होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराबाट सरुवा भएका डिएसपी भाटको विदाई सन्देश
Breaking News

बाजुराबाट सरुवा भएका डिएसपी भाटको विदाई सन्देश

  • नागरिक रैबार
बाजुराबाट सरुवा भएका डिएसपी भाटको विदाई सन्देश

चौध महिना केही दिनको बाजुरा बसाईको क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग, सल्लाह, सुझाव एवम् हौशला प्रदान गर्नुहुने सम्पूर्ण बाजुरावासी दाजुभाई, दिदीबहिनीहरू प्रति हार्दिक आभार प्रकट गर्दछु ।

बाजुरा बस्दा प्रहरीको छवी उचो राख्न मेरो बुद्धि, विवेक, योग्यता, क्षमता, सामर्थ्य र उपलब्ध स्रोतसाधनको सत प्रतिशत प्रयोग गरी ईमान्दारीता, निष्पक्षता, पारदर्शीता, निर्भिकता साथ कोही सङ्ग सम्झौता नगरी, कानुन बमोजिम कार्य सम्पादन गरेको कुरा सम्पूर्ण बाजुरावासी दाजुभाई, दिदीबहिनीहरूमा अवगत नै छ ।

९८ प्रतिशत भन्दा बढी बाजुरावासीको साथ, सहयोग, समर्थन र माया पाए भने २ प्रतिशत भन्दा कम कानुनी कारवाहीमा परेकाहरू, बिभिन्न आवरणमा बसेर कानुन बिपरीत काम गरी गराई फाइदा लिन पल्केकाहरू असन्तुष्ट पनि थिए, यो नै मेरो लागि अत्यन्त खुशीको पाटो एवम् हौशला र उर्जाको श्रोत थियो ।

विज्ञापन

केन्द्रीय अनुसन्धान ब्युरो (CIB) बाट बाजुरा जिल्ला प्रहरी प्रमुखको रूपमा खटी आउन लाग्नु भएका मेरा अग्रज आदरणीय दाजु DSP टंक प्रसाद भट्टराई ज्यूलाई पनि मलाई जस्तै सहयोग गर्नुहुनेछ भन्ने पूर्ण आशा एवम् बिश्वास लिएको छु ।“बडिमालिका” माताको पवित्र भूमिमा सेवा गर्ने अवसर दिनु भएकोमा संगठन प्रमुख श्रद्धेय प्रहरी महानिरीक्षक ज्यू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

काज सरूवा भई सीता माताको पवित्र जन्मभूमि जनकपुर (धनुषा) जान उत्साहित भएको अवस्थामा CIB मा कार्य व्यस्तताका कारण तत्काल बाजुरा आउन नसक्ने र केही दिन पछी मात्रै आउने जानकारी आदरणीय दाजु DSP टंक प्रसाद भट्टराई ज्यूबाट पाई केही दिन बाजुरा बसाई लम्बिएको अवस्थामा महानगरीय अपराध महाशाखा टेकु, काठमाडौंमा सरूवा नै भएर जाँदैछु ।

अत्यन्त सुन्दर बाजुराका डाँडाकाँडाहरूको सम्झना र बाजुरावासी प्रतिको सम्मान जीवनको अन्तिम क्षणसम्म ताजा नै राख्नेछु । अन्त्यमा, मेरो कार्य योजना (Action Plan) कार्यान्वयन गरी बाजुरा जिल्ला प्रहरी प्रमुखको रूपमा मेरो कार्यकाल सफल एवम् उदाहरणीय बनाउन सहयोग गर्ने बाजुरा जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी साथीहरूमा बिशेष धन्यवाद व्यक्त गर्न चाहन्छु ।

सही मार्ग निर्देशन गर्दै मेरो कार्य सम्पादनको उचित मूल्यांकन गरी २/२ पटक अभिलेखमा जनिने गरी नगद पुरष्कार र बिभुषणको लागि सिफारिस गरी “नेपाल प्रताप सुभुषण” बाट बिभुषित हुने अवसर प्रदान गर्नु भएकोमा श्रद्धेय प्रदेश प्रहरी प्रमुख ज्यू प्रति हार्दिक कृतज्ञता एवम् आभार प्रकट गर्दछु ।

धन्यवाद, जय नेपाल ।
“जय माता बडिमालिका”
मितिः- २०७६ पौष २० गते ।

जिल्ला प्रहरी कार्यालय बाजुराकाे फेसवुक पेजबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार