होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेकपा विवाद : ओलीविरुद्ध वार–पार लडाइँको तयारी
देश/प्रदेश

नेकपा विवाद : ओलीविरुद्ध वार–पार लडाइँको तयारी

  • नागरिक रैबार
नेकपा विवाद : ओलीविरुद्ध वार–पार लडाइँको तयारी

काठमाडौँ– पार्टीभित्रका सबैजसो कमिटीमा अल्पमतमा परेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि एउटा पद छाड्न चर्को दबाब परेको छ ।

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गत फागुन १४ गते पार्टी सचिवालय बैठकले गरेको निर्णय इन्कार गर्दै अघि बढेपछि त्यसयता द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपालको गठबन्धन समूह ओलीविरूद्ध सतहमै प्रकट हुँदै आएको छ ।

नेकपाका नेताहरूबीच चर्केको शक्ति संघर्षले बाढी–पहिरो, डुबान, कोरोना महामारी तथा सलहको त्रासजस्ता विपत्तिको मारमा परेका जनताको मर्का गौँण बनेका छन् ।

विज्ञापन

दुई तिहाईनजिकको बहुमत हुँदा पनि नेकपाको सरकार जनतामा अलोकप्रिय भएको र सरकारकै कारण पार्टीको छविमा समेत असर परेको निष्कर्षसहित ओलीले कम्तिमा एउटा पदबाट राजीनामा दिनु पर्नेमा स्थायी कमिटी सदस्यहरूको बहुमत छ ।

ओलीले महाधिवेशन र अर्को चुनावअघि त्यो आफू दुवै पदमा रहने र राजीनामाका सम्भावना नरहेको अडान लिएपछि नेकपाभित्र शक्ति र पदको संघर्ष चरमोत्कर्षमा छ । नेकपाका नेताहरूबीच चर्केको शक्ति संघर्षले बाढी–पहिरो, डुबान, कोरोना महामारी तथा सलहको त्रासजस्ता विपत्तिको मारमा परेका जनताको मर्का गौँण बनेका छन् ।

विधि–विधान र पद्धतिको विषयलाई लिएर अर्को पक्षले लगाइरहेको आरोपको खण्डन गर्दै ओली पक्षीय नेताहरूले सरकार गिराउन र पार्टी विभाजन गर्न खोजेको दोषारोपण गर्ने गरेका छन् ।

बुधबार नेताहरू प्रचण्ड, झनाथ खनाल, नेपाल र नारायणकाजी श्रेष्ठले गरेको पत्रकार सम्मेलनलाई लक्षित गर्दै बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रचण्ड–माधव समूहलाई ‘ग्याङ अफ फोर’ को संज्ञा दिए ।

चार नेताले गरेको पत्रकार भेटघाटलाई लक्षित गर्दै थापाले १० वर्ष अघिको नेकपा माओवादीको धोबीघाट गठबन्धनको परिणामपछि माओवादी धार एक दर्जन समूहमा विभाजन र विघटन भएकोसमेत स्मरण गराएका छन् । उनले भनेका छन्, ‘यो पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्धति र एकताको लडाइँ रे ? पार्टी विभाजनको खुल्लमखुला हाँक, होहल्ला र रिहर्सल ।’

थापाको उक्त टिप्पणी प्रतिनिधिमूलक मान्नुपर्छ । पदीय व्यवस्थापनको विषय नमिल्दा नै नेकपा फुटको संघारमा पुगेको घटनाक्रमहरूले देखाउन थालेका छन् ।बुधबार पार्टीनिकटका केही पत्रकारहरूसँगको अन्तरक्रियामा नेताहरू दाहाल, नेपाल, खनाल र श्रेष्ठले दिएका अभिव्यक्तिले पनि नेकपा फुटउन्मुख भएको संकेत गर्छ ।

पार्टीमा अरू नेताले बहुमतको निर्णय स्वीकारे जस्तै अब ओलीले पनि मान्नुपर्ने नत्र उनीविरूद्ध अझ सशक्त र एकातबद्ध भएर अघि बढ्ने सन्देश चारै जना नेताले दिएका छन् ।साउन ७ गते पुष्पलाल स्मृति दिवसमा एउटै मञ्चबाट ओलीविरूद्ध खनिएका दाहाल र नेपालले फेरि एकपटक सार्वजनिक मञ्चबाट उनीविरुद्धको संघर्ष जारी रहने सन्देश दिएका छन् ।

दाहालले पार्टी अध्यक्षले नै पार्टीको निर्णय मान्दिनँ भन्ने र त्यसलाई हेरेर बस्नुपर्ने विचित्रको अवस्था आएको भन्दै ओलीले आफूमाथि पनि बदला लिन खोजेको आरोप लगाएका छन् ।उनले भनेका छन्, ‘सचिवालय बसेर गरेको निर्णय अध्यक्षले म मान्दिनँ भनेपछि पार्टी क्राइसिसतिर गएको छ । पार्टीको निर्णय मान्दिनँ भन्दा पनि हेरेर बस्नुपर्ने बडो विचित्रको स्थिति पैदा भयो ।’

वरिष्ठ नेता माधवकुमार नेपालले ओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाउँदै भने, ‘उहाँ (ओली) ले पार्टीमा महत्वपूर्ण विषयमा छलफल हुन कहिल्यै दिनुभएन । बैठक चलिरहेका बेला बीचबाटै उठेर हिँडिदिनुभयो । पार्टी विधि, पद्धतिमा कहिल्यै चल्न दिनुभएन ।’

ओलीले पार्टीलाई बिसर्जनको बाटोतर्फ लगेको तथा भ्रष्ट र आसेपासेलाई च्यापेको नेपालको आरोप छ ।

वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र अहिले पद्धति ठूलो कि ओलीको गुट भन्ने विषय प्रधान भएको बताए । उनले भने, ‘यो जुँगाको लडाइँ होइन, ओली गुट र पार्टीबीचको अन्तरविरोध हो, कमिसनखोरहरूको घेराउमा बसेर अग्रगमनको यात्रा सम्भव छैन, ओली सच्चिनै पर्छ ।’

मदन भण्डारी फाउण्डसेनका नाममा वडासम्म कमिटी बनाउने, गुटबन्दी गर्ने र आफूहरूलाई बदनाम गर्ने काम भइरहेको खनालको गुनासो छ ।प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई रूपान्तरण गर्ने प्रयास सफल नभएको बताए । रूपान्तरणको प्रयासका रूपमा मंसिर ४ र वैशाख २० को सहमति गरेको भए पनि त्यो कार्यान्वयन नभएको र विश्वासको संकट पैदा भएको उनको भनाइ छ ।

कोरोना भाइरसको महामारीबाट जोगिन अब के गर्न सकिएला भनेर मंगलबार विज्ञहरूसँगको छलफलमा ओलीले महामारी हुँदा हुँदै पनि आफ्नै पार्टीका साथीहरू गैरजिम्मेवारी देखिएको बताएका थिए ।उक्त छलफलमा प्रचण्ड–माधव समूलाई लक्षित गर्दै ओलीले भनेका थिए, ‘२५ जनाभन्दा बढी जम्मा हुन दिएका छैनौँ, मेरै पार्टीमा ४५० जनाको केन्द्रीय कमिटी तुरुन्त चाहियो भन्छन् । कहाँ बस्ने हो ? के गर्ने हो सोच केही छैन ? स्थायी कमिटी अहिले बस्नुपर्‍यो, भरे बस्नु पर्‍यो भन्छन् ।’

ओलीको उक्त अभिव्यक्तिको भोलिपल्टै उनीइतरको समूहले फेरि सार्वजनिक मञ्चबाटै ओलीले कम्तीमा एउटा पदबाट राजीनामा दिनै पर्ने दबाब दिएपछि नेकपा विवाद वारपारको तहमा पुगेको विश्लेषण हुन थालेको छ ।

यसअघि गत वैशाख दोस्रो साता नै पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याएर फिर्ता गरिसकेका ओली पार्टीभित्र अर्को पक्षले आफूलाई हटाउने प्रयास गरेपछि झन् कठोर भएर प्रस्तुत हुन थालेका छन् ।प्रधानमन्त्री ओलीले स्थायी कमीटी बैठक चलिरहेकै बेला गत असार १८ गते अचानक संघीय संसदको अधिवेशन अन्त्य गराएका थिए । उनले विवादित व्यक्तिहरूलाई धमाधम राज्यका महत्वपूर्ण पदहरूमा नियुक्त गरेको आरोप इतर पक्षको छ । लगानी बोर्डमा कार्यकारी प्रमुखको नियुक्ति चर्को विवादमा परेको छ ।

चर्को विरोधकाबीच प्रधानमन्त्री र पर्टीको प्रथम अध्यक्षका रूपमा ओलीले आफ्ना निर्णयहरूमार्फत बरू आफू भाँचिन तयार रहेको तर कसै गरे पनि नुहिन्नँ भन्ने सन्देश दिइरहेका छन् भन्ने विश्लेषण पनि हुन थालेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार