होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • कसैको तारो नभई नागरिकको प्यारो बन्ने काम गर्छु – डिएसपी भटराई
बाजुरा बिशेष

कसैको तारो नभई नागरिकको प्यारो बन्ने काम गर्छु – डिएसपी भटराई

  • नागरिक रैबार
कसैको तारो नभई नागरिकको प्यारो बन्ने काम गर्छु – डिएसपी भटराई

नागरिक रैबार/बाजुरा २५ पौष । केन्द्रीय अपराध अनुसन्धान महाशाखा टेकु काठमाण्डाै व्युरो कार्यालयबाट बाजुरा जिल्लामा सरुवा भई आउँनु भएका डिएसपी टंक प्रशाद भट्राईले जिल्लामा कसैको तारो नभई नागरिकको प्यारो भई काम गर्ने बताएका छन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय बाजुरामा आयोजित परिचयात्मक कार्यक्रममा सो कुरा डिएसपी भटराईले बताएका हुन् । बाजुरा जिल्लामा प्रवेश भएको दोस्रो दिन मै सम्बन्धित सरोकारवाला पक्षहरुसंगको परिचयात्मक कार्यक्रममा डिएसपी भटराईले नेपाल प्रहरीको विधी, नीति र राज्यको निर्देशित जिम्मेवारी प्रभावकारी तवरले निर्वाह गर्ने बताउँनु भएको थियो ।

नेपाल प्रहरी कानुन बमोजिम काम गर्छ । प्रहरीपनि नेपालको नागरिक हो । अलौकिक शक्तिबाट आएको होईन् । प्रहरीलाई बाजुरालीहरुको विशेष साथ र सहयोग चाहिन्छ । समाजमा शान्ति अमन चयन कायम गर्न प्रत्येक नागरिकको अहम भुमिका रहने भएकाले सम्बन्धीत सबै सरोकारवाला पक्षबाट सकारात्मक सोचका साथ आएका सुझाव अनुसार चल्ने बताउँनु भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार