होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • विश्वभर ३ करोडभन्दा बढी व्यक्ति कोरोना संक्रमण मुक्त
देश/प्रदेश

विश्वभर ३ करोडभन्दा बढी व्यक्ति कोरोना संक्रमण मुक्त

  • नागरिक रैबार
विश्वभर ३ करोडभन्दा बढी व्यक्ति कोरोना संक्रमण मुक्त

काठमाडौं – विश्वभरका ३ करोडभन्दा बढी व्यक्ति कोरोना संक्रमण मुक्त भएका छन् । अर्थात् कुल संक्रमितको ७४ प्रतिशत व्यक्तिले कोरोनालाई परास्त गरेका छन् ।मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ४ करोड ६३ लाख ५ हजार २९१ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ करोड ३ लाख ४७ हजार ६३४ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३४ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने २ लाख ३९ हजार २५४ जना निको भएर घर फर्किएका छन् ।यस्तै एकै दिन थप ४ हजार ३८९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख २२ हजार ७५८ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८४ लाख ५६ हजार ६५३ हजार पुगेको छ ।दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७५ लाख ९४ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५२ लाख ५१ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

विज्ञापन

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४० हजार २५९ जनाको मृत्यु भएको छ । ७१ लाख ६१ हजार ३४६ जना संक्रमित भएकोमा ३२ लाख २९ हजार ९८५ जना संक्रमणमुक्त भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार