होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • संघीय सरकारलाई प्रदेशको चुनौती-कोरोनाको नि:शुल्क उपचार गर्छौं
समाज

संघीय सरकारलाई प्रदेशको चुनौती-कोरोनाको नि:शुल्क उपचार गर्छौं

  • नागरिक रैबार
संघीय सरकारलाई प्रदेशको चुनौती-कोरोनाको नि:शुल्क उपचार गर्छौं

 काठमाडौं ४ कात्तिक। संघीय सरकारले नोवेल कोरोना भाइरस (कोभिड-१९) लागेका बिरामी मृत्यु शैय्यामा पुगे पनि निःशुल्क उपचार नगर्ने निर्णय गरेका बेला प्रदेश सरकारहरूले भने निःशुल्क उपचार गर्ने बताएका छन् ।

प्रदेश १ सरकार र लुम्बिनी प्रदेश सरकारले संघीय सरकारलाई चुनौती दिँदै निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लक्षण देखिएका संक्रमितको निःशुल्क उपचार जारी रहेको बताएका छन् ।

‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत रहेको छ,’ मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

विज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रचलित संविधान र जनस्वास्थ्य ऐन, २०७५ को ठाडो उल्लंघन गरेर कोरोनाबाट मर्नै लागेका बिरामीको पनि उपचार नगर्ने निर्णय गरे लगत्तै मुख्यमन्त्री पोखरेलले यस्तो घोषणा गरेका हुन ।

प्रदेश-१ सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीका अनुसार प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पतालमा कोभिड-१९ उपचार केन्द्रमा शुल्क लिने निर्णय भएको छैन् ।

संघीय सरकारको नयाँ निर्णय पछि शुल्क लिन नलिने विषयमा छलफल नभएको जानकारी दिए । उनले भने, ‘यो अस्पतालको हकमा पुरानै निर्णय कायम छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार