होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • ६०७४ नमुना परीक्षण गर्दा १०२४ जनामा संक्रमण पुष्टि
स्वास्थ्य-जीवनशैली

६०७४ नमुना परीक्षण गर्दा १०२४ जनामा संक्रमण पुष्टि

  • नागरिक रैबार
६०७४ नमुना परीक्षण गर्दा १०२४ जनामा संक्रमण पुष्टि

२० मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६०७४ नमुना परीक्षण गर्दा ४०२ महिला र ६२२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । उनीहरुमध्ये २ लाख २४ हजार ५३ जना संक्रमणमुक्त भएका छन् भने १५७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

विज्ञापन

हाल देशभर १४ हजार २५५ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ९ हजार २६३ जना होम आइसोलेसनमा छन् भने ३१२ जनाको आईसीयू र ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४६० संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ३४९ जनfm ललितपुरका ६५ र भक्तपुरका १८ जना छन् ।

नुवाकोटका ४६ जना, कास्कीका ४५, रुपन्देहीका ४१, झापाका ३९, अछामका ३५, कैलालीका ३३, काभ्रेका २९, सुनसरीका २८, बाँकेका २०, धनुषाका १८, कञ्चनपुरका १७, पर्सा, मकवानपुर र लमजुङका १५/१५ जना, सिन्धुली र बाग्लुङका १४/१४ जना, चितवन, कपिलवस्तु, दाङ र बझाङका ११/११ जना, तनहुँ र बर्दियाका ९/९ जना , धादिङका ८, दोलखाका ७ र इलाम ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपरासी र पाल्पाका ५/५ जना, मोरङ, सोलखुम्बु, सिराहा, स्याङ्जा, जुम्ला, डडेलधुराका ४/४ जना, सर्लाही, दैलेख, दार्चुला र बैतडीका ३/३ जना, ताप्लेजुङ, बारा, महोत्तरी, रौतहट, सप्तरी, सिन्धुपाल्चोक, नवलपुर, पर्वत, म्याग्दी, प्युठान, रोल्पा र डोटीका २/२ जना तथा उदयपुर, ओखलढुंगा, खोटाङ, अर्घाखाँची र गुल्मीका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार