होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा एमाले बाजुराको प्रथम विस्तारित बैठक मार्तडीमा
समाचार

नेकपा एमाले बाजुराको प्रथम विस्तारित बैठक मार्तडीमा

  • नागरिक रैबार
नेकपा एमाले बाजुराको प्रथम विस्तारित बैठक मार्तडीमा

नागरिक रैबार/बाजुरा ९ बैशाख। नेकपा एमाले जिल्ला कमिटी बाजुराको प्रथम विस्तारित बैठक सदरमुकाम मार्तडीमा सूरु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा उक्त विस्तारित बैठक पहिलोपटक मार्तडीमा बसेको हो ।

नेकपा एमाले बाजुराका जिल्ला कमिटी अध्यक्ष गगन रावलको अध्यक्षतामा बसेको बैठकमा एमालेका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह प्रमुख अतिथि रहेका छन् ।

विज्ञापन

नेकपा एमालेको एकता जोगाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं भन्ने मुल नारासहित ७२ औं स्थापना दिवसको अवसरमा एमाले बाजुराको प्रथम विस्तारित बैठक बसेको एमाले बाजुराले जनाएको छ ।

No description available.

बैठकमा जिल्ला भरका नेता तथा कार्यक्रर्ताको सहभागि रहेको छ । बैठकको संचालन नेकपा एमाले बाजुराका सचिव पुरबहादुर रावतले गरिरहेका छन् । बैठक सदरमुकाम मार्तडीको अपि होटलमा बसिरहेको छ ।

बैठकमा एमालेकै ओली पक्षका नेता तथा कार्यकर्ताहरु भने सहभागि भएका छैनन् । एमालेकै ओली पक्षको नेकपा एमाले बाजुराले भने ७२ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका विरामीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम तय गरेको ओली पक्षका एक नेताले बताएको छन् ।

No description available.

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार