होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • संघीय संसद्को लोगोमा भएको नेपालको नक्सा परिवर्तन गरिने
देश/प्रदेश

संघीय संसद्को लोगोमा भएको नेपालको नक्सा परिवर्तन गरिने

  • नागरिक रैबार
संघीय संसद्को लोगोमा भएको नेपालको नक्सा परिवर्तन गरिने

काठमाडौँ — संघीय संसद्को लोगो नेपालको नयाँ नक्साअनुसार परिवर्तन गरिने भएको छ । राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि संसद्को लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समिति सो निर्णय गरेको हो । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले नेपालको परिवर्तित नक्सा राजपत्रमा प्रकाशन गरेपछि लोगोमा प्रयोग भएको नक्सा सोहीअनुसार परिवर्तन गर्ने निर्णय गरिएको जानकारी दिए ।

संघीय संसद्का दुवै सदनका सांसदहरुले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउनका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

विज्ञापन

राष्ट्रियसभा नियमावली २०७५ को नियम २२१ अनुसार सांसदहरुको पोसाक र संघीय संसद्को प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ । बैठकले जेठ १२ गतेका लागि बोलाएको बैठक पनि एक दिन पर सारेको छ । १२ गते इस्लाम धर्माबलम्बीहरुकोे पर्व इदुल फित्र परेकाले बैठक एकदिन पर सारिएको हो ।

यसअघि सरकारले नयाँ नक्साअनुसार नेपालको निसान छाप परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव संसद्‍मा दर्ता गराएको छ । नयाँ नक्सा सार्वजजनिक भएसँगै अहिले प्रचलनमा रहेका सिक्का, मानपद्वी, सरकारी निकायका छापलगायतका कुराहरु परिवर्तन गर्नुपर्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार