होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • ब्याडमिन्टन प्रतियोगिताको उपाधि रेडक्रसलाई
खेलकुद

ब्याडमिन्टन प्रतियोगिताको उपाधि रेडक्रसलाई

  • नागरिक रैबार
ब्याडमिन्टन प्रतियोगिताको उपाधि रेडक्रसलाई

नागरिक रैबार/बाजुरा १० माघ । खुला ब्याडम्यान्टन प्रतियोगिताको उपाधि नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाले जितेको छ । जेवि मिडिया प्रालिको आयोजनामा माघ ६ गते देखी सुरु भएको खेलमा आफ्नो सानदार खेल प्रस्तुति सहित नेपाल रेडक्रस सोसाईटि व्याडमिन्टन खेलको प्रथम विजेता बन्न सफल भएको हो ।

Image may contain: 17 people, including Birendra Rawal and Jharendra Oli, people smiling, people standing and outdoor

जेवि मिडिया प्रालिले बाजुराको खेल क्षेत्रको विकासका लागि र खेलाडीहरुलाई खेल क्षेत्रमा आकर्षण बढाउनका लागि बाजुरामा खुला व्याडमिन्टन प्रतियोगिता संचालन गरेको थियो ।

विज्ञापन

संस्थाले कमाएको केही प्रतिशत सामाजिक कार्यमा लगानी गर्दै आएको जेवी मिडिया प्रालिले यस बर्ष खेल क्षेत्रको बिकासका लागि लगानी गर्ने उदेश्यका साथ सो खेलको आयोजना गरिएको जेवि मिडिया प्रालिका कार्यकारी निर्देशक झरेन्द्र ओलीले बताएका छन् ।

Image may contain: 5 people, including Jharendra Oli, people smiling, people standing and outdoor

प्रालिले आफ्नो चौथो स्थापना दिवसको अवसरमा खुला व्याडमिन्टन प्रतियोगिताको आयोजना गरेकाे थियाे । वि.स. २०७३ साल माघ १० गते बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा स्थापना भएको उक्त प्रालिले स्थापनाकाल देखि नै आफ्नो आम्दानीको १० प्रतिशत लगानी वर्षेनी रचनात्मक कार्यमा खर्च गर्दै आएकाे छ ।

व्याडमिन्टन खेलप्रति यहाँका खेलाडीहरुको रुची बढाउन र संस्थालाई समाज प्रति समाजिक लगानी गर्ने उदेश्यका साथ उक्त प्रतियोगिता संचालन गर्न गरेकाे प्रालिले बताएको छ ।जिल्ला खेलुकद विकास समितिको प्राङ्गणमा संचालन भएको खेल ६ गते देखी १० गते सम्म भएको खेलमा रेडक्रसको टिम प्रथम र मालिका माबिको टिम दोस्रो भएको आयोजकले जनाएको छ ।

खेलमा प्रथम हुने रेडक्रस बाजुराका टिममा रहेका रेडक्रसका मन्त्री रमबहादुर शाही र बडिमालिका नगरपालिका वडा न ८ का वडा अध्यक्ष प्रकाश रावललाई २० हजारबराबरका खेलकुद सामाग्री सहित मेडल र प्रमाणपत्र प्रदान गरेकाे थियाे । साेही कार्यक्रममा रेडक्रसबाट खेलमा सहभागी भएका प्रकाश रावलले आफुले पाएकाे पुरस्कार खेलाडीहरुलाइ सहयोग गरेका थिए ।

त्यस्तै द्धित्तिय हुने मालिका माबिकाे टिमबाट रुपक बहादुर रौले जनक जैशीलाई १२ हजार बरावरको पुरस्कार राशी उपलव्ध गराएको आयोजकले बताएको छ । जेवि मिडियाले संचालन गरेको उक्त प्रतियोगितामा २० वटा टिम सहभागि भएका थिए ।

Image may contain: 10 people, including Keshab Sagar, Lal Kathayat, Jharendra Oli and Krishna Oli, people smiling, people standing and outdoor

कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार राेकाया लाई जेवि मिडियाले मायाकाे चिनाे स्वरूप कप प्रदान गरेकाे थियाे ।

Image may contain: 4 people, including Jharendra Oli, people smiling, people sitting, beard and outdoor

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार