होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री वितरण
स्वास्थ्य-जीवनशैली

कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

  • नागरिक रैबार
कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

बाजुराको वुढीनन्दा नगरपालिकाकामा आज एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरीएको छ । एच वि सिसि, यु के आईडि, युनिलेभर लगायतको आर्थिक सहयोगमा एक्सनएड नेपाल, पीसविन बाजुरा र एच आर सि बाजुराको साझेदारीमा सञ्चालन भैरहेको आपतकालिन प्रतिकार्य परीयोजना ईआरपिद्धारा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका सामाग्रि वितरण गरीएको हो । वुढीनन्दा नगरपालिकाको कोल्टीमा एक कार्यक्रममा विच नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपानेलाई ६३ सेट पीपीई सेट हस्तान्तरण गरीएको एच आर सि बाजुराका उपाध्यक्ष जनेश भण्डारीले जानकारी दिनुभयो । पीसविन बाजुराका केन्द्रिय कार्यसमिति उपाध्यक्ष विर्जन बहादुर शाही र एच आर सि बाजुराका उपाध्यक्ष जनेश भण्डारीले संयुक्तरुपमा स्वास्थ्य सामाग्रि हस्तान्ुत्रण गर्नुभएको हो । कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि दिन रात अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको मनोवल बढाउन र उहाँहरुलाई सुरक्षा प्रदान होस भन्ने उद्देश्यले सो सामाग्रि वितरण गरीएको बताईएको छ । नागरीकको सेवामा खटिने चारै स्थानिय तहका स्वास्थ्यकर्मीलाई स्थानिय सरकार मार्फत पीपीई सेट लगायतका विभिन्न स्वास्थ्य सुरक्षाका सामाग्रि हस्तान्त्रण गर्ने कार्यक्रम अन्र्तगत आज वुढीनन्दा नगरपालिकामा हस्तान्त्रण गरीएको हो । उक्त सामाग्रि रु १ लाख, ८ हजार, २ सय ८ रुपैया आठ पंैशा वरावरको रहेको बताईएको छ । बाजुरा जिल्लाका अन्य आठ वटा स्थानिय पालिकामा पनि क्रमस वितरण गर्ने कार्य रहेको स्थानिय अधिकार कार्यक्रम संयोजक पदम कठायतले बताउनुभयोे । कारोना भाईरसको महामारी सृजिति अवस्थामा जोखिम मोलेर प्रत्यक्ष उपचार सेवा दिने स्वास्थ्यकर्मी सुरक्षित रहुन र कोरोना नियन्त्रणमा काम गर्न सहज होस भन्ने अपेक्षा गर्दै स्वास्थ्यकर्मीको ब्यक्तिगत सुरक्षाका लागि सो सामाग्रि सहयोग गरीएको स्थानिय अधिकार कार्यक्रम संयोजक कठायतले बताउनुभएको छ । कार्यक्रममा वडा नं दुईका वडाअध्यक्ष भीमकहादुर कार्की, निमित्त प्रमुख प्रासकिय अधिकृत रामदत्त न्यौपाने पीसविन केन्द्रिय उपाध्यक्ष विरजन शाही, एच आर सि बाजुराका उपाध्यक्ष जनेश भण्डारी, नगरपालिकाका कोभिड १९ फोकल प्रशन ओमजगं शाही लगायतको उपस्थित रहेको बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार