होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरा जिल्ला अस्पतालमा जेनेरेटर मेसिन जडान
देश/प्रदेश

बाजुरा जिल्ला अस्पतालमा जेनेरेटर मेसिन जडान

  • नागरिक रैबार
बाजुरा जिल्ला अस्पतालमा जेनेरेटर मेसिन जडान

नागरिक रैबार/बाजुरा ३ चैत्र। जिल्ला अस्पताल बाजुरामा जेनेरेटर जडान गरिएको छ । सोमबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाले उक्त मेसिनको विधिवत रुपमा उद्धघाटन् गरेका हुन् ।

सदरमुकाम मार्तडीमा विद्युत सेवा नियमित नभएपछि जिल्ला अस्पताल बाजुरामा यस अघि अस्पतालमा दैनिक आउने विरामीलाई निकै समस्या हुने गरेको थियो । अस्पताल व्यवस्थापन समितिले अस्पतालमा दैनिक आउने विरामीहरुको सेवालाई मध्येनजर गरेर ६२. ५ केविएको जेनेरेटर सेवा जडान गरिएको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाः रुपचन्द्र विश्वकर्माले बताएका छन् ।

विज्ञापन

सदरमुकाम मार्तडीमा विद्युत नियमित नभएपछि विगतमा अस्पतालको एक्सरे सेवा प्रभावित हुने गरेको थियो । आगामी दिनमा अस्पतालमा जेनेरेटर सेवा जडान भएपछि अस्पतालमा दैनिक आउने विरामीलाई सहजै उपचार गर्न सकिने भएको छ कार्यालय प्रमुख डाः विश्वकर्माको भनाईछ ।

जेनेरेटर सेवाको उद्धघाटन् कार्यक्रममा बोल्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाले अव बाजुरा अस्पताल प्रविधि मैत्री बन्दै जाने बताएका थिए । उनले अस्पताल जस्तो सम्वेदनशील ठाउँलाई २४ सै घण्टा विद्युत सेवा दिनुको साटो यहाँको विद्युत उत्पादन गृहले पक्षपात गर्दै आएको आरोप लगाएका थिए ।

अस्पतालमा २४ सै घण्टा विद्युत सेवा नियमित गर्नका लागि अस्पताल व्यवस्थापन समितिले करिव १५ लाखको लगानीमा उक्त मेसिन खरिद गरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार