होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा २६ साउन आईतबार राती अविरल वर्षासंगै आएको बाढीले बगाउँदा बडीमालिका नगरपालिका वडा नं २ का वडा अध्यक्ष डम्बर महतकी आमा बेपत्ता भएकी छन् । सोमबार विहान बडीमालिका नगरपालिका २ घाघर स्थित नजिकैको बस्तीमा बाढी आएपछि वडा अध्यक्ष महतकी ६५ वर्षिया आमा अईसनी महत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । […]
चक्र बहादुर अएडी/बाजुरा २२ साउन । विश्वमा फैलिएको कोरोना भाईरस कोभिड १९ ले गर्दा नेपाल सरकारले गरेको लकडाउनको प्रत्यक्ष असर विद्यार्थिहरुमा परेको छ । ईमेल ईन्टरनेट तथा संचार माध्यमको पहुचमा भएका बिद्यार्थी र बिद्यालयहरुले रेडियो टेलिभिजन बाट पठनपाठन गरिरहेका छन् । संचार माध्यमको पहुच भन्दा टाढा रहेका बिद्यार्थिहरु भने घाँस दाउरा र डुलेर विताईरहेका छन […]
सिन्धुपाल्चोक, २२ साउन । पाँचपोखरी थाङ्पाल गाउँ पालिकाको बिकट गाँउ वडा न ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्दार गरिएको छ । बिहान ८ बजे देखी भर्ना गरेको ३४ वर्षीय गर्भवती महिला पासाङ लामाले स्थानीय स्वास्थ चौकी बाट सुत्केरी गराउन नसकेपछी गाउँ पालिकाको पहलमा नेपाली सेनाको हेलिकप्टर द्वारा काठमाँडौं पठाइएको पाँचपोखरी थाङपाल गाँउपालिका […]
काठमाडौं उपत्यकामा ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस व्रिफिङमा काठमाडौ, ललितपुर र भक्तपुरमा गरी उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए […]
काठमाडौँ– पार्टीभित्रका सबैजसो कमिटीमा अल्पमतमा परेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि एउटा पद छाड्न चर्को दबाब परेको छ । वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गत फागुन १४ गते पार्टी सचिवालय बैठकले गरेको निर्णय इन्कार गर्दै अघि बढेपछि त्यसयता द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव […]
धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट बुधवार थप एक सय कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा कोरोना मुक्त भएर थप एक सय जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। कैलालीका ८८ र डोटीका १२ जनालाई डिस्चार्ज गरिएको उनले बताए। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण […]
चक्रबहादुर अएडी/बाजुरा २१ साउन। बाजुराको त्रिवेणी नगरपालिकाले एक जना असाय मानसिक रोगि चेलीको उद्दार गरेको छ । त्रिवेणी नगरपालिका वडा नम्मर ८ बस्ने बर्ष ५२ बर्षिया अम्बि गिरी लाई नगरपालिका र स्थानीयको पहलमा उद्दार गरि आर्थिक सहयोग गरेको भगतराज गिरीले जानकारि दिनु भयो । गिरीका अनुसार उद्दार गरेको महिलाको आवश्यक पालनपोषण र सुरक्षाको लागि धनगढीमा […]
निमेन्द्र शाही/ बाजुरा २१ साउन –बाजुराको पूर्वाेत्तर क्षेत्रका ४ वटा स्थानीय तहमा खाद्यान्न संकट सुरु भएको छ । त्यस क्षेत्रमा रहेका खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडको कोल्टी डिपो र कवाडी डिपोमा खाद्यान्नको माैज्दात २ महिनादेखि शून्य छ । कोरोनाका कारण भारत र जिल्ला बाहिर रहेका मानिस भित्रिएसँगै जेठकाे दोस्रो साताबाट ती डिपोमा चामलको माैज्दात राख्न सकिएको छैन […]
दार्चुला- दार्चुलामा चार वर्षको अवधिमा ३० महिला तथा बालिका बलात्कारको शिकार बनेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटना आफन्त तथा चिनजानकैबाट भएको हो।जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा जबर्जस्ती करणीका घटना बढ्दै गएका छन्। अझै कयौँ घटना समाजमा मिलाउने भएका कारण सबै प्रहरीसम्म पुगेका छैनन्। आव २०७३/०७४ मा तीन जबर्जस्ती करणी तथा दुई […]
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेको छ। गत वर्ष रु दुई करोडभन्दा बढीको लगानीमा निर्माण गरिएको पुल भरपर्दो तटबन्ध निर्माण नहुँदा जोखिममा परेको हो। पुलको उत्तरतर्फको तिलकी र दुवाहा क्षेत्रमा नदीले जग्गा कटान तीव्र बनाएको स्थानीय लक्ष्मण रानाले बताए। जग्गा कटान रोक्नका लागि गत वर्ष प्रदेश सरकारको […]
नेपालगन्ज, २० साउन । बाँकेको नेपालगन्ज कारागारमा कार्यरत ५ प्रहरी जवानमा कोरोना पुष्टि भएको छ । यस्तै वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत १ प्रहरी र नेपालगन्ज कारागारमा रहेका ७ कैदी बन्दी गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत साउन १८ गते नेपालगन्ज कारागारबाट गरिएको स्वाव संकलनमा उनीहरुमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय […]
झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। कोरोना भाइरसको त्रासका बीच झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले मङ्गलबार जिल्ला समन्वय समितिमा कार्यक्रमको आयोजना गर्दै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो। खोप समन्वय समिति झापाका संयोजक तथा जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले […]
काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी फागुनमा हुने भनिएको महाधिवेशनलाई ध्यानमा राखेर आफ्ना सम्भावित प्रतिस्पर्धीप्रति आक्रामक बन्न थालेका छन् । सभापति देउवा विधान विपरीत एक्लै अघि बढेको आरोप इतर पक्षले लगाएको छ तर उनलाई रोक्न सक्ने अवस्थामा छैन । संस्थापन पक्षका एकलौटी क्रियाकलापको खबरदारीमा समेत अल्पमत पक्ष कमजोर हुँदै गएको […]
हाम्रो देश विविधतायुक्त छ, त्यसैले कुनै कार्यक्रम ल्याउँदा वा योजना बनाउँदा त्यसरी नै सोच्नुपर्ने हुन्छ । स्थानविशेषलाई ध्यान दिएर त्यही किसिमको कार्यक्रम लैजानुर्पे हुन्छ । जस्तो– काठमाडौंका लागि बनाएको योजनाले हुम्ला, जुम्लामा काम गर्दैन । तर, कोरोना भाइरस(कोभिड १९)को विषयमा सरकारले यस विषयलाई ध्यान दिन सकेन । कोरोनाले विश्वलाई नै आक्रान्त बनाएको छ । तसर्थ […]
१९ साउन, काठमाडौं । विराट मेडिकल कलेज तथा नर्सिङ होमका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीलाई साउन ७ गते कोभिड–१९ संक्रमण पुष्टि भयो । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या आएपछि ९ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरियो । त्यसबेला उनलाई ९० प्रतिशत अक्सिजन दिनुपरेको थियो । आईसीयूमा राखेर अक्सिजन दिँदा पनि स्वास्थ्यमा सुधार […]
काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ९६१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। ७१.१ प्रतिशत निको भएका छन् । यसअघि हिजो १४ हजार ६०३ थियो । मन्त्रालयका […]
नागरिक रैबार/बाजुरा १९ साउन। जिल्लाको गाैमुल गाउँपालिकाबाट ५१ हजार नगदसहित ११ जना जुवाडेलाइ प्रक्राउ गरिएको छ। स्थानीयले दिएको सुराकीका आधारमा इलाका प्रहरी गाैमुलबाट खटिएको प्रहरीको गस्ति टोलीले जुवा खेलिरहेका ११ जनालाइ नगद ५१ हजार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइने प्रहरीले बताएका प्रहरी […]
१९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वार्ता निष्कर्षबिहीन भएको छ । सोमबार विहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएका थिए । स्रोतका अनुसार दुवै नेता आआफ्नो अडानमा टसमस भएका छैनन् । प्रधानमन्त्रीसमेत रहेका […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा अस्पतालका अईसोलेसनमा भर्ना हुने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। प्रदेशमा केही दिनदेखि संक्रमणको दर बृद्धि हुदै गएका बेला आईसोलेसनमा भर्ना हुने क्रम पनि बढेको हो। झण्डै एक हप्ता पहिले ६७ जना संक्रमित र शंकास्पद विरामी अस्पतालको आईसोलेसनमा रहेका बेला अहिले उक्त संख्या बृद्धि भएर ७४ पुगेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। […]