होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार फागुन १३ बाजुरा । सर्वोच्च अदालतले मंगरबार संसद विघटनको निणर्य बदर गरेपछि नेपाल कम्युनियट पाटी(नेकपा) प्रचण्ड- माधव पक्षले बुधबार न्यायलयप्रति सम्मानस्वरुप जिल्ला सदरमुकाम मार्तडीमा नाराबाजीसहित बजार परिक्रमा गरि खुशीयाली मनाएको छ । सदरमुकाम मार्तडीको हाटबजार देखि खुला मंञ्च हुँदै पुरैै बजार परिक्रम गरि त्रिवेणी चोकमा गएर कोण सभामा परिणत भएको नेकपा प्रचण्ड माधव […]
नागरिक रैबार । बाजुरा १२ फागुन । स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले सर्वाेच्च अदालतले संसद पुनस्थापनाकाे फैसला गरेपछि लाेकतन्त्रकाे रक्षा भएकाे बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले स्वामिकार्तिक गाउँपालिकामा अायाेजना गरेकाे पत्रकारकाे क्षमता विकासका लागि अभिमुखिकरणमा मन्तब्य राख्दै अध्यक्ष शाहीले यस्ताे बताएका हुन् । उनले सर्वाेच्च अदालतकाे संसद पुनस्थापनाकाे फैसलाले […]
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तल्काल राजीनामा दिनुपर्ने धारणा राखेका छन्। उनले सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक ठहर भएकाले तल्काल राजीनामा दिनुपर्ने धारणा राखेका हुन्। बुधबार एक विज्ञप्ति जारी गर्दै गौतमले सर्वोच्च अदालतले नेपालीको त्याग र समर्पणबाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको स्पष्ट […]
नागरिक रैबार । बाजुरा १२ फागुन । बाजुराका पत्रकारहरूकाे क्षमता विकासका लागि १ दिने अभिमुखिकरण कार्यक्रम स्वामिकार्तिक खापर गाउँपालिकामा सूरू भएकाे छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशकाे प्रदेश समितिकाे अायाेजना तथा स्वामिकार्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपालिकाकाे सहकार्यमा उक्त अभिमुखिकरण कार्यक्रम सूरू गरिएकाे हाे । बाजुराका पत्रकारकाे क्षमता विकास गर्ने उद्वेश्यका साथ पहिलोपटक स्वामिकार्तिक […]
फागुन११ काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री […]
काठमाडौं : निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावका लागि आवश्यक सामग्री किन्ने प्रक्रिया अघि बढाएको छ। आयोगले चुनावका लागि आवश्यक पर्ने २८ प्रकारका सामग्री किन्नका लागि बोलपत्र आह्वान गरेको हो । आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि चुनावका लागि आयोगले सामग्री खरिद प्रक्रिया अघि बढाएको हो। निर्वाचन आयोगका प्रवक्ता राजकुमार […]
काठमाडौँ — विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई नख्खु जेलमा कोच्ने चेतावनी दिएका छन् । सोमबार काठमाडौंको शान्ति वाटिकामा प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी सरकारमा पुग्नेबित्तिकै ओली र देउवालाई अख्तियार र सर्वोच्च अदालतमा […]
नेकपा प्रचण्ड–माधव नेपाल पक्षले ६८ वटा जिल्ला कमिटीको नेतृत्व (अध्यक्ष र सचिव) को टुंगो लगाएको छ । बाँकी जिल्ला कमिटीको नेतृत्वबारे छलफल भइरहेको नेकपाले जनाएको छ । त्यस्तै जिल्लाको इन्चार्ज र सह-इन्चार्ज पनि छान्न बाँकी रहेको छ । तत्कालीन नेकपामा ७७ वटा भूगोलका जिल्ला कमिटीबाहेक महानगर कमिटी र थप विशेष जिल्ला कमिटी गरेर ८३ वटा […]
नागरिक रैबार/बाजुरा १० फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको बाजुरा जिल्ला कमिटीको अध्यक्षमा गगन रावललाई चयन गरेको छ । प्रचण्ड-नेपाल पक्षको माघ १ र २ गते बसेको स्थायी कमिटिको बैठकको निर्णय अनुसार बाजुरा जिल्लाको अध्यक्षमा गगन रावललाई र सचिवमा रमेश विकलाई चयन गरेको हो। प्रचण्ड-नेपाल पक्षका ६८ जिल्लामा नयाँ नेतृत्व चयन गरेसंगै बाजुरा जिल्ला […]
नागरिक रैबार/बाजुरा १० फागुन। नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डाक्टर डिला संग्रौलाले प्रतिगमनका जडसुत्र नै नेपालका कम्युनिस्ट भएको आरोप लगाएकि छन् । आइतबार नेपाल प्रेश युनियन जिल्ला शाखा बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डाक्टर संग्रौलाले यस्तो बताएकी हुन । डा.संग्राैलाले अहिलेको वर्तमान राजनीतिक परिस्थिति कम्युनिष्टहरुकै कारण उत्पन्न भएको बताइन । केन्द्रीय सदस्य डाक्टर संग्रौलाले भनिन् […]
नागरिक रैबार/बाजुरा १० फागुन। प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेशको सह-इन्चार्जमा बाजुराका धर्मराज पाध्याय र सह-संयोजकमा निमेन्द्र शाही चयन भएका छन् । पार्टी विभाजन हुँदा उक्त ठाउँमा रहेकाहरु ओली पक्षको प्रेस संगठनमा लागेपछि रिक्त पदहरुमा बाजुराका धर्मराज पाध्याय र निमेन्द्र शाही चयन भएका हुन् । हेर्नुहोस कुन प्रदेशमा को- को भए चयन प्रदेश कमिटी : सुदूरपश्चिम […]
नागरिक रैबार/बाजुरा ९ फागुन। नेकपा बाजुरा ओली समूह निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुका युवा विद्यार्थीले त्रिवेणी साना जलविद्युत केन्द्रमा लगाएकाे ताला खुलेकाे छ । अाईतबार नेकपा निकट अाेली समूहका विद्यार्थी र युवाले त्रिवेणी साना जलविद्युत केन्द्रमा ताला लगाउनु गलत भएकाे निश्कर्ष निकालेपछि ताला खुलेकाे हाे । त्रिवेणी कार्यालयमा एकाएक तालाबन्दी गरेपछि कार्यालय प्रमुख दयाराम […]
बाजुरा— अखिल नेपाल महिला संघ प्रचण्ड माधव -समुहले सदरमुकाम मार्तडीमा बिरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा वलीले गरेको संसद बिगठनको बिरोधमा अनेमसघं प्रचण्ड- माधव समुह बाजुराले बिरोध प्रदर्शन गरेको हो । देशमा अशान्ती असुरक्षा बढ्दो महगी लगायतका सवालहरु उठान गर्दै अनेमसंघका महिला नेताहरुले सो आन्दोलन गरेको अनेमसंघकी नेता जानकी रोकायाले बताइन । महिला […]
नागरिक रैबार/बाजुरा ९ फागुन। नेकपा बाजुरा ओली समूह निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुका युवा विद्यार्थीले त्रिवेणी साना जलविद्युत केन्द्रमा ताला वन्दी गरेको छ । मार्तडीमा सर्वसाधारण जनतालाई नियमित विद्युत सेवा उपभोग गर्न नदिएको भन्दै युवा संघ र अनेरास्ववीयुका विद्यार्थीले विद्युत कार्यालयमा ताला वन्दी गरेपछि त्रिवेणी साना जलविद्युत केन्द्रका कार्यालय प्रमुख दयाराम पण्डित र एकजना […]
नागरिक रैबार /बाजुरा ९ फागुन। नेकपा निकट युवा संघ नेपाल र अनेरास्ववियुका युवा विद्यार्थीले नेपाल विद्युत प्राधिकरण बाजुरा शाखा र त्रिवेणी साना जलविद्युत केन्द्रमा तालाबन्दी गरेका छन् । सदरमुकाम मार्तडीमा सर्वसाधारण जनतालाई विद्युत उपभाेग गर्न नदिएकाे भन्दै उनिहरूले विद्युत कार्यालयमा ताला बन्दी गरेका हुन् । अाईतबार नेकपा निकटका युवा र विद्यार्थीले मार्तडीमा विद्युत नियमित गर […]
‘कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला भयो भने हाम्रो आन्दोलन अगाडि बढ्छ’ ‘उपराष्ट्रपतिले संविधान मिचियो, प्रजातन्त्र मासियो, प्रतिनिधिसभा विघटन गरेर बेठीक भयो, चुनाव गर्न पाइँदैन भन्ने हो ?’‘सरकारविरूद्ध झगडिया हो सभामुख ? सभामुखजस्तो पदको मान्छेले किर्ते सनाखत गर्छ ?’ मोरङ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने […]
काठमाडौं: प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । उपराष्ट्रपति र सभामुखको आलोचना गरेका ओलीले नेकपा दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई भने पार्टीमा फर्किन आग्रह गरे । शनिबार विराटनगरमा आफूपक्षको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले संसद पुनस्र्थापना भए आन्दोलनमा जाने चेतावनी दिएका हुन् । प्रतिनिधिसभा विघटन सदर गराउन ‘सेटिङ’ गरिरहेको […]
नागरिक रैबार/ बाजुरा ७ फागुन। जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कारको रकम सहयोग गरेका पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिंहले फेरी उनकै पहलमा १ लाख सहयोग गरेका छन् । कैलालीको गोदावरी नगरपालि ३ मालाखेति बस्दै आएका जेपी जोशीका परिवारलाई सहयोग गरिएको हो । पत्रकार सिंहले जेपी जोशीका नाममा स्थापना भएको जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कार सोही […]
नागरिक रैबार/बाजुरा ७ फागुन। बाजुरा जिल्लामा पनि ७१औँ प्रजातान्त्र दिवस मनाईएकाे छ । दिवसकाे अबसरमा सहिदहरुको फोटोमा फुलमाला र अबिर लगाएर प्रजातन्त्र दिवस मनाईको हाे । जिल्ला समन्वय समिति बाजुराको आयोजनामा प्रजातन्त्र दिवस मनाईएको हो । जिल्ला समन्वय समितिको प्राङगणमा सहिदहरुको फोटोमा माल्यार्पण गरि प्रजातन्त्र दिवस मनाईएको समन्वय प्रमुख नरेन्द्र कुमार रोकायाले बताए । बिगतका […]
काठमाडौँ- १०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७१औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्र स्थापनाका […]