होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सिभिल हेलिकप्टरमा बाजुरा पुगे नेपाली सेनाका प्रधानसेनापति थापा
समाचार

सिभिल हेलिकप्टरमा बाजुरा पुगे नेपाली सेनाका प्रधानसेनापति थापा

  • नागरिक रैबार
सिभिल हेलिकप्टरमा बाजुरा पुगे नेपाली सेनाका प्रधानसेनापति थापा

नागरिक रैबार
मंसिर १८ बाजुरा ।
नेपाली सेनाका प्रधानसेनापति पुर्ण चन्द्र थापा निरिक्षणका लागि सिभिल हेलिकप्टरमा बाजुरा जिल्ला स्थित समरजित गुल्ममा पुगेका छन् । निरिक्षणका क्रममा बाजुरा पुगेका थापाले समरजित गुल्ममा जवानको मेसमा खाना खाएर जवानका समस्या र अबस्थाका बारेमा छलफल गरेको नेपाली सेनाले जनाएको छ ।

सेनापति थापाले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशमा रहेका सेनाका ब्यारेक, गुल्म, गणको निरिक्षण गरेको नेपाली सेनाका प्रबक्ता सन्तोष बल्भ पौडेलले बताए । ब्यारेकमा पुगेर त्यहाँको बस्तुस्थित बुझने, जवनासँगै खाना खाने, उनीहरुको बारेमा छलफल गर्ने र निजहरुको हौसला बढाउने उद्देश्यले निरक्षण गरेको प्रबक्ता पौडेलले बताएका छन् ।
बिहिवार बाजुराको सदरमुकाम मार्तडीमा रहेको समरजित गुल्मको अनुगमनमा पुगेका थिए चिसो समयमा उच्च भागमा रहेका ब्यारेकको अबस्था र जवानले भागिरहेका समस्याका बारेमा अनुगमन र छलफल रहेको सेनाले बताएको छ ।

चिसो बढिरहेको छ, डाँडाहरुमा ब्यारेक रहेका छन्, त्यहाँको अबस्थाको बारेमा स्थलगत अध्यन गर्ने र जवानहरुलाई हौसला प्रदान गर्ने प्रधानसेनापतिको उद्देश्य रहेको नेपाली सेनाका प्रबक्ता पौडेलले वताएका छन् । सधैका बर्षमा सेनाका उच्च अधिकारीले भ्रमण गर्ने रहदै आएको सेनाले वताएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार