होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मार्तडीमा राष्ट्रिय प्रशारण लाईन जोड्न पहल गरिने
Breaking News

मार्तडीमा राष्ट्रिय प्रशारण लाईन जोड्न पहल गरिने

  • नागरिक रैबार
मार्तडीमा राष्ट्रिय प्रशारण लाईन जोड्न पहल गरिने

नागरिक रैबार/बाजुरा २७ पुस। नेपाल विद्युत प्राधिकरण अन्तरगतको राष्ट्रिय प्रशारण लाईन सदरमुकाम मार्तडी लगायत आसपासका क्षेत्रका लागि जडान गर्न बडीमालिका नगरपालिकाले आवश्यक पहल गर्ने निर्णय गरेको छ ।

बडीमालिका नगरपालिकामा आईतबार विहान नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरुसंग बैठकबाट दरमुकाम मार्तडी लगायत नगरपालिका भित्रका लागि राष्ट्रिय प्रसारण लाईन जडान गरी विद्युत सेवा नियमित र व्यवस्थित बनाउन संघीय र प्रदेश सरकारसंग समन्वय गरी आवश्यक व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

जिल्लाको सदरमुकाम मार्तडीलगायतका स्थानीयहरुको व्यापक माग अनुसार त्रिवेणी साना जलविद्युत केन्द्रको विद्युत आपुर्तिले धान्न नसकेपछि नेपाल विद्युत प्राधिकरण अन्तरगतको राष्ट्रिय प्रशारण लाईन जडानका लागि आवश्यक पहल गर्ने नगरपालिकाले निर्णय गरेको हो । त्रिवेणी साना जलविद्युत केन्द्रले संचालन गर्दै आईरहेको विद्युत सेवा नियमित नभएपछि यहाँका स्थानीयबासीहरु अध्याँरोमा बस्न बाध्य हुँदै आएका छन् ।

विज्ञापन

सदरमुकाम मार्तडी भित्र दिनप्रतिदिन लोडसेडिङ्ग भएपछि यहाँका स्थानीयहरु विद्युत सेवा नियमित र दिगो बनाउन त्रिवेणी साना जलविद्युत केन्द्रलाई पटक पटक आग्रह गर्दै आएका भएपनि त्रिवेणीले सदरमुकाम बासीलाई नियमित विद्युत सेवा आपुर्ति गर्न नसकेको स्थानीयहरुले गुनासो गर्दै आईरहेका छन् ।

राष्ट्रिय प्रसारणको लाईन सदरमुकाम मार्तडीको पावरहाउस सम्म जडान भईसकेको राष्ट्रिय प्रसारणको लाईन छिट्टै जडान गरेर सदरमुकामबासी लगायतका आसपासका क्षेत्रका स्थानीयका लागि विद्युत सेवा नियमित बनाउन बडीमालिका नगरपालिकाले आवश्यक पहल गरिरहेकोे बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताएका छन् ।

राष्ट्रिय प्रसारण लाईन सदरमुकाम मार्तडीको पावरहाउस सम्म जडान भईसकेको र त्रिवेणी साना जलविद्युत केन्द्रले नेपाल विद्युत प्राधिकरण संग समन्वय गरेपछि छिट्टै राष्ट्रिय प्रसारणको लागि विस्तार गर्न सकिने नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रका निमित्त प्रमुख पदमबहादुर बमले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार