होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरको झोलुङ्गे पुल बाढीको उच्च जोखिममा
समाचार

कञ्चनपुरको झोलुङ्गे पुल बाढीको उच्च जोखिममा

  • नागरिक रैबार
कञ्चनपुरको झोलुङ्गे पुल बाढीको उच्च जोखिममा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेको छ। गत वर्ष रु दुई करोडभन्दा बढीको लगानीमा निर्माण गरिएको पुल भरपर्दो तटबन्ध निर्माण नहुँदा जोखिममा परेको हो।

पुलको उत्तरतर्फको तिलकी र दुवाहा क्षेत्रमा नदीले जग्गा कटान तीव्र बनाएको स्थानीय लक्ष्मण रानाले बताए। जग्गा कटान रोक्नका लागि गत वर्ष प्रदेश सरकारको रु ४० लाखको लागतमा बनेको १२० मिटर लामो तटबन्ध भत्किएपछि नदीले जग्गा कटान तीव्र बनाएको रानाले बताए। उनले भने, “तटबन्धको एक ठाउँमा १० फिट र अर्को ठाउँमा ७० फिट नदीको बाढीले भत्काएको छ।” तटबन्ध भत्किएपछि झोलुङ्गे पुलसमेत खतरामा परेको उनले बताए। तटबन्ध निर्माण ठेकेदारले राम्ररी नगर्दा भत्किएको स्थानीय बासिन्दाको भनाइ छ।

तत्काल तटबन्ध निर्माण नगरिए नदी तटीय क्षेत्रमा बसोबास गर्ने ७५ घरधुरीमध्ये १५ घरधुरी नदीको उच्च जोखिममा पर्ने भएका छन्। स्थानीय मङ्गल चौधरी, बालसुग्रिव राना, शिवजी राना, फिर्ता रानालगायत आठभन्दा बढी परिवारको धान रोपेको जग्गा नदीले कटान गरिरहेको छ। हालसम्म पाँच कठ्ठाभन्दा बढी धान रोपेको जग्गा नदीको बाढीले बगाइसकेको चौधरीले बताए। नदीमा अझै पानीको बहाव उच्च रहेकाले जग्गा कटान जारी छ। नदीले तीव्र जग्गा कटान गर्न थालेपछि दुई परिवार विस्थापनको सङ्घारमा पुगेका छन्।

विज्ञापन

स्थानीय बासिन्दाको जग्गा कटान हुनबाट जोगाउन र झोलुङ्गे पुल जोगाउनका लागि तत्काल तटबन्ध मर्मत नै एक मात्रै विकल्प भएको वडाध्यक्ष बाले रानाले बताए। तटबन्ध मर्मत र निर्माणका लागि नगरपालिका र प्रदेश सरकारसँग पहल भइरहेको उनको भनाइ छ। गत वर्षसमेत छ व्यक्तिको जग्गा बाढीले बगाउन थालेपछि स्थानीयवासीको आग्रहमा प्रदेश सरकारले तटबन्ध निर्माणकार्य अगाडि बढाएको थियो। रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार