होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ८ भदाै। बाजुरा जिल्लाको बडीमालिका नगरपालिका वडा न ९ गैरीबजारका लाल बहादुर चँदारा ४ बर्षदेखी ओछ्यानमै थला परेका छन । उनी घरबाट बाहिर ननिस्केका ४ बर्ष पुरा भयो । कामको शिलशिलामा भारत गएका उनी २०७२ साल चैत्र २० गते मोटर साइकल दुर्घटनामा परी घाइते भएका थिए । उनको नयाँ दिल्ली स्थीत जयप्रकाश ट्रमा […]
नागरिक रैबार/बाजुरा ८ भदौ। नेपाल पत्रकार महासंघ बाजुराका सह-सचिव तथा राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समितिका सचिव पत्रकार शेरबहादुर सार्कीलाई पत्नी शोक परेको छ । बुढीगंगा नगरपालिका-१० निवासी पत्रकार सार्कीकी पत्नी पुनीदेवी सार्कीको सोमबार बिहान ३५ वर्षको उमेरमा उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा असामयिक निधन भएको हो । शार्कीका चार छोरी र एक छोरा […]
सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराअन्तर्गत दोस्रो दिन आज “नानी गौरा” मनाइँदै छ। व्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको छ। आजको दिनलाई स्थानीय भाषामा “नानी गौरा” भन्ने चलन छ। सवाँ, अपामार्गलगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ। हिजो भिजाएका बिरुडाले […]
प्रकाश विक बाजुरा ७ भदौ बडीमालिका नगरपालिकाले नगर भित्रका बजारहरुमा यस वर्षको तीजमा सामुहिक भेला भएर नाचगान नगर्न आग्रह गरेको भएपनि महिलाहरुले सदरमुकाम मार्तडीमा धुमधामका साथ तीज मनाईरहेका छन् । नगरपालिकाले यस अघि गएको बुधबार एक सूचना जारी गर्दै नगरभित्रका महिलाहरुलाई मार्तडी बजार लगायत नगरपालिका क्षेत्रमा हुलहुज्जत र भिडभाड नगरी घरमै सुरक्षित भएर तीज मनाउन […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले योसँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा […]
काठमाडौं – विश्वभर २ करोड ३३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।एकैदिन २ लाख ५२ हजार ४५३ जनामा संक्रमण पुष्टि भएपछि आइतबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख ७७ हजार ८०६ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार १३५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर ८ लाख […]
जाजरकोट । छिमेकी मुलुक चीनले अनुमति नदिँदा उपल्लो डोल्पामा चामल ढुवानी नभई आर्थिक वर्ष सकिएको छ । खाद्यान्न उत्पादनका हिसाबले अत्यन्तै कमजोर मानिएको उपल्लो डोल्पामा चीनको सिमाना हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । तीन हजार क्विन्टल चामलको कोटा तोकिए पनि चामल ढुवानी हुन नसक्दा शहरतारा र तेन्जे बिक्री केन्द्रमा अहिलेसम्म एक गेडा चामल नपुगेको खाद्य […]
धनगढी: कैलालीका १३ सहित सुदूरपश्चिम प्रदेशका थप १६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा भएको परीक्षणमा पछिल्लो २४ घण्टामा १६ जनामा संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिवार भएको परीक्षणमा कैलालीका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा नौँ सय एक जनाको […]
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ खटिएका ९ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। नेपाल र उनका परिवारका सदस्यको रिपोर्ट भने नेगेभिट आएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । स्वकीय सचिव गौतमका अनुसार कोरोना संक्रमण देखिनेमा नेपालको सुरक्षामा खटिँदै आएका पिएसओ नेपाल प्रहरीका एक जना र सशस्त्र […]
डोटी – अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् । बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएपनि अहिलेसम्म भेटाउन नसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा […]
नागरिक रैबार/बाजुरा ६ भदौ। नेपाल पत्रकार महासंघ बाजुरालाई प्रेस युनियन बाजुराले प्रेस विज्ञप्ति मार्फत लगाएको आरोप झुटो भएको प्रेस युनियनकै सचिव प्रसान्त जोशीले बताएका छन् । युनियनले पत्रकार महासँघका अध्यक्ष र सचिवले महासँघका सूचना लुकाउँछन् भनेर विज्ञप्ति जारी गरेको थियो । शुक्रबार प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौलले युनियनका कुनैपनि पदाधिकारीलाई जानकारी नगराई युनियनको लोगो […]
नागरिक रैबार बाजुरा ६ भदौ । यतिबेला बाजुरा जिल्लाका कतिपय ठाउँमा अविरल वर्षाका कारण बाढी र पहिरो आएर स्थानीयहरु निकै सास्ती भोगिरहेका छन् । कतिपय नागरिक बेघर भएका छन् भने कतिपयले आफन्त गुमाएका छन् । झरी र बर्षायामले निम्त्याएको जन स्तरको क्षेती र उत्तरी क्षेत्रमा खाद्य संकटको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी कृष्ण गैर र […]
रामबहादुर विक/बाजुरा ६ भदाै। हरितालिका तीजको अवसरमा बाजुरा जिल्लामा क्रियाशिल महिला पत्रकारहरुले ४ जना एकल महिलाहरुलाई खाद्यान्न सहयोग गरेका छन् । बिगतका बर्षहरुमा महिला पत्रकारहरुले दर खाने चलन रहेको भएपनि यस बर्ष विषम परिस्थीति रहेकाले फजुल खर्च नगरेर समस्यामा रहेका एकल महिलाई खाद्यान्न उपलब्ध गराएको नेपाल पत्रकार महासंघ बाजुराका कोषाध्यक्ष नन्दा थापाले बताउनु भयो । […]
नागरिक रैबार/बाजुरा ५ भदौ। निरन्तरको अविरल वर्षा संगै आएको बाढीले चुथि र रजातोली खोलामा रहेका काठेपुल बगाएपछि बडीमालिका ७ का स्थानीयहरुलाई दैनिक आउजाउमा निकै समस्या भएको थियो । करिव एक महिना अघि बाढीले काठेपुल बगाएपछि रजातोली र चुथिका स्थानीयलाई मात्रै नभई पुर्वीउत्तरी क्षेत्रका ४ स्थानीय तहसहित छिमेकि जिल्ला मुगु र हुम्लाका स्थानीयहरुलाई यो बाटो हुँदै […]
नागरिक रैबार/बाजुरा ५ भदौ। बडीमालिका नगरपालिका ७ स्थित चुथिमा लघुउद्यम विकास समूहद्धारा मसला उद्योग संचालनमा ल्याईएको छ ।सुदूरपश्चिम प्रदेश सरकार, घरेलु तथा साना उद्योग समिति बाजुराको आर्थिक सहयोग र ७ नं. वडा कार्यालयको समन्वयमा सो उद्योग चुथिमा सचालमा ल्याइएको हो । उद्योगको एक औपचारिक कार्यक्रमकावीच शुक्रबार प्रमुख जिल्ला अधिकारी कृष्ण गैरैले उद्धघाटन् गरेका छन् । […]
पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतम ८३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै शुक्रबार संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा […]
५ भदौ, काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक […]
प्रश्न– तपाईंको नाम ? प्रतिप्रश्न– नाम नै त किन भन्नुपर्यो र ? अनि, काम नि ? म स्वास्थ्य क्षेत्रमा छु । सरकारी सेवामा काम गर्छ भनिदिनु न । डिटेल भनेपछि फेरि गाह्रो पर्छ । भनेपछि, तपाईंको परिवारलाई समाजले खुब दुःख दिइरहेको कि क्या हो ? समाजमा बाँच्न धेरै गाह्रो छ । संक्रमितलाई समाजले निरुत्साहित गर्छ […]
काठमाडौं । प्रधामन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बिहीवार बेलुका ५ वजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । यसअघि सोमबार नियमित मन्त्रिपरिषद बैठक बसेको थियो । स्रोतका अनुसार मुुलुकमा कोरोना भाइरस (कोभिड १९ ) का संक्रमितको संख्या बढदै गएपछि थप रणनीति बनाउन मन्त्रिपरिषद डाकिएको बुझिएको छ । बिहीबारबाट उपत्यकामा एक साता निषेधाज्ञा […]
४ भदौ, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले विपतमा परी ज्यान गुमाउनेको परिवारलाई जनही १ लाख रुपैयाँ दिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विपतमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई १ लाख दिने निर्णय गरेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जनकारी दिए । पछिल्लो २ महिनामा सुदूरपश्चिममा विपतबाट ६४ जनाको मृत्यु […]