होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा चितुवाको छाला सहित २ जना पक्राउ
समाचार

बाजुरामा चितुवाको छाला सहित २ जना पक्राउ

  • नागरिक रैबार
बाजुरामा चितुवाको छाला सहित २ जना पक्राउ

१२ वैशाख, बाजुरा । बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा नम्मर ९ बाट चितुवाको छाला सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा त्रिबेणी नगरपालिका ९ का बर्ष ६० मानसिहं थापा र बर्ष २६ का तुलाराम शार्की रहेकाे पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

उनीहरुले चितुवा मारेर हड्डी दातँ र छाला बिक्रीका लागि भनेर राखेको अबस्थामा बिषेश सुराकीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक  महराले पत्रकार सम्मेल मार्फत जानकारी दिएका छन ।

सुराकीका आधारमा जिल्लाबाट गएको प्रहरीको टोलीले पक्राउ गरी  थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा रहेका छन भने उनीहरूबाट बरामत गरिएका १ थाज छाला ३ थान दातँ दुइटा खुट्टा र १ थान टाउकाे देखी अस्थिरपन्चर १ थान  बरामत गरिएकाे छ ।सबै जिल्ला बन डिभिजन कार्यालय बाजुरालाई बुझाएकाे छ।  उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार