होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जगन्नाथलाई पनि पुर्ण खोपयुक्त गाउँपालिका घोषणा गरियो
समाचार

जगन्नाथलाई पनि पुर्ण खोपयुक्त गाउँपालिका घोषणा गरियो

  • नागरिक रैबार
जगन्नाथलाई पनि पुर्ण खोपयुक्त गाउँपालिका घोषणा गरियो

उमेशजङ्ग शाही/बाजुरा ८ बैशाख।  जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा रहेको जगन्नाथ गाउँपालिकालाई पनि पुर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । जिल्लाको सबै स्थानिय तहहरुमा पुणर्खोपयुक्त पालिका घोषणाको क्रम चलिरहेको बेला जगन्नाथ गाउपालिकाले पनि समयमै पुणर् खोपयूक्त गाउँपालिका घोषणा गरेको जनाएको छ ।

पालिका खोप समन्वय समितिको आयोजना तथा स्वास्थ्य कार्यालयको समन्वयमा उक्त गाउँपालिकालाई पूणर् खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिकामा नियमित खोप ० देखि १५ महिनाको ५ सय ५७ जना र १६ देखि २३ महिनाको बालबालिका १ सय २२ जनाले पुणर्खोप लगाइसकेकाको गाउँपालिकाले जनाएको छ ।

खोप कार्यक्रम लागू भय यता नेपालको जनसंख्या तिब्र वृद्धिदर घटेको र बालबालिकाहरु अपाङ्ग हुनबाट जोगिएको विभिन्न खालका सरुवा रोगबाट हुनसक्ने मृत्युुदर नियन्त्रण भएको जानकारी वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । कोभिड १९ कोरोना रोग नियन्त्रणको लागि कोभिसिल्ड खोपले कोरनाबाट मृत्यु नहुन सक्ने कुरामा जोड दिनुपर्ने पन्तले बताए ।

विज्ञापन

कार्यक्रममा स्वागत मन्तव्य तथा प्रतिवेदन प्रस्तुत रविन्द्र बहादुर शाहीले गरेका थिए । कार्यक्रम सञ्चालन फूलमाया उपाध्यायले गरेको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताए । कार्यक्रमको जगन्नाथ गाउँपालिका उपाध्यक्ष एैना गिरिको अध्यक्षतामा संचालन गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्त विशिष्ट अथिति जुड्डि प्रहरी चौकी प्रमुख प्रहरी नायब निणर्क्षक बिरसिहँ ठगुन्ना, दस सैया अस्पताल जगन्नाथको प्रमुख डा.जस्मिता बलमपाकी लगाएत ६ वटै वडाका वडा अध्यक्षहरु अतिथि रहेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार