होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • दुई सातामा अछामका साढे ११ सय छाउ गोठ भत्काईयो
देश/प्रदेश

दुई सातामा अछामका साढे ११ सय छाउ गोठ भत्काईयो

  • नागरिक रैबार
दुई सातामा अछामका साढे ११ सय छाउ गोठ भत्काईयो

अछाम जिल्लामा छाउ गोठ भत्काउने अभियानमा प्रहरी सक्रिय भएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पुस ९ गतेदेखि सुरु भएको अभियान अन्तरगत अहिले सम्म एक हजार एक सय ५२ छाउ गोठ भत्काईएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छाउ गोठ भत्काउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी ईकाईहरुबाट छाउपडी प्रथा न्युनिकरण गर्न “छाउपडी गोठ भत्काउने अभियान” थालिएको उनले बताए।

प्रहरी, स्थानिय निकायका जनप्रतिनिधी, समाजसेवी, महिला, पत्रकार, महिला समुह, आमा समुहहरुको सहभागितामा उक्त अभियान थालिएको उनले बताए।

पछिल्लो तीन दिनको अवधीमा साफेबगर नगरपालिकामा एक सय ६ वटा, पञ्चदेवलविनायक नगरपालिकामा ३३ वटा, रामारोशन गाउँपालिकामा १८, ढकारी गाउँपालिकामा ५७, मेल्लेख गाउँपालिकामा ५७, तुर्माखाद गाउँपालिकामा ६३ चौरपाटी, गाउँपालिकामा २५ गरी तीन सय ५९ वटा छाउपडी गोठहरु भत्काईएको प्रहरी निरिक्षक अवस्थीले बताए।

छाउपडी सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्नुका साथै छाउपडी सम्बन्धी कानुनी प्रावधान बारे जानकारी समेत गराईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार