होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
गगन अयडी/धनगढी ,१२ जेठ।त्रिवेणी नगरपालिका बाजुराले विदेश तथा जिल्ला वाहिरबाट आएका जो कोहिले पनि क्वारेन्टाइनमा बस्न अटेरी गर्ने लाई नगरपालिका बाट दिइने सेवा सुविधा बाट बन्चित गरीने लगाएतका निर्णय गरिएको छ । नगर प्रमुख रामसिंह रावलको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले यस्तो निणर्य गरेको हो । बिदेश तथा जिल्ला बाहिर बाट आउने व्यक्तिहरुलाई अलग खान […]
नागरिक रैबार/बाजुरा १२ जेठ। भारतबाट सोमबार मात्रै बाजुरामा १ सय ५३ जना जिल्ला भित्रिएका छन् । लकडाउन जारी रहेकै बेला जिल्लामा भित्रिनेको संख्या पनि दिन प्रतिदिन बढ्दो छ । सोमबार मात्रै बाजुरा भित्रिएका हिमाली गाउँपालिका बाहेक अन्य ८ स्थानीय तहका १ सय ५३ जना छन् ।सोमबार बाजुरा जिल्ला भित्रिनेमा त्रिवेणीका ५४ बुढीगंगाका २५ बडीमालिका नगरपालिका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार साँझ साढे ५ वजे राष्ट्रका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने पनि थापाले जानकारी दिएका छन् । त्यसअघि ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।
नागरिक रैबार/ बाजुरा १२ जेठ। बुढीनन्दा नगरपालिकाकाे काेल्टीमा रहेकाे रेडियाे बुढीनन्दाकाे स्टेसनमा अागलागि भएकाे छ । आईतबार राति सवा १२ वजे रेडियाेकाे कार्यालयमा आगलागि हुँदा सम्पुर्ण सामान जलेर नष्ट भएकाे छ । स्टेशनमा भएकाे विद्युतकाे लाईन सट भएर आगलगि भएकाे रेडियो बुढीनन्दाका कार्यकारी निर्देशक अनिल शाहली बताएका छन् । उनले भने स्टेशनाा अागलागी भएपछि करिव […]
नागरिक रैबार/बाजुरा १२ जेठ।बाजुराकी एक महिला कैलालीबाट बेपत्ता भएकि छन् । जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर १० कि ६० वर्षीय महिला कालिदेवी जैशी बेपत्ता भएकी हुन्। बाजुराका बाट धनगढीमा उपचारका लागि जाने क्रममा उनी वेपत्ता भएकी हुन् । व्यवत्ता भएकी जैशीको मानसिक अवस्था समेत ठिक नभएको उनका छोरा रामप्रसाद जैशीले बताए। ‘बाजुराबाट धनगढी जाने क्रममा […]
काठमाडौं– आफुसँग शारिरीक सम्बन्ध राख्न नमानेपछि कल्याणपुर नगरपालिका ११ का गान्धी साहले एक दलित महिलालाई निर्घात रुपमा कुटपिट गरेका छन् । सप्तरी जिल्ला सिसबाकटि वडा नम्बर ६ हाल वस्ने उमेश प्रसाद साहको छोरा २४ वर्षीय गान्धी साहले सोहि कल्याणपुर नगरपालिका ११ का हरिशरण महराकी श्रीमती रिंकु महरालाई शारिरिक सम्बन्ध राख्न नमानेपछि निर्घात रुपमा कुटपिट गरेका […]
जाजरकोट-रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ ।नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए । केटाहरु आएको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँलेहरुले युवालाई कुटपिट गर्दा नवराजको मृत्यु भएको […]
काठमाडौं । प्रदेश २ को बारा र रौतहट जिल्लामा एकै दिन ४९ जना कोरोनभाइरस संक्रमित थपिएका छन् । सोमबार रौतहटमा २६ र बारामा २३ जना कोरोना संक्रमित थपिएका हुन् । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहट राजपुर फरहदवा २, ६, ८ र इशनाथ गाविसको वडा नम्बर २ का १८, १९, २२, २७, ३०, ३१, ३३, […]
काठमाडौँ । थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६७५ पुगेको छ । नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् ।
धनगढी : कोरोना संक्रमितको सङख्या बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा गम्भीर त्रुटि भेटिएको छ। मन्त्रालयले शनिबार साझ ५ बजे जारी गरेको सूचनामा गम्भीर त्रुटि भेटिएको हो। मन्त्रालयले संक्रमितको संख्या गलत दिएपछि सुदूरपश्चिममा त्रास समेत फैलिएको छ। मन्त्रालयले जारी गरेको शनिबारको रिपोर्टमा सुदूरपश्चिममा १४ जना कोरोना संक्रमित रहेको जनाएको छ। मन्त्रालयका अनुसार सुदूरपश्चिममा कोरोना […]
महेन्द्रनगर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सीमावर्ती क्षेत्रमा अलपत्र परेकाहरुलाई गड्डाचौकी नाका भएर आजदेखि स्वदेश फर्किन दिने भएको छ। आईतबार प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले अलपत्र परेकाहरुलाई गड्डाचौकी नाका भएर भित्रिन दिने निर्णय गरेको थियो। कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले नाकामा स्वास्थ्य परीक्षण गरेर भारतबाट फर्किनेहरुलाई भित्र्याउने व्यवस्था […]
आइतबार थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ — संघीय संसद्को लोगो नेपालको नयाँ नक्साअनुसार परिवर्तन गरिने भएको छ । राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि संसद्को लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समिति सो निर्णय गरेको हो । संघीय […]
कञ्चनपुरका पाँच स्थानीय तहका क्वारेन्टाइनको व्यवस्थापनमा नेपाली सेना खटिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकको टोली दुई दिनदेखि खटिएको हो । सो गुल्मका गुल्मपति सेनानी प्रणयजङ्ग मल्लले सुरक्षा समितिको निर्णयअनुसार महाकाली नगरपालिका, बेलौरी, पुर्नवास, बेल्डाँडी र लालझाडी गाउँपालिकामा खटिएको जानकारी दिए । “स्थानीय तहमा रहेका ठूला क्वारेन्टाइनमा बसेर आवश्यक व्यवस्थापनको काम […]
काठमाडौं : थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५४८ पुगेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौको ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो। डा. […]
नहकुल जाेशी/ काेल्टी ९ जेठ। बाजुराको हिमाली गाउँपालिका वडा नं ७ की एक बालिकाको परिवारले हाल उपचार गर्न समस्या भएको भन्दै सहयोगका लागि अपिल गरेका छन । हिमाली सात वाधुका जसी लुवारकी छोरी विपना लुहार बैसाख तीन गते भिरबाट लडेर सक्क्त घाइते भएपछि हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौंमा उपचार गराई रहेकी छन । विपना लुवारको […]
गृह प्रदेश समाचार कृषि पर्यटन अर्थ-वाणिज्य ब्लग अन्तरवार्ता कला-साहित्य फोटोफिचर भिडियो लाइभ रेडियो कैलालीका ३ सहित सुदूरपश्चिममा ५ जना कोरोना संक्रमित थपिए 863 SHARES खवर संवाददाता २०७७ जेठ ९, ०४:१९ अ+ धनगढी : सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कैलालीका तीन, बैतडी एक र डडेल्धुराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। धनगढी प्रयोगशाला मार्फत […]
९ जेठ, काठमाडौं । थप २० जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । यससंगै संक्रमितको संख्या ५०७ पुगुेको छ ।
नागरिक रैबार/बाजुरा ९ जेठ। बाजुराका प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेको बाजुराबाट सरूवा भएको छ । गृह मन्त्रालयले बाजुरा जिल्ला सहित ५ जिल्लाका सिडियोहरुको एकसाथ सरुवा गरेको हो । गृह मन्त्रालयले बाजुराका सिडिओ गंगाप्रसाद न्यौपानेलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा पठाएपछि बाजुरामा भने कृष्णप्रसाद गैरे आउने भएका छन् । पठाएको छ । गृह मन्त्रालयले रसुवा, नवलपरासी, […]
नागरिक रैबार/बाजुरा ९ जेठ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको भवन निर्माणका लागि शिलानास गरिएको छ ।बडीमालिका नगरपालिका ९ स्थित जीउलामा निर्माण हुन लागेको उक्र भवनको शुक्रबार एक कार्यक्रमका विच नेकपा बाजुराका कार्यालय सदस्य नेता गगन रावलले शिलानास गरेका हुन् । भवनको शिलानास कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा नेता गगन रावलले बाजुरामा […]