होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ५ चैत्र। बाजुरामा कोरोना भाइरस (कोभिड (१९) को संक्रमण रोक्न र कुनैपनि स्थानमा फैलिन नदिनका लागि जिल्लाको विपद् व्यवस्थापन समिति बाजुराले विभिन्न ९ निर्णय गरेको छ । बुधबार जिल्लाको सदरमुकाम मार्तडीमा बसेको विपद् व्यवस्थापन समितिकोे वैठकले जिल्लाका विभिन्न ठाउँमा कोरोना भाईरसको रोकथाम र यसबाट बच्नका लाथि ४ वटा हेल्थ डेस्क स्थापना गर्ने भएको […]
नागरिक रैबार/बाजुरा ४ चैत्र। बाजुरामा बढ्दो मदिरा सेवन कर्तालाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाजुराले अवदेखि आधुनिक मापसे जाँच गर्ने यन्त्र प्रयोग गर्ने भएको छ । जिल्लामा बढ्दो मदिरा सेवन कर्ताहरुलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालय बाजुरालाई बडीमालिका नगरपालिकाले ३ वटा आधुनिक मादक पदार्थ सेवन जाँच गर्ने यन्त्र सहयोग गरेको हो । उक्त यन्त्रहरुलाई […]
नागरिक रैबार/बाजुरा ४ चैत्र। रेडियो बुढीनन्दाका अध्यक्ष तथा पत्रकार सर्पलाल गिरीको पियारी सुवाको बोली नामक पहिलो देउडा गित सार्वजनिक भएको छ । गिरीको आफ्नै लय, शब्द, स्वर र अभिनय रहेको पहिलो देउडा गीत बिशेष फिलिम्सो अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । विशेष डिजिटल रेकडिङ स्टुडियोमा उक्त गीतको अडियो तयार भएको थियो भने भिडियो कोल्टी, […]
राम बहादुर बि.क/बाजुरा ४ चैत्र । जिल्लाको त्रिवेणी नगरपालिकालाई मंगलबार एक औपचारिक कार्यक्रमका वीच पुर्ण साक्षर नगर घोषणा गरिएको छ । नगरपालिकाले साक्षर घोषणा गर्नका लागि सबै मापदण्ड पुरा गरेपछि नगरपालिकालाई नै पुर्ण साक्षर घोषणा गरिएको हो । नगरपालिकाद्धारा त्रिवेणी नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख रामसिहं रावले नगरपालिकामा रहेका १५ देखि ६० बर्ष उमेर समुहका […]
मदन वि.क./बाजुरा ३ चैत्र । बाजुरा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाले बाजुरा जिल्ला अस्पताललाई प्रविधि मैत्री बनाउने योजना भईरहेको बताएका छन् । सोमबार अस्पतालमा अत्याधुनिक जेनेरेटर मेसिनको उद्धघाटन् गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले अस्पतालको २४ सै घण्टे नियमित सेवालाई चुस्त दुरुस्त राख्नको लागि भर्खरै अस्पताल परिसरमा प्रत्यक्ष सिसि […]
नागरिक रैबार/बाजुरा ३ चैत्र। जिल्ला अस्पताल बाजुरामा जेनेरेटर जडान गरिएको छ । सोमबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाले उक्त मेसिनको विधिवत रुपमा उद्धघाटन् गरेका हुन् । सदरमुकाम मार्तडीमा विद्युत सेवा नियमित नभएपछि जिल्ला अस्पताल बाजुरामा यस अघि अस्पतालमा दैनिक आउने विरामीलाई निकै समस्या हुने गरेको थियो । अस्पताल व्यवस्थापन समितिले अस्पतालमा दैनिक आउने विरामीहरुको […]
३ चैत, खोटाङ । बाँदर पीडित किसानले हलो, जुवा, दाँते र कोदालोसहित विरोध र्यालीमा उत्रेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न आइतबार यहाँ ती कृषि औजार सहित ¥याली प्रदर्शन गरेका हुन् । ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पुरा गर, राष्ट्रको सान किसानको सम्मान’ […]
एजेन्सी । विश्वब्यापी महामारीको रुप लिएको कोभिड १९ भनिने कोरोना भाइरसका कारण विश्वभर १ लाख ७० हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार १ सय ५७ देशका १ लाख ७० हजार १ सय ७८ जना नागरिक कोरोना भाइरसको संक्रमणमा परेका छन् । जसमध्ये ६ हजार ५ सय ३५ जनाको मृत्यु भइसकेको […]
नागरिक रैबार चैत ३ बाजुरा । बाजुरा जिल्लाको सदरमुकामको बडीमालिका नगरपालिका–८ मा बिद्युतिकरणका लागि नेपाल बिद्युत प्राधिकरणले ठेक्का दिएको सात बर्ष पुरा हुँदा समेत जनताले बिद्युतको उज्यालो पाएका छैनन् । बिद्युतलाई बिस्तारको लागि २०७१ सालमा ठेका प्रकृयाबाट काम शुरु गरिएको थियो । नेपाल बिद्युत प्राधिकरणको अछाम शाखाले शिलबन्दी दरभाउ अनुसार उक्त काम अछामको कुवर बिल्डक्सलाई […]
३ चैत, काठमाडौं । कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न आइतबार साँझ सार्कका राष्ट्र एवं सरकार प्रमुखहरूबीच आयोजित भिडियो कन्फरेन्स आजका सबै अखबारहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक, आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयलाई पनि पत्रपत्रिकाहहरूले समेटेका छन् । ‘महामारी जित्ने र्साकको वाचा’ शीर्षकमा अन्नपूर्णले सार्कका राष्ट्र एवं सरकार प्रमुखबीच भएको भिडियो कन्फरेन्सबारे मुख्य समाचार बनाएको […]
नागरिक रैबार/बाजुरा २ चैत्र। चैत ६ गतेदेखि सुरु हुने एसईई परिक्षाको तयारी पुरा भएको छ । जिल्लामा यो वर्ष एसईई परिक्षामा सामुदायिक र निजि विद्यालयका नियमित र ग्रेड वृद्धि गरी ३ हजार ३ सय ८२ जना विद्यार्थीहरु परिक्षा दिने भएका छन् । यस वर्षको एसईई परिक्षामा १५ वटा परीक्षा केन्द्रहरु तोकिएका छन् । तोकीएका सवै […]
नागरिक रैबार/बाजुरा २ चैत्र। जिल्लाको गौमुल गाउँपालिकामा एक दिने पशु स्वास्थ्य शिविर संचालन हुने भएको छ । गौमुल गाउँपालिका पशु सेवा शाखाको आयोजनामा गाउँपालिकाका पशुपालक कृषकहरुका विरामी पशुपंक्षीहरुको औषधोपचार गर्नका लागि गाउँपालिकामा एक दिने पशु स्वास्थ्य शिविर संचालन हुन लागेको हो । चैत्र ३ देखि ८ गते सम्म संचालन हुन लागेको उक्त शिविरमा गाउँपालिकाका ६ […]
अब बसभित्र पनि रक्तदान गर्न सकिने भएको छ। रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले नेपालमा पहिलो पटक पोखरामा भित्र्याएपछि सो सुविधा पुगेको हो। रोटरी क्लब अफ अन्नपूर्ण पोखरा र कोरियन रोटरी क्लब रोटरी क्लब अफ याङ्जुको संयुक्त लगानीमा रु एक करोडको लगानीमा शाखाले सो बस सञ्चालनमा ल्याएको शाखाका […]
काठमाडौं । दोस्रोपटक मृगौलाको प्रत्यारोण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गत हप्ताको बुधबार त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गराउनुभएका ओली शुक्रबार साँझ डिस्चार्ज हुनुभएको हो । चिकित्सकहरुले प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु राम्रो अवस्थामा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालका […]
डोटी जिल्लामा केही महिना यतादेखि छाउगोठ भत्काउने अभियान चलेको छ। अहिलेसम्म ५ सय भन्दा बढी छाउगोठ भत्काइए। यो अभियानको अगुवाइ गरेका छन् प्रहरी, प्रशासन र स्थानीय जनप्रतिनिधिले। अनि यसको प्रचार सुदूरपश्चिममा मात्र सीमित छैन, राजधानीका प्रमुख सञ्चारमाध्यमले पनि प्राथमिकतामा राखेका छन्। तर परिणाम भने शून्य प्रायः छ। यहाँका ग्रामीण क्षेत्रमा हुने छाउपडी प्रथालाई कसैले त्याग्न […]
नागरिक रैबार/बाजुरा २९ फागुन। जिल्लाको बुढीगंगा नगरपालिकाको कार्यालयमा आगलागि हुँदा लाखौंको बढीको क्षती भएको छ । नगरपालिकाका कृषि र स्वास्थ्य शाखामा गएराति विद्युतको तार सट भएर आगलागी भएको थियो । विद्युतको तार सट भएर आगलागि भएपछि उक्त शाखाहरुमा छेति पुगेको नगरपालिकाका नगरप्रमुख दिपक शाहले बताएका छन् । बुधबार साँझ कार्यालय समय बन्द भईसकेपछि लागेको आगलागिबाट […]
नागरिक रैबार/बाजुरा २९ फागुन। बाजुरामा चैत्र १ गतेदेखि दादुरा–रुवेला विरुद्धको खोप अभियानको तयारी तिव्र पारिएको छ । बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा दादुरा–रुवेला विरुद्धको खोप लगाउनका लागि अभियानलाई तिव्र पारिएको हो । स्वास्थ्य कार्यालय बाजुराले विहिबार सदरमुकाम मार्तडीमा एक कार्यक्रमको आयोजना गरेर सो अभियानको तयारी तिव्र पारिएको जनाएको छ ।जिल्लाका सवै बस्ती–बस्ती र टोल […]
बाजुरा २९ फागुन। बाजुराको कर्णाली पारि रहेको स्वामीकार्तिक खापर गाउँपालिकामा पहिलो पटक ट्याक्टर पु¥याईएको छ । कर्णाली नदीमा डोजरको सहायताले पहिलो पटक ट्याक्टर कर्णाली पारि तारिए पछि बुधबार गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले ट्याक्टर र ट्याक्टर चालकलाई फूलमाला लगाएर स्वागत गरेका छन् । स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ३ का नेत्रबहादुर शाहीको भे १ त ९४३१ […]
फागुन २८ बाजुरा । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको कार्यालयमा आगलागी भएको छ । बुढिगंगा नगरपालिकाको कृषि शाखामा भित्र बिद्युत सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सो कार्यालयमा रहेको कम्पुटर बिभिन्न कागजपत्र लगायतका सामानहरु जलेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताएका छन् । बिद्युत तार सट […]
काठमाडौं : प्रतिनिधिसभामा पुगेको संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्न बनेको विधेयकबाट प्रदेशका सबै प्रावधान हटाउन संशोधन प्रस्ताव दर्ता भएको छ। जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रस्तावित विधेयकबाट प्रदेशका सबै प्रावधान हटाएर संघ र स्थानीय तहलाई मात्र समेट्न संशोधन दर्ता गराएकी छन्। विधेयकको नाम नै संशोधन गर्नुपर्ने उनको प्रस्ताव छ। सरकारद्वारा प्रस्तावित नामको साटो […]