होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • सुदूरपश्चिममा अस्पतालका आईसोलेसनमा भर्ना हुने संक्रमित बढ्दै
समाज

सुदूरपश्चिममा अस्पतालका आईसोलेसनमा भर्ना हुने संक्रमित बढ्दै

  • नागरिक रैबार
सुदूरपश्चिममा अस्पतालका आईसोलेसनमा भर्ना हुने संक्रमित बढ्दै

धनगढीः सुदूरपश्चिम प्रदेशमा अस्पतालका अईसोलेसनमा भर्ना हुने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। प्रदेशमा केही दिनदेखि संक्रमणको दर बृद्धि हुदै गएका बेला आईसोलेसनमा भर्ना हुने क्रम पनि बढेको हो।

झण्डै एक हप्ता पहिले ६७ जना संक्रमित र शंकास्पद विरामी अस्पतालको आईसोलेसनमा रहेका बेला अहिले उक्त संख्या बृद्धि भएर ७४ पुगेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। आईसोलेसनमा भर्ना हुनेको संख्या धेरै नभएपनि तुलनात्मक रुपमा विगतको भन्दा बृद्धि भएको देखिएको छ।

निर्देशनालयका अनुसार प्रदेशका विभिन्न अस्पतालमा ५६ जना लक्षण भएका कोरोना संक्रमित र १८ जना शंकास्पद बिरामी आईसोलेसनमा भर्ना भएका छन्। सबैभन्दा बढि कञ्चनपुरको महाकाली अस्पतालमा २५ जना संक्रमित छन् भने टीकापुर अस्पतालको आईसोलेसनमा १६ जना संक्रमितको उपचार भईरहेको छ।

विज्ञापन

जिल्ला अस्पताल अछाममा १० जना, सेती प्रादेशिक अस्पतालमा तीन र जिल्ला अस्पताल डोटीमा दुईजना उपचाररत छन्। यसैगरी बयलपाटा अस्पतालमा ६ जना शंकास्पद विरामी भर्ना भएका छन् भने सेती र जिल्ला अस्पताल डोटीमा पनि तीन÷तीन  जना रहेका छन्।

सुदूरपश्चिममा अहिले सम्म चार हजार सात सय ४० जनामा कोरोना पुष्टि भएको छ। उनीहरु मध्ये ९ जनाको मृत्यु भईसकेको छ भने तीन हजार ३४ जना डिस्चार्ज भएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार