होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री ओलीमा मनमोहनको जस्तो गुण नभएको नेता नेपालको आरोप
राजनीति

प्रधानमन्त्री ओलीमा मनमोहनको जस्तो गुण नभएको नेता नेपालको आरोप

  • नागरिक रैबार
प्रधानमन्त्री ओलीमा मनमोहनको जस्तो गुण नभएको नेता नेपालको आरोप

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शालीन र बौद्धिक व्यक्तित्व मनमोहन अधिकारीले जीवनभर सादा जीवन र उच्च विचार अंगिकार गरेको स्मरण गरेका छन् ।

नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको १ औं स्मृति दिवसको अवसरमा उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीमा त्यस्तो गुण नभएको आरोप लगाएका छन् ।

नेपालले आफ्ना नेता तथा कार्यकर्तालाई एमाले एकतामा लाग्न अपिल गरेका छन् ।

विज्ञापन

उनले अहिले कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्नु पर्ने समय रहेको भन्दै यस्तो अपिल गरेका हुन् ।

‘मनमोहन स्मृति दिवसका अवसरमा उहाँले राष्ट्रिय स्वाधीनता, कम्युनिष्ट एकता र देश विकासमा पुर्‍याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्ता र शुभेच्छुकहरूमा हार्दिक आह्वान गर्दछु’, उनले भनेका छन् ।

उनले कम्युनिष्ट सरकारबाट विकृति विसंगतिहरूलाई प्रश्रय दिने काम हुनु र सामान्य किसान र गरिब परिवारले राहतको महसुस गर्न नपाउदा स्वर्गीय अधिकारीको अभाव झनै खड्किएको महशुस गरेको उल्लेख गरेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार