निर्देशिका- २०७६’ चैत २० गतेदेखि लागु हुनेछ। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, “त्यसपछि एउटा कम्पनीको […]
नागरिक रैबार/बाजुरा २९ पुस। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ जना कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सोमबार भएको पेसी बहसमा बरामदी मुचुल्का नभई बनावटी भएको […]
जाजरकोट पाैष २८ जुनीचाँदे गाउँपालिकाको सबै प्रशासनिक कामकाज सदरमुकाम खलंगाबाटै हुन थालेको छ। पालिकाको केन्द्र विवादका कारण गाउँपालिकाका स्थानीय सदरमुकाम धाउन बाध्य भएका हुन्। केन्द्र विवाद सर्वोच्च अदालतसम्म पुगेको छ। तर, अझै फैसला नहुँदा जुनीचाँदेको गाउँको सिंहदरबार सदरमुकाममै अड्किएको हो। गाउँपालिका अध्यक्षलगायत टोलीले पालिकाको केन्द्र जुनीचाँदेको लुहादह तोकेको दाबी गरिरहेका छन्। तर, असन्तुष्ट पक्षले केन्द्र […]
नागरिक रैबार/बाजुरा २८ पुस। बडीमालिका नगरपालिका वडा ८ स्थित रतुडामा रहेका पाँचवटा सार्वजनिक छाउ गोठ भत्काईएका छन् । बडीमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकाश रावल र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दान बहादुर रोकायाको नेतृत्वमा गएको टोलीले आईतबार उक्त ठाउँका सार्वजनिक छाउगोठ भत्काएका हुन् । यस अघि रतुडामा ४० देखि ४५ […]
नागरिक रैबार/बाजुरा २७ पुस। नेपाल विद्युत प्राधिकरण अन्तरगतको राष्ट्रिय प्रशारण लाईन सदरमुकाम मार्तडी लगायत आसपासका क्षेत्रका लागि जडान गर्न बडीमालिका नगरपालिकाले आवश्यक पहल गर्ने निर्णय गरेको छ । बडीमालिका नगरपालिकामा आईतबार विहान नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरुसंग बैठकबाट दरमुकाम मार्तडी लगायत नगरपालिका भित्रका लागि राष्ट्रिय प्रसारण लाईन जडान गरी विद्युत सेवा नियमित र […]
प्रेम बहादुर विक बाजुराको हाल बुढीगंगा नगरपालिकामा पर्ने तत्कालीन कुल्देवमाण्डौँ स्थित टाँटेबाट जिल्ला सदरमुकाम मार्तडी सरेको केही वर्षमै विजुली बलेको हो, साहेद । त्यतिखेर म त सानै थिए होला । मैले सुन्नमा आएको कुरा । त्यो बेला नै हाम्रा गाउँका बाउबाजेले विजुली बाल्न लागि सकेका थिए रे । केहीले झरो बाले होलान् । केहीले निगाली […]
नागरिक रैबार/बाजुरा २५ पुस। राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय बाजुराले मालिका माविमा अध्ययनरत टुहुरा बालवालिकालाई शैक्षिक सामाग्री बाँडेको छ । बैंकको वित्तिय साक्षरता कार्यक्रम अन्तरगतको बजेट मार्फत मालिका माद्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका १२ जना टुहुरा बालवालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको राष्ट्रिय बाणिज्य बैंक शाखा बाजुराका प्रवन्धक टिका राम बुढाले बताएका छन् […]
नागरिक रैबार/बाजुरा २५ पौष । केन्द्रीय अपराध अनुसन्धान महाशाखा टेकु काठमाण्डाै व्युरो कार्यालयबाट बाजुरा जिल्लामा सरुवा भई आउँनु भएका डिएसपी टंक प्रशाद भट्राईले जिल्लामा कसैको तारो नभई नागरिकको प्यारो भई काम गर्ने बताएका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय बाजुरामा आयोजित परिचयात्मक कार्यक्रममा सो कुरा डिएसपी भटराईले बताएका हुन् । बाजुरा जिल्लामा प्रवेश भएको दोस्रो […]
डोटी अस्पतालका एम्बुलेन्स चालक रतन धामीले दुई महिना अगाडी मात्रै प्रदेश सरकारले बाडेको नयाँ एम्बुलेन्स चलाउने जिम्मेवारी पाए। पूरानो एम्बुलेन्सनमा साढे चार घण्टामा डोटीबाट विरामीलाई धनगढी पुगाउने धामीले नयाँ एम्बुलेन्स पाएपछि अझै छिटो पुगाउन सकिन्छ कि ? भन्ने सोचेका थिए। तर टाटा कम्पनीको ४०७/०३१–४ २१२१ मोडेलको उक्त एम्बुलेन्स (मिनी ट्रक) मा डोटीबाट विरामीलाई धनगढी पुगाउन […]
राजेन्द्र बिक/बाजुरा २४ पुस । सामाजिक अभियान्ता बिरेनद्र थापाले आफ्नो जन्म दिनको अवसरमा दृष्टिविहिन बालबालिकालाई झोला सहयोग गरेको छ । पछिल्लो समय बिबाह,बर्तबन्ध जन्म दिन लगायतका खुशिले मनाइने दिवसहरु साह्रै तडकभडक का साथ पार्टीप्यालेस ,रेस्टुरेन्ट,बार आदिमा मनाउने परम्परा चलिरहेका बेला सामाजिक अभियन्ता तथा बिश्व शिक्षा नेपाल मुगुका फिल्ड अधिकृत बिरेन्द्र थापाले आफ्नो जन्मदिन छायानाथरारा नगरपालिका […]
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजधानी रहेका पार्टीका जिल्ला सभापतिसँग बिहीबार आफ्नै निवास बूढानीलकण्ठमा ‘लन्च मिटिङ’ गरेका छन्। असन्तुष्ट पक्षको आयोजनामा कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित तीन दिने भेलामा सहभागी जिल्ला सभापतिसँग परामर्श गर्न देउवाले निवासमै ‘लन्च मिटिङ’ गरेका हुन्। भेलामा सहभागी असन्तुष्ट पक्षका सभापति र राजधानीमा रहेका अन्य सभापति पनि देउवा निवासमा सहभागी […]
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पश्चिमी भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ । पश्चिमी वायूको प्रभावस्वरुप सामान्य वर्षादेखि हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि […]
रमित विक/बाजुरा २२ पुस । गौमुल गाउँपालिका घट्मुनाले आफ्नो वडाभरि सरसफाईका सामाग्री वितरण गरेको छ । गाउँपालिकाका ६ वटै वडामा सरसफाई सामाग्रीहरु वितरण गरिएको अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभएको छ । सरसफाईमा स्थानीय जनताको बानी बसाल्न संगै सरसफाईका आवश्यक सामाग्री नियमित प्रयोगमा ल्याउनका लागि थिति बसाल्नका लागि समेत सरसफाईका सामाग्री वितरण गरिएको उहाँले बताउनुभएको छ । […]
अछाम जिल्लामा छाउ गोठ भत्काउने अभियानमा प्रहरी सक्रिय भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पुस ९ गतेदेखि सुरु भएको अभियान अन्तरगत अहिले सम्म एक हजार एक सय ५२ छाउ गोठ भत्काईएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छाउ गोठ भत्काउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए। जिल्ला प्रहरी कार्यालय तथा […]
राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आज भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिए । बिहान १०ः०० देखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सञ्चालन भएको थियो । […]
नागरिक रैबार/बाजुरा २० पुस। हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टी तर्फ आउँदै गरेको जीप बाँधु नजिकैको कालापडा भिरमा दुर्घटनामा परि मृत्यु भएकाहरुको ४ दिनपछि पोष्टमार्टम गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा डाक्टर नहुँदा शव पोष्टमार्टममा ढिलाई भएको थियो । शव पोष्टमार्टमका लागि शनिवार जिल्ला अस्पताल बाजुराबा डाक्टर राजु जैशी नेतृत्वको चिकित्सक टोली झिकाईपछि ४ ओटै शवको […]
चौध महिना केही दिनको बाजुरा बसाईको क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग, सल्लाह, सुझाव एवम् हौशला प्रदान गर्नुहुने सम्पूर्ण बाजुरावासी दाजुभाई, दिदीबहिनीहरू प्रति हार्दिक आभार प्रकट गर्दछु । बाजुरा बस्दा प्रहरीको छवी उचो राख्न मेरो बुद्धि, विवेक, योग्यता, क्षमता, सामर्थ्य र उपलब्ध स्रोतसाधनको सत प्रतिशत प्रयोग गरी ईमान्दारीता, निष्पक्षता, पारदर्शीता, निर्भिकता साथ कोही सङ्ग सम्झौता […]
धनगढी विमानस्थल फेरी माघ १० गते सम्म आशिंक बन्द रहने भएको छ। दोश्रो पटक पुस २१ गते सम्मका लागि विमानस्थल आशिंक बन्द गरिएकोमा फेरी तेश्रो पटक समय बढाउँदै माघ १० गते सम्म आशिंक बन्द रहने भएको हो। पुस १ गतेदेखि नै पूर्ण रुपमा सञ्चालनमा आउने भनिएकोमा काम अधुरै रहेको भन्दै २१ गते सम्मको लागि आशिंक […]
काठमाडौं- आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दर्ता गर्न चाहने हरेक उम्मेदवारले १० हजार रुपियाँ धरौटी बुझाउनुपर्ने भएको छ । निर्वाचन आयोगले तयार गरेको राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका अनुसार यही पुस २० गते सम्बन्धित प्रदेशमा उम्मेदवारी दर्ता हुँदैछ । आयोगका अनुसार यही पुस २० गते आइतबार दिनको १० देखि ३ […]