होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • त्रिवेणी नगरपालिका पुर्ण साक्षर घोषणा
बाजुरा बिशेष

त्रिवेणी नगरपालिका पुर्ण साक्षर घोषणा

९७ दशमलव ६ प्रतिशत नागरिक साक्षर

  • नागरिक रैबार
त्रिवेणी नगरपालिका पुर्ण साक्षर घोषणा

राम बहादुर बि.क/बाजुरा ४ चैत्र । जिल्लाको त्रिवेणी नगरपालिकालाई मंगलबार एक औपचारिक कार्यक्रमका वीच पुर्ण साक्षर नगर घोषणा गरिएको छ । नगरपालिकाले साक्षर घोषणा गर्नका लागि सबै मापदण्ड पुरा गरेपछि नगरपालिकालाई नै पुर्ण साक्षर घोषणा गरिएको हो ।

नगरपालिकाद्धारा त्रिवेणी नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख रामसिहं रावले नगरपालिकामा रहेका १५ देखि ६० बर्ष उमेर समुहका ९७ दशमलव ६ प्रतिशत बढी नागरिक साक्षर भएको प्रतिबेदन सार्बजनिक गर्दै नगरपालिकालाई साक्षर घोषणा गरिएको हो ।

स्थानीय सरकार र सामाजिक संस्था र विद्यालयहरुको पहलमा साक्षरता कक्षाहरु संचालन गरि नागरिकहरुलाई साक्षर गराइएको थियो । नगरपालिकाका ९ वटै वडा पुर्ण साक्षर भए पछि नगरपालिकालाई साक्षर घोषण गरिएको हो ।

विज्ञापन

नगरपालिकामा रहेका महिला र पुरुष गरी कुल जनसख्या २१ हजार ७ सय ४ जना मध्य ८ सय ६६ जना साक्षर रहेको त्रिवेणी नगरपालिकाका सूचना तथा प्रविधि अधिकृत नरेशराज पन्तले बताए । त्यस्तै १ हजार २ सय २० जना निरक्षर रहेको पन्तले बताउनु भएको छ ।

उतm कार्यक्रममा बाल्दै जिल्ला समन्वय समिती प्रमुख नरेन्द्र बहादुर रोकायाले त्रिवेणी नगरपालिका पूर्ण साक्षर नगरपालिका भएकोमा बधाई दिदै उनले गुणस्तीय शिक्षालाई जोड दिदै शिक्षाका उज्यालोबाट घर घरमा पुरयाउनु पर्ने बताउनु भएको छ ।

नगरप्रमुख रामसिहं रावलको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख नरेन्द्र बहादुर रोकाया प्रमुख अथिती रहनु भएको थियो । त्यस्तै नगर उपप्रमुख राधिका सुनार , प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपाने, शिक्षा इकाइ समन्वय प्रमुख गोपाल दत्त जोशी लगायतका अतिथिहरु रहेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार