होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं ४ कात्तिक। संघीय सरकारले नोवेल कोरोना भाइरस (कोभिड-१९) लागेका बिरामी मृत्यु शैय्यामा पुगे पनि निःशुल्क उपचार नगर्ने निर्णय गरेका बेला प्रदेश सरकारहरूले भने निःशुल्क उपचार गर्ने बताएका छन् । प्रदेश १ सरकार र लुम्बिनी प्रदेश सरकारले संघीय सरकारलाई चुनौती दिँदै निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लक्षण देखिएका […]
नागरिक रैबार/बाजुरा ४ कार्तिक। जिल्लाको गौमुल गाउँपालिकाको कृषि विकाश शाखाले पालिका भरिका कृषकहरुलाई गहुँको विउ वितरण गरिएको छ । पालिका भरिका कृषकका लागि आवश्यक पर्ने गहुँको विउ २५ प्रतिशत अनुदानमा २ हजार ४ सय ८० केजि विउ कृषकलाई वितरण गरिएको हो । गाउँपालिकाको कृषि विकाश शाखाले उपलब्ध गराएका डब्लु के १२०४, स्वर्गद्धारी र च्याखुरा जातका […]
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले दशैं भत्ताबापत् आएको रकम फिर्ता गर्ने भएका छन्।संसदीय दलले सबै सांसद र स्वकीय सचिवको खातामा आएको दशैं भत्ता रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राख्ने निर्णय गरेको राष्ट्रिय सभामा नेकपाका मुख्य सचेतक खिमलाल भट्टराईले जानकारी दिए। ‘यसपालि आएको पैसा कसैको खर्च भइसकेको होला। त्यसैले अर्को […]
काठमाडौँ– सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क नगर्ने निर्णय गरेसँगै सरकारी अस्पतालहरूले शुल्क लिन थालेका छन् । स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार पाउने लक्षित वर्ग र उपचारको आधार तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा कोरोना संक्रमण परीक्षण र उपचार खर्च संक्रमित आफैँले तिर्नुपर्ने मन्त्रालयको जानकारी गराएका थिए । […]
काठमाडौं – विश्वभरका ३ करोडभन्दा बढी व्यक्ति कोरोना संक्रमण मुक्त भएका छन् । अर्थात् कुल संक्रमितको ७४ प्रतिशत व्यक्तिले कोरोनालाई परास्त गरेका छन् ।मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ४ करोड ६३ लाख ५ हजार २९१ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ करोड ३ लाख ४७ हजार ६३४ जना निको भएका छन् । […]
धनगढीः दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ ।कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ । यी देवी उष्ण […]
नागरिक रैबार/बाजुरा कात्तिक। भिरबाट लडेर घाईते भएका बडीमालिका ९ का मानसिंगे चंदाराकाे उपचारका लागि भारतबाट ५० हजार सहयाेग गरिएकाे छ । बाजुरा घर भई भारतका विभिन्न ठाउँमा रहेका नेपालीहरूले घाईते चंदाराकाे उपचारका लागि ५० हजार सहयाेग गरेकाे चंदाराका अाफन्त धिरेन विकले बताएका छन् । घाईते चंदारकाे अहिले ट्रमा सेन्टर काठमाडौमा उपचार भईरहेकाे छ । घाईते […]
leaked Ludmii gorosito काठमाडौं । कोरोना महामारीले मुलुक थिलथिलो भएको अवस्थामा संसद सदस्यले दसैं भत्ता नलिने निर्णय सरकारले गरेको छ । संसद सचिवालयले संघीय सांसदको खातामा भत्ता निकासा गरेपछि केही सांसद र पार्टीहरुले यसको विरोध गर्दै फिर्ताको घोषणा गर्न थालेका थिए ।आफूखुसी घोषणा भइरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दसैं भत्ता दिने निर्णय […]
धनगढी — सुदूरपश्चिममा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा अन्तर्गतका सबै सदस्यले दसैं भत्ता बुझेका छन् । भत्ताबापत राज्य कोषबाट उनीहरुका लागि ३५ लाख २९ हजार अतिरिक्त भुक्तानी गरिएको छ । सम्बन्धित कार्यालयहरुले मुख्यमन्त्रीलाई ७१ हजार, मन्त्रीहरुलाई ६३ हजार र प्रदेशसभा सदस्यहरुले ५६ हाजर ५ सय दसैं भत्ता भुक्तानी गरिएको बताएका छन् । प्रदेशसभा सचिवालयले […]
३ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदहरुले पाएको दसैं भत्ता संस्थागत निर्णयबाटै फिर्ता गर्ने तयारी गरेको छ । दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा) का सांसदहरुको दसैँ भत्ता फिर्ता गर्ने तयारी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताए । उनका अनुसार, सोमबार साँझभित्रै सांसदहरुको दसैँ भत्ता फिर्ता गरिएको बक्तव्य निकाल्ने तयारी […]
निमेन्द्र शाही/बाजुरा, ३ कात्तिक। अहिले ग्रामीण बस्तीमा केही वर्षअगाडिको जस्तो कहालीलाग्दा दृश्य कमै मात्र खिच्ने अवसर मिल्दछ । सुविधा र चेतनाले ग्रामीण रहनसहनमा कोल्टो फेराएको छ । अझ सरसफाइका कुरा गर्दा ‘आची भेटियो कि गाउँ आयो’ भन्ने उखान झुटो सावित हुँदै गएको छ । रहनसहन, खानपिन आधुनिकतातिर जाँदा धेरै राम्रो भएको छ । पछिल्लो समय […]
दार्चुला: जिल्ला अस्पताल दार्चुलामा विगत केहि दिनदेखि अवरुद्ध रहेको एक्सरे सेवा सञ्चालनमा आएको छ। दार्चुला अस्पतालमा दुईवटा एक्सरे मेसिनहरु भएपनि दुवै मेसिनहरु बिग्रीएर भएर एक्सरे सेवा नै अवरुद्ध भएको थियो। बिग्रीएको एउटा एक्सरे मेसिनको पाटपुर्जा काठमाण्डौबाट ल्याइएको तथा जडान गर्न धनगढीबाट प्राविधिकहरुले मेसिन जडान गरी आइतबार बाट सेवा सञ्चालनमा आएको जिल्ला अस्पताल दार्चुलाका व्यवस्थापन समितिका अध्यक्ष […]
बाजुराको वुढीनन्दा नगरपालिकाकामा आज एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरीएको छ । एच वि सिसि, यु के आईडि, युनिलेभर लगायतको आर्थिक सहयोगमा एक्सनएड नेपाल, पीसविन बाजुरा र एच आर सि बाजुराको साझेदारीमा सञ्चालन भैरहेको आपतकालिन प्रतिकार्य परीयोजना ईआरपिद्धारा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका सामाग्रि वितरण गरीएको हो । वुढीनन्दा नगरपालिकाको कोल्टीमा एक कार्यक्रममा विच […]
जीवन कैला। नेपाल कम्युनिष्ट पार्टी नेकपा बुढीनन्दा ७ नम्बर वडा संगठन कमिटीले आज एक प्रेश विज्ञेप्ती जारी गर्दै शक्तिको आडमा वडा कार्यालय सारीएको भन्दै घोर आपत्ति जनाएको छ । बुढीनन्दा नगरपालिका वडा नं सातको वडा संगठन कमिटीले वडा नं सातको वडा कार्यालय एका एक अर्को ठाउँमा सार्नु नाटकिय घटना भएको भन्दै आपत्ति जनाएको हो । […]
२ कात्तिक, विराटनगर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर छ । भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति ११ः५५ मा दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा […]
नुवाकोट — नुवाकोटको ऐतिहासिक बेलकोटगढीमा यस वर्ष वडादसैंको लागि ब्राह्मण र दलित समुदायको जमरा एकैस्थानमा राखेका छन्। सदियौंदेखिको दलित र ब्राह्मण समुदायको पानी नचल्ने परम्परा तोड्दै यस वर्ष नुवाकोटको पुर्वी भेगमा रहेको वेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवतीको मन्दिरमा घटस्थापनाको दिन शनिबार सामूहिक जमरा राख्ने परम्परालाई स्थानीय ब्राह्मण, क्षेत्री, नेवार, मगर, घर्र्ती, जनजाती तथा दलित समुदायका […]
निमेन्द्र शाही बाजुरा, १ कात्तिक ‘पूर्ण सरसफाइ रणनीतिक योजना २०७२’ कार्यान्वयनमा नआउँदा बाजुरामा सरसफाइको अवस्था पुरानै दिसामा फर्किने चिन्ता थपिएको छ । खुला दिसामुक्त जिल्ला घोषणा भइसके पनि रणनीतिक योजना कार्यान्वयन नहुँदा सरसफाइको अवस्था परिवर्तन नहुने भन्दै चिन्ता थपिएको हो । ‘१२ मंसिर २०७१ मा खुला मञ्चमा भएको विशाल कार्यक्रम अहिले पनि सम्झनामा छ । […]
बाजुरा: बाजुराको हिमाली गाउँपालिका–५ बस्ने धर्म नेपालीलाई श्रीमतिसहित चार छोराछोरीलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै जिल्ला प्रहरी कार्यलय बाजुराले मुद्धा चलाएको छ। उनका कारण श्रीमती सत्ता नेपालीसहित चार बालबालिकाले कवाडी खोलामा हाम्फालेको हुनसक्ने प्रहरी अनुसन्धानले बताएको छ। सोही कारण धर्म नेपालीविरुद्ध आत्माहत्या दुरुत्साहन मुद्धा दर्ता गरिन लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी […]
नागरिक रैबार/बाजुरा ३० असोज। बाजुरा जिल्लामा पनि ४० औं विश्व खाद्य दिवस मनाईएको छ । हाम्रो पहल दिगो कृषि पोषिलो आहार भन्ने मुल नाराका साथ उक्त दिवस मनाइएको हो । कृषि ज्ञान केन्द्र बाजुराको आयोजना तथा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको समन्वयमा उक्त दिवस मनाईएको हो । दिवसको अवसरमा सदरमुकाम मार्तडीमा सरोकारवाला निकायहरुले कृषि तथा […]
नागरिक रैबार/बाजुरा २९ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा कार्यालयको बैठक विहिबार विहान सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा बसेर सकिएको छ । बाजुरा जिल्ला अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा बसेको कार्यालयको बैठकले ४ वटा महत्वपुणर् निणर्यहरू सार्वजनिक गर्दै बैठक सकेको हो । बैठकमा नेकपा बाजुराका सचिव भरत बुढा, कार्यालय सदस्य गगन रावल, लालबहादुर ओली, जनक बोहरा उपस्थित […]