होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भिरबाट लडेर घाईते चंदाराकाे उपचारका लागि भारतबाट ५० हजार सहयाेग
समाचार

भिरबाट लडेर घाईते चंदाराकाे उपचारका लागि भारतबाट ५० हजार सहयाेग

  • नागरिक रैबार
भिरबाट लडेर घाईते चंदाराकाे उपचारका लागि भारतबाट ५० हजार सहयाेग

नागरिक रैबार/बाजुरा कात्तिक। भिरबाट लडेर घाईते भएका बडीमालिका ९ का मानसिंगे चंदाराकाे उपचारका लागि भारतबाट ५० हजार सहयाेग गरिएकाे छ ।
बाजुरा घर भई भारतका विभिन्न ठाउँमा रहेका नेपालीहरूले घाईते चंदाराकाे उपचारका लागि ५० हजार सहयाेग गरेकाे चंदाराका अाफन्त धिरेन विकले बताएका छन् ।
घाईते चंदारकाे अहिले ट्रमा सेन्टर काठमाडौमा उपचार भईरहेकाे छ । घाईते चंदाराकाे घरकाे अार्थिक अवस्था नाजुक भएकाेले उपचारका लागि धिरेन विककाे समन्वयमा भारतमा रहेका मिलन सिंह, सुन्तला देवि, सुनिता अाउजि, प्रकाश अाउजि, मैना देवि, जाैरूल सिंह र सम्भाे सायम लगायतले नगद ५० हजार सहयाेग गरेका हुन् ।

चंदारा गत असोज २२ गते विहिबार दिउसो घरको लागि दारकाठको खोजी गर्ने क्रममा गुनिभिर नजिकैको जंगलको भिरबाट लडेर घाईते भएका थिए ।

घाईते भएका चंदाराको मेरुदण्ड र घाँटीमा गहिरो चोट लागेपछि उनका परिवारले रिण निकालेर उपचारका लागि काठमाण्डौं लगिएको थियो । चंदाराको उपचारका लागि लाग्ने खर्च उनको परिवारसंग नभएपछि उपचारका लागि अावश्यक पर्ने रकम सहयाेग गरिदिन उनका अाफन्तले अपिल गरेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार