होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • कसैको दवावमा परेर काम गर्ने छैन्: प्रजिअ अधिकारी
समाज

कसैको दवावमा परेर काम गर्ने छैन्: प्रजिअ अधिकारी

  • नागरिक रैबार
कसैको दवावमा परेर काम गर्ने छैन्: प्रजिअ अधिकारी

नागरिक रैबार/बाजुरा ९ बैशाख। बाजुरा जिल्लामा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जिल्लामा रहँदा सम्म कसैको दवावमा परेर काम नगर्ने बताएका छन् ।

विहिबार प्रमुख जिल्ला प्रजिअ अधिकारीले जिल्लामा क्रियासिल संचारकर्मीहरुसंगको परिचयात्मक कार्यक्रममा जिल्लामा आफु रहँदा सम्म कसैको कुनैपनि किसिमको दवावमा परेर काम नगर्ने बताएका हुन् ।

विज्ञापन

कसैको दवावमा परि काम गर्नुभन्दा बरु आएको दुईदिन नवस्दै सरुवा गरे भनेपनि आफुलाई केही फरक नपर्ने प्रजिअ अधिकारीको भनाई थियो । बाजुराबासीको हितका लागि दिनरात नभनि आफुले भ्याएसम्म समन्वयकारी भुमिका निर्वाह गर्ने बताएका छन् ।

यस अघि बाजुरामा रहेका प्रमुख जिल्ला अधिकारी कृष्ण गै्रहेको सरुवा भएपछि प्रजिअ अधिकारी बैशाख पहिलोहप्ताबाट बाजुराका लागि गृह मन्त्रालयबाट बाजुराको प्रमुख जिल्ला अधिकारी भएर आएका थिए ।

परिचयात्मक कार्यक्रममा जिल्लामा क्रियाशिल संचारकर्मीहरुले बाजुराको समग्र बस्तुस्थिति बारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए ।

पत्रकारहरुसंग जिल्लाको समग्र बस्तुस्थिति बारे बुझ्न जिल्लाका पत्रकारसंग परिचयात्मक कार्यक्रम राखिएको थियो । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै राखिएको परिचयात्मक कार्यक्रममा जिल्लामा क्रियाशिल १५ बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार