होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • त्रिवेणीले क्वारेन्टाईनमा नबस्नेलाई सुविधाबाट बन्चित गर्ने
देश/प्रदेश

त्रिवेणीले क्वारेन्टाईनमा नबस्नेलाई सुविधाबाट बन्चित गर्ने

हाल सम्म महिला पुरुष गरी १९२ जना क्वारेन्टाइनमा

  • नागरिक रैबार
त्रिवेणीले क्वारेन्टाईनमा नबस्नेलाई सुविधाबाट बन्चित गर्ने
कैलाशेस्वरी मावि दम्था। तस्वीर :महादेव गीरी

गगन अयडी/धनगढी ,१२ जेठ।त्रिवेणी नगरपालिका बाजुराले विदेश तथा जिल्ला वाहिरबाट आएका जो कोहिले पनि क्वारेन्टाइनमा बस्न अटेरी गर्ने लाई नगरपालिका बाट दिइने सेवा सुविधा बाट बन्चित गरीने लगाएतका निर्णय गरिएको छ ।

नगर प्रमुख रामसिंह रावलको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले यस्तो निणर्य गरेको हो । बिदेश तथा जिल्ला बाहिर बाट आउने व्यक्तिहरुलाई अलग खान ,बस्न र शौचालको ब्यबस्ता मिलाउने , क्वारेन्टाइन व्यवस्थापनका लागीसंघ तथा प्रदेश सरकारसंग आर्थीक अभाब देखिएकोले रकमको माग गर्ने जस्ता निर्णय गरीएको नगरपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत नरेश राज पन्तले जानकारी दिनुभयो ।

विज्ञापन

विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण देश लकडाउन छ । नगरपालिकामा हाल सम्म ६ सय शैयाका कोरेन्टाइनको ब्यवस्तापन गरी सकेका छौ नगर प्रमुख रावल भन्नुभयो काम गर्ने क्रममा केहि चुनौती आउन्छन मलाई सामान्ने हो जस्तो लाग्छ ,समस्याको समाधान गर्न नगर पालिकाको टिम लागीरहेको छ , तर समस्या त आर्थीकै रहेको उहाले जानकारी दिुभयो ।

तोली स्वास्थ्य चाैकी

हाललाई नगरपालिकाको साविकको छतारामा दुई सय,तोलीमा दुई सय र कैलाशमाण्डौमा दुई सय शैया गरी ६ सयको शैयाको क्वारेन्टाइन बनाएका छौ , अझै थप गर्नु प्रर्ने देखीएमा नगरपालिका संग प्रसस्त ठाउं भएकाले क्वारेन्टाइनको समस्या नरहेको नगर प्रमुख रावलले वताए । जेठ ११ गते सम्म जम्मा महिला पुरुष गरी २७५ जनाको क्वारेन्टाइनमा बसेकामा ८३ जना घर फ्रकिसकेका छन । नगर पालिकाका विभिन्न क्वारेन्टाइनमा हाल सम्म महिला पुरुष गरी १९२ जना क्वारेन्टाइनमा बसेका नगर पालिकाका सूचना तथा संचार प्रविधि अधिकृत पन्तले जानकारी दिनुभयो ।

रत्न मावि सेलिफल

पन्तका अनुसार कैलाशेश्वरी मा.वि. दम्था ५८, रत्न उ. मा. वि. सेलिफल १२ ,पार्वति मा. वि. पैमा ७ , पुस्पलाल प्र.वि.पन्धारा १४, तोली स्वाथ्य चौकी तोली ८५ र छतारा स्वाथ्य चौकी छतारा १६ जानलाई ब्यबस्थापन गरेर क्वारेन्टाइनमा राखेको नगरपालिकाका कार्यकारी प्रमुख खगेन्द्र साउंदेले जानकारी दिनुभयो ।

जिल्ला भन्दा बाहिरका विभिन्न शहरहरुबाट ज्याला मजदुरी गर्न भारत लगायतका ठाउँबाट नगरपालिका भित्रिएमा उहांहरुलाई सोही ठाउँमा बस्न खानको ब्यबस्थापन मिलाए को नगरपालिकाकी उप प्रमुख राधिका देवि सुनारले जानकारी दिनुभयो ।

जिल्ला बाहिरका विभिन्न शहर देश तथा विदेश बाट आएका जो सकै नगर नगर प्रवेस गरी सके पछी १४ दिन सम्म क्वारेन्टाइनमा बस्नै प्रने उप प्रमुख सुनारले जानकारी दिनुभयो । नगरपालिकाको आंकलन अनुसार लगभग ९ हजारको हाराहारी जनासंख्या जिल्ला भन्दा बाहिर रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार