होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • पत्रकार गिरीको पहिलो देउडा गीत सार्वजनिक (भिडियोसहित)
Breaking News

पत्रकार गिरीको पहिलो देउडा गीत सार्वजनिक (भिडियोसहित)

  • नागरिक रैबार
पत्रकार गिरीको पहिलो देउडा गीत सार्वजनिक (भिडियोसहित)

नागरिक रैबार/बाजुरा ४ चैत्र। रेडियो बुढीनन्दाका अध्यक्ष तथा पत्रकार सर्पलाल गिरीको पियारी सुवाको बोली नामक पहिलो देउडा गित सार्वजनिक भएको छ ।

गिरीको आफ्नै लय, शब्द, स्वर र अभिनय रहेको पहिलो देउडा गीत बिशेष फिलिम्सो अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । विशेष डिजिटल रेकडिङ स्टुडियोमा उक्त गीतको अडियो तयार भएको थियो भने भिडियो कोल्टी, पिलुचौर कर्णाली लगायतका स्थानहरुमा छायाकंन गरिएको थियो ।

गिरीले यस अघि दर्जनौ गीतहरुमा अभिनय गरिसकेका छन् भने यो गीत उनको आफ्नै लय, शव्द र स्वर रहेको पहिलो देउडा गीत हो । गिरीलाई स्वरमा साथ भने बाजुराकै वरिष्ठ देउडा गायिका सोभा थापाले दिएकि छन् ।

विज्ञापन

सानै देखी कला र सस्कृति जगेर्ना र देउडा गितमा लगाव राख्ने गिरीले आफ्नै स्वर शव्द र लयमा पहिलो पटक देउडा गीत तयार गरेको बताएका छन् । गीतको भीम थापाले निर्देशन गरेका छन् भने डिबि रौलेको छायाङकन गरेका हुन् ।

गीतमा आफ्नै कला संस्कति झल्कीने खालको भिडियो तयार गरिएको छ । भिडियोमा पत्रकार गिरी र झरना बोहोराले अभिनय गरेका छन् ।

गिरीले केही वर्ष अघि महिला तथा बालबालिका कार्यालयमा बाल अधिकार अधिकृत्तको रुपमा सरकारी सेवामा काम गरेका थिए भने तत्कालिन नेपाल पत्रकार महासघ बाजुराको सस्थापक सदस्य हुदै सचिबको जिम्मेवारी समालेर एभिन्युज टेलिभिजनसम्म काम गरेका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै