होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • कोरोनाबाट बाँच्न घर फर्किए तर रहेनन्, को–को हुन सुदूरपश्चिमका ६ जना ?
प्रदेश ७

कोरोनाबाट बाँच्न घर फर्किए तर रहेनन्, को–को हुन सुदूरपश्चिमका ६ जना ?

  • नागरिक रैबार
कोरोनाबाट बाँच्न घर फर्किए तर रहेनन्, को–को हुन सुदूरपश्चिमका ६ जना ?

धनगढीः कोरोनाको दोस्रो लहरले छिमेकी मुलुक भारत त्राहिमान भएयता त्यहाँ रहेका नेपालीहरु धमाधम स्वदेश फर्किन थालेका छन्।रोजगारी गुमाएका तथा कोरोनाको त्रासले उनीहरु स्वदेश फर्किन थालेका हुन्। तर फागुनयता घर फर्किएका मध्ये सुदूरपश्चिम प्रदेशका ६ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।

शनिबार मात्रै भारतबाट फर्किएका कञ्चनपुरका २ जनाको मृत्यु भएको छ।महाकाली प्रादेशिक अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१८ का ४० वर्षीय पुरुष र वडा नम्बर ४ की ५० वर्षीया महिलाको सेती प्रदेशिक अस्पतालमा मृत्यु भएको हो।

एक हप्ता अगाडि भारतको इन्दौरबाट फर्किएका पुरुषलाई गत बिहीवार अस्पताल भर्ना गरिएको थियो। शुक्रबार उनमा कोरोना संक्रमण देखिएको थियो। आईसियूमा राखेर उपचाररत उनको मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताए।

विज्ञापन

फोक्सोमा समस्या तथा अक्सिजनको मात्रा घटेको कारणले ती पुरुषको मृत्यु भएको उनले बताए।कोरोनाबाट जोगिन कञ्चनपुरकी ५० वर्षीया महिला पनि भारतबाट फर्किएकी थिइन्। तर उनी पनि रहिनन्। संक्रमित महिलालाई बिहीबार उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याएको थियो। शुक्रबार उनीमा कोरोना पुस्टि भएको थियो।

त्यस्तै, बझाङको जयपृथ्वी नगरपालिका–६ का ४८ वर्षीय कोरोना संक्रमित पुरुषको बिहिबार जिल्ला अस्पतालबाट कोहलपुर लैजाने क्रममा मृत्यु छ।भारतको तमिलनाडुबाट चैत २९ गते घर फर्किएका ती व्यक्तिलाई अक्सिजन सपोर्टमा राखेर उपचार गरिँदै आएको थियो। तर अवस्था खराब भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने देखिएको थियो।

जिल्ला अस्पतालमा दुई थान भेन्टिलेटर भएपनि चलाउने जनशक्ति नहुँदा बिरामीलाई कोहलपुर रेफर गरेको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले दिनेशखबरलाई बताए। तर कोहलपुर पुग्न नपाउँदै ती संक्रमितले बाटोमै ज्यान गुमाए।

१७ दिनअघि भारतको गुजरातबाट अछाम फर्किएका एक जनाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका वडा ६ भाग्यश्वरका ६५ वर्षीय पुरुषको बिहीबार बिहान जिल्ला अस्पताल मंगलसेनमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशी बताए।

बुधबार बयालपाटा अस्पतालमा गरिएको परीक्षणमा उनीमा कोरोना संक्रमण पुस्टि भएको थियो। कोरोना पुस्टिपछि उनलाई बुधबार नै जिल्ला अस्पतालको आइशोलेसनमा राखेर उपचार गरिएको थियो।

एकै परिवारका दाजुभाइ रहेनन्
गत वैशाख ७ गते भारतबाट फर्किएर होम क्वारेन्टिनमै बसेको अवस्थामा डोटीको एक जना युवाको पनि मृत्यु भएको छ। भारतको गुजरातबाट फर्किएका डोटीको दिपायल सिलगढी नगरपालिका १ घटालीका एक युवकको मृत्यु भएको बताउँछन् स्वास्थ्य कार्यालय डोटीका कोरोना फोकल पर्सन तेजविक्रम शाही। तर यहाँ परीक्षण नभएकाले आधिकारिक पुस्टि भने नभएको उनको भनाइ छ।

घटालीका ती युवकका दाजुको समेत कोरोनाकै मृत्यु भएको छ। भारतमासँगै काम गरिरहेका ती युवकको आफ्नै दाजुको कोरोना संक्रमणले ३ साताअघि भारतमै मृत्यु भएको थियो। दाजुको मृत्युपछि घर फर्केका ती युवकको पनि कोरोनाकै कारण वैशाख ७ गते मृत्यु भएको हो।

यति मात्रै होइन, कोरोनबाट जोगिन कैलालीको गोदावरी नगरपालिका ३ का ५० वर्षीय एक पुरुषले पनि कोरोनाकै कारण ज्यान गुमाउनु परेको छ। उनको गत चैत ३० गते कोरोनाको कारण मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठ बताउँछन्। फागुन पहिलो साता भारतबाट फर्किएका उनीमा निमोनिया र दमसहित कडा खालको लक्षण देखिएको थियो।

सोझै घर प्रवेशले बढायो जोखिम
गत वर्ष कोरोनाको महामारी भारतमा फैलिएपछि त्यहाँ रहेका लाखौं नेपालीहरु स्वदेश फर्किएका थिए। केही समयपछि पुनः उनीहरु रोजगारीको लागि भारत फर्किएका हुन्। तर भारतमा पुनः महामारीले डरलाग्दो रुप लिएपछि नेपालीहरु फर्किन थालेका हुन्। तर अवैध सीमा नाका हुँदै नेपालीहरु लुकीछिपी सोझै घर फर्किन थालेपछि जोखिममा पर्न थालेको बताइएको छ।

दिपायल सिलगढी नगरपालिकाका प्रवक्त कर्ण बिष्टले भारतबाट फर्किने नेपालीहरु अवैध बाटो हुँदै गाउँ प्रवेश गर्दा गाउँ नै जोखिममा परेको बताए। सम्बन्धित निकायले सीमानाका व्यवस्थापन गर्नुपर्ने उनको जोड थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार