होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १३ माघ। बाजुराको सदरमुकाम मार्तडीमा नेपाल टेलिकमले चौथो पुस्ताको इन्टरनेट ‘फोर जी’ सेवा संचालनमा ल्याएको छ । नेपाल टेलिकमले माघसम्म देशैभर फोर जी सेवा पुर्याउने लक्ष्य लिएपछि बाजुराको सदरमुकाम मार्तडीमा पनि उक्त सेवा संचालनमा आएको हो । देशभरका ६० जिल्लामा सेवा विस्तार गर्ने क्रममा बाजुराको सदरमुकाम मार्तडीमा पनि यही माघ १० गतेबाट फोर […]
नागरिक रैबार/बाजुरा ११ माघ। बाजुराको हिमाली गाउँपालिका ६ का राजु टमटा र उनका छोरा विजय टमटाले एकै मितिमा नागरिकता बनाएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुराबाट दुवै बावुछोराले नागरिकताको प्रमाण पत्र पाएका हुन । वि.स. २०३० सालमा हिमाली गाउँपालिकाको वडा नंं ६ मा वुवा धनविरे टमटा र आमा मागि टमटाका माइला सन्तानका रुपमा जन्मेका […]
नागरिक रैबार/बाजुरा ११ माघ। रोजगारीको शिलसिलामा लामो समय भारतको मुम्वईमा बसेर घर फर्केका बुढीनन्दा नगरपालिका ९ गुइदेलीका पुरन लवार घर नपुग्दै विच बाटोमा मृत अवस्थामा भेटिएका छन् । शनिबार विहान बडीमालिका र बुढीनन्दा नगरपालिकाको बीचमा रहेको पोरखे लेखको हिउँमा उनी मृत अवस्थामा भेटिएका हुन् । भारतको मुम्बईमा काम गरेर घर फर्किएका लवारको लल्लरे खोलामा मृत […]
रामबहादुर विक/बाजुरा ११ माघ। बाजुरामा राष्ट्रिय दलित पत्रकार संघको गठन गरिएको छ । प्रथम बाजुरा जिल्ला भेलालले पत्रकार मदन विकको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति रहने गरी संघको जिल्ला कार्यसमिति गठन गरेको हो । राष्ट्रिय दलित संघको शनिवार बाजुरामा भएको प्रथम जिल्ला भेलाबाट पत्रकार मदन विक अध्यक्ष, धर्मराज सुनार उपाध्यक्ष, रामबहादुर विक सचिव, सरिता नेपाली […]
नागरिक रैबार/बाजुरा १० माघ। चर्चित देउडा गायक लालबहादुर थापा र चर्चित गायिका शान्तिश्री परियारकाे स्वरमा “मेरा रानी मौरा” बाेलको देउडा गीत बजारमा आएकाे छ । बाजुराको बुढीगंगा नगरपालिका साविकको ब्रह्मतोला १ मा जन्मेका चर्चित देउडा गायक लालबहादुर थापाले एकदशक लामो समयको अन्तरालपछि देउडा गीत बजारमा आएको हाे । वि.स. २०५१ सालमा पहिलो एल्बम लोक शुसेली […]
नागरिक रैबार/बाजुरा १० माघ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका १ काँडामा प्रहरी चौकीको स्थापना गरिएको छ । नेपाल सरकार गृह मन्त्रालयको कार्तिक ७ गतेको निर्णय र प्रहरी प्रधान कार्यालयको आदेशानुसार खप्तड छेडेदह गाउँपालिका १ काँडामा प्रहरी चौकीको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराईले बताएका छन् । खप्तड छेडेदह गाउँपालिकाको साविकको […]
नागरिक रैबार/बाजुरा १० माघ। मार्तडी–कोल्टी सडक विचमा रहेको ढम्कने देखि पोरखे लेख सम्मको सडकमा जमेको हिउँ डोजर लगाएर हटाउने काम भईरहेको छ । बडीमालिका नगरपालिका वडा नं. ७ को समन्वय र बडीमालिका नगरपालिकाको सहयोगमा सडकमा जमेको हिँउलाई डोजर लगाएर हटाउन थालिएको हो । बडीमालिका नगरपालिका ७ का स्थानीयहरु र पुर्वीउत्तरी क्षेत्रका स्थानीयहरुको दैनिक आवत जावतमा […]
नागरिक रैबार/बाजुरा १० माघ । खुला ब्याडम्यान्टन प्रतियोगिताको उपाधि नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाले जितेको छ । जेवि मिडिया प्रालिको आयोजनामा माघ ६ गते देखी सुरु भएको खेलमा आफ्नो सानदार खेल प्रस्तुति सहित नेपाल रेडक्रस सोसाईटि व्याडमिन्टन खेलको प्रथम विजेता बन्न सफल भएको हो । जेवि मिडिया प्रालिले बाजुराको खेल क्षेत्रको विकासका लागि र खेलाडीहरुलाई […]
नागरिक रैबार/बाजुरा ९ माघ। बाजुरा जिल्लाका विभिन्न सवाल्र र समस्याहरुको समयमै समाधान हुन नसके थप दवाव तथा संर्घषका कार्यक्रम अगाडि बढाइने नागरिक समाज बाजुराले ध्यानाकर्षण मार्फत जनाएको छ । जिल्ला भरिका स्वास्थ्य, सडक, शिक्षा, खानेपानी, विजुली लगायतका सवाल तथा समस्याहरुको विषय उठाँउदै नागरिक समाज बाजुराले जिल्ला प्रशासन कार्यालय मार्फत विभिन्न मन्त्रालय र बाजुरा जिल्लाबाट निर्वाचित […]
सुदूरपश्चिम प्रदेश सरकारले तोकेका गौरवका सडकहरुको निर्माण कार्य लामो समयदेखि अलपत्र परेको छ। गत वर्ष नै सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेका गौरवका सडकहरुको निर्माण कार्य अहिले सम्म पनि अलपत्र परेको हो। प्रदेश सरकारले कैलालीको भजनी–छोटी भन्सार ठुलीगाड सडक, कञ्चनपुरको बेलौरी कलुवापुर नाईल बुडर, डोटीको सहजपुर बोकटान दिपायल सडक, डडेल्धुरा दैजी, पोखरा, ढुङगाड, बझाङ सडक, बैतडीको […]
कास्की । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा नारायणकाजी श्रेष्ठ विजयी भएका छन् । बिहीबार भएको मतदानमा श्रेष्ठले ३४६२ मत ल्याउदै विजयी बनेका हुन् । उनका प्रतिद्धन्द्धी काँग्रेसका सूर्यप्रसाद रेग्मीले २२४४ मत पाएका छन् । श्रेष्ठले १२१८ मतान्तरको पफरकमा जितेका हुन् । त्यस्तै गण्डकी प्रदेशको महिला तर्फपनि नेकपाकै भगवती न्यौपाने विजयी बनेकी छन् । […]
माघ ९, डोटी राष्ट्रिय सभा सदस्यको निर्वाचन अन्तरगत सुदूरपश्चिममा विहिबार भएको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । डोटीको पद्यम पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म भएको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हो । महिला सदस्य १ जना र अन्य सदस्य १ जना गरी दुइ जना सदस्यका लागि सुदूरपश्चिमबाट सत्तारुढ दल […]
नागरिक रैबार /बाजुरा ९ माघ। बाजुरामा भर्खैरै आउनु भएका डिएसपी टंकप्रसाद भट्टराईलाई एक कार्यक्रमका विच सम्मानित गरिएको छ । विहिबार बडीमालिका नगरपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाकाे आयाेजना र वडा नंम्बर ९ काे समन्वयमा बाल मजदुर र छाउपडी अन्त्यका लागि गरेकाे जनचेतनामुलक कार्यक्रममा डिएसपी भट्टराईलाई सम्मानित गरिएकाे हाे । बाजुरा जिल्ला प्रवेशकाे दाेस्राे साता […]
नागरिक रैबार/बाजुरा ९ माघ । जिल्लाकाे गाैमुल गाउँपालिकामा भिरबाट लडेर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा गाैमुल वडा १ दुर्गालि घर भएका अन्दाजि ५३ वर्षका झिर्के राेकाया रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी टंकप्रसाद भट्टराईले बताएका छन् । प्रहरी प्रमुख भट्टराईका अनुसार घटना विहान ९ बजे भएकाे भएपनि प्रहरीलाई दिउसाे १ […]
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको स्वाधीनताको विरुद्धमा भएको भन्दै डडेल्धुराका युवाहरुले प्रर्दशन गरेका छन्।नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसीसी अगाडि सारेको भन्दै उनीहरुले डडेल्धुरा सदरमुकाममा राँके जुलुस निकालेका छन्। एमसीसी सम्झौता राष्ट्रघाती भएको बताउँदै संसद्बाट पारित भएर लागू भए नेपालको स्वाधीनता समाप्त हुने र चीन विरुद्ध नेपालीभूमि प्रयोग गर्ने उद्देश्यका साथ एमसीसी आएको […]
‘नियम अनुसार काम गर्ने कर्मचारीलाई कुनै समस्या नै छैन्। कसैले नियम विपरित काम गर्न खोज्छ भने त्यस्ता कर्मचारीलाई टिक्न भने मुस्किल नै होला।’ मसंगको कुराकानीको क्रममा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी महिना दिन अगाडी मात्रै भनेका थिए। त्यस्को झण्डै दुई सातापछि सामाजिक विकास मन्त्रालयमै एम्बुलेन्स खरिदका कागजात माग्न पुग्दा मन्त्रालयमै कार्यरत एक जना उच्च […]
प्रेम वि क/माघ ८ बाजुरा । बाजुरा जिल्ला अदालतको आधुनिक भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन जिल्ला समन्वय समिति बाजुरा तयार भएको छ । मंगलबार अपरान्ह ४ बजे जिसस बाजुराको सभा हलमा संयोजक नरेन्द्र रोकायाको अध्यक्षतामा बसेको सर्वपक्षीय औपचारिक बैठकले जिल्ला अदालत बाजुरालाई अत्याधुनिक भवन बनाउन आवश्यक परेको जग्गा उपलब्ध गराउने सहमति सहित नेपाल […]
नागरिक रैबार/बाजुरा ७ माघ। बाजुराको बडीमालिका नगरपालिकाले आफ्नै निजि नगरप्रहरी राख्ने भएको छ । नगरपालिकाले छैटौ नगर सभाबाट नगर प्रहरी सम्वन्धि कार्यविधि २०७६ लाई अनुमोदन गरेपछि नगरपालिकामा यसै वर्ष भित्र नगर प्रहरी राख्न लागेको मंगलबार पत्रकार सम्मेलन मार्फत नगरपालिकाले जानकारी गराएको छ । नगरपालिकाको छैटौं नगर सभाले नगरपालिकाको सामाजिक शान्ति स्थापनाका लागि नगर प्रहरी सम्वन्धि […]
नागरिक रैबार/माघ ६ बाजुरा । म बजारमा कोही कसैलाई भन्दै, हल्ला गर्दै कुनै व्यक्ति विशेषलाई फोन गरेर मैले यो गरे नि उ गरेनी भनेर अनावश्यक उर्फिदिन् । सिरफ कानुन सम्वत काम गर्छु । मलाई राज्यले दिएको निर्देशित काम विना रोकावट गर्न बरु सबैले सहयोग गर्नु पर्छ । जिल्ला प्रहरी कार्यालय बाजुरामा सोमबार भएको पत्रकार भेटघाट […]
नागरिक रैबार/बाजुरा ६ माघ।जिल्ला प्रहरी कार्यालय बाजुराले डेढकिलाे चरेस सहित दुईजनालाई पक्राउ गरेकाे छ ।पक्राउ पर्नेमा बडीमालिका नगरपालिका ३ रजालीका श्याम खड्का र गाैमुल गाउँपालिका १ का देवहादुर राेकाया रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । उनिहरू दुवै जनालाई अाईतबार सांझ बडीमालिका नगरपालिका ९ गैरीबजारबाट पक्राउ गरिएकाे प्रहरी निरिक्षक दानबहादुर राेकायाले जानकारी दिएका छन् […]