होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सत्तारूढ एमालेको आन्तरिक विवाद समाधानका उपाय खोज्ने क्रममा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गतिविधि नगरी मौन बस्ने सहमति भएको छ। विवाद मिलाउन निरन्तर वार्तामा जुटेका ओली र नेपाल पक्षका नेताहरूबीच यस्तो सहमति भएको हो। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा सहमति र एकताका लागि विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नै […]
नागरिक रैबार /बाजुरा २४ असार । कृषि ज्ञान केन्द्र बाजुरा र बडिमालिका नगरपालिकाका वडा कार्यालयहरूकाे समन्वयमा बाजुरामा २५ वटा वाँदर धपाउने यन्त्र वितरण गरिएकाे छ । वडिमालिका नगरपालिकामा वडा नं ३ मा १० वटा, वडा नं ५ मा ४ वटा, वडा नं २ मा ५ वटा, वडा नं ८ मा २ वटा र ज्ञान केन्द्र […]
काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद समाधानका लागि कार्यदलले आज ‘निर्णायक’ वार्ता गर्ने भएको छ । विवाद समाधानका लागि आज पनि सिंहदरबारमा बैठक बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।कार्यदल सदस्य प्रदीप ज्ञवालीले यसअघि हिजोको छलफल निष्कर्षउन्मुख भएको र आज टुंगोमा पुग्ने बताए । बुधबार विवाद समाधान गर्न गठित उच्चस्तरीय […]
नागरिक रैबार/बाजुरा २४ असार। गएराति अविरल वर्षासंगै गुईगाड खोलामा आएको बाढीले बुढीगंगा नदि थुनिएर सेरावगरमा ताल परेपछि आसपासका क्षेत्र जोखिम्मा परेका छन् । बुधबार राति गईगाड खोलामा आएको बाढीले बुढीगंगा नदिलाई सेरावगरमा थुनेर ताल परेको स्थानीय भरत बुढाले बताएका छन् । सेराबगरमा ताल थुनिएपछि फालासेन, ताँप्रीसेरा, बाम्का बजार र साँफेवगरमा रहेका बस्तीहरु उच्च जोखिम्मा परेका […]
नागरिक रैबार/बाजुरा २४ असार।बाजुरामा नेपाल कम्युनिष्ट पार्टी बिप्लव समुहका १६ जना कार्यकर्ता रिहा भएका छन । २० महिना अगाडी जिल्लाको गौमुल गाउँपालिकाबाट गिरप्तार भएका नेकपाका नेता तथा कार्यकर्ताहरु मंगलबार जिल्ला अदालतको आदेश पछि रिहा भएका हुन । बुधबार रिहा भएका १६ जना मध्य दुई जना भने पुन गिरप्तार गरी अछाम पुर्याएको नेकपा जिल्ला कमिटी सचिव […]
बाजुरा । वर्षाका बेला विभिन्न बहाना बनाएर ठेकेदारले ढुवानी नगरेपछि, बाजुरा जिल्लाको हिमाली क्षेत्रमा खाद्यान्न अभाव भएको छ । हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा ठेकेदारले सम्झौता भएको वर्ष दिनसम्म पनि चामल ढुवानी नगर्दा महिना दिनदेखि चरम खाद्य संकट भएको हिमाली गाउँपालिका–३ का वडा अध्यक्ष धनलाल रोकायाले बताए । अनुदानको चामल ढुवानी नभएपछि हिमाली गाउँपालिका १, […]
नागरिक रैबार/बाजुरा २२ असार। जिल्लाको बुढिनन्दा नगरपालिकाका १० वटै वडामा अबदेखि वडाका न्यायिक मुद्धा हेर्न सजिलो हुने भएको छ । सोमबार नगरपालिकाको न्यायिक समितिले मेलमिलापकर्ताहरुलाई कार्य सम्पादन तथा न्यायिक प्रकृया सम्बन्धी प्रशिक्षण गरेपछि अव वडामै न्यायिक मुद्धाहरु सम्पादन गर्न सजिलो हुने भएको हो । नगरपालिकाको न्यायिक समितिले वडा नं १ देखी १० का वडा अध्यक्ष […]
नागरिक रैबार/बाजुरा २२ असार। बडीमालिका नगरपालिका वडा नं. ९ मा एकदिने अपाङ्गता सम्वन्धि अन्तरक्रिया गोष्ठी संचालन गरिएको छ ।बडीमालिका नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला अपाङ्ग कल्याण सेवा संघ बाजुराको आयोजनामा उक्त गोष्ठी संचालन गरिएको हो । गोष्ठीमा वडा नं. ९ का अपाङ्गता भएका व्यक्तिहरुको डाटा संकलन र उनीहरुको अवस्थाका बारेमा जानकारी गरिएको गोष्ठीका प्रशिक्षक विरेन्द्र […]
धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको वनहरा शिविर छ । उक्त शिविरमा ४० मुक्त हलिया परिवार बस्दै आएका छन् । बैतडी, बझाङ, बाजुरा, अछाम, दार्चुला, डडेल्धुरा लगायत जिल्लाबाट बसाइँ सरेर आएका उनीहरू २०५८ सालदेखि सो शिविरमा बस्दै आएका छन् । कतिपय २०६५ देखि २०६८ सालको बीचमा त्यहाँ आएर बस्न थालेको बताउँछन् । […]
नागरिक रैबार/बाजुरा २२ असार । बाजुराको त्रिवेणी नगरपालिका-४ का ४१ वर्षिया शारिरीक रुपमा असक्त टेक साउँदलाई बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले उनको घरमै पुगेर नागरिकताको प्रमाण पत्र प्रदान गरेका छन् । साउँदको शारिरीक अवस्थाले नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय बाजुरा जान समस्या भएपछि उनलाई घरमै पुगेर सहायक प्रजिअ भण्डारीले नागरिकता प्रदान गरेको बताईएको […]
नागरिक रैबार/बाजुरा २१ असार। बडीमालिका नगरपालिका ९ को सेलाघाट बस्तीमा एक घर एक धारा निर्माण गरिएका छन् ।बडीमालिका नगरपालिका र युनिसेफ नेपालको वास कार्यक्रमको सहयोगमा उक्त बस्तीका २५ घर धुरीका लागि एक एक एक धारा निर्माण गरिएका हुन् । बडीमालिका नगरपालिका भित्र एक घर एक धारा अवधारणा अनुसार उक्त बस्तीमा मिटरसहितका धारा निर्माण गरिएको युनिसेफका […]
बाजुरा — गाउँमुनिबाट खनेको सडकले बस्ती भासिएपछि बाजुराको दुर्गम हिमाली गाउँपालिकाका दुई गाउँका १ सय ३७ परिवार विस्थापित भएका छन् । १६ दिनदेखि जंगलमा बसिरहेका उनीहरू कन्दमूलले छाक टार्दै ओडार र रूखको ओत लागेर रात काटिरहेका छन् ।हिमाली–४ को फैती गाउँका ४० र वडा ५ को क्युडीका ९७ परिवार बिचल्ली परेका हुन् । सडक खनेपछि पहिरोले भासिएको बाजुराको हिमाली […]
जीवन कैला/काेल्टी २१ बाजुरा। बाजुराको कोल्टीमा अाईतबार साँझ केपी ओली सरकार विरुद्ध राके जुलुस सहित युवाहरू सडकमा ओर्लीएका छन । अहिले सरकारको नेतृत्व गरिरहेका केपी आलीले संविधानको उलंघन गर्दै अराजक शैलीमा देशमा शासन गरिरहेको भन्दै बाजुराकाे काेल्टीमा युवाहरुले केपीओलीको पुत्ला दहन समेत गरेका हुन । विभिन्न राजनैतिक दलका भातृसंघहरुले आईतबार साँझ कोल्टी बजारमा केपीओली सरकारको […]
नागरिक रैबार/बाजुरा २० असार। बडीमालिका नगरपालिका वडा ९ को अनाईको दलित बस्ती पूरै बाढी र पहिरोको उच्च जोखिम्मा परेको छ । मार्तडी-कोल्टी सडक निर्माण गर्दा सडक निर्माण कम्पनिले जथाभावि डोजर लगाएर सडक खनेपछि सो दलित बस्तीका स्थानीयहरु रातभर जागाराम बस्दै आएका छन् । निरन्तरको वर्षा त्यसै माथि जथाभावी सडक निर्माण र अनाई खोलामा आउने बाढीले […]
नागरिक रैबार/बाजुरा २० असार। बुढीगंगा नगरपालिकाको ब्रह्मतोलामा संचालन गरिएको जेष्ठ नागरिक शिविरमा म्याद नाघेको औषधी वितरण गरेको पाइएको छ । शनिबार नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नं २ र ३ वडाको समन्वय सञ्चालन भएकाे शिबिरमा म्याद सकिएकाे औषधी वितरण पाइएकाे हाे । ब्रह्मतोला स्वास्थ्य चौकीको सहजीकरणमा गरिएको जेष्ठ नागरिक स्वास्थ्य शिविरमा उपचारमा गएका जेष्ठ नागरिक […]
सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहमति कार्यान्वयन हुन ढिलाइ भएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेको छ । गत फागुन २१ गते विप्लव समूह र ओली नेतृत्वको सरकारबीच भएको तीन बुँदे सहमतिअनुसार आफ्नो नेता कार्यकर्ताको रिहाइमा ढिलाइ भएको भन्दै विप्लव समूह असन्तुष्ट बनेको हो […]
नागरिक रैबार/बाजुरा १९ असार। बाजुराको सदरमुकाम मार्तडीमा खानेपानी अभाव भएको छ। एक महिनासम्म पनि धारामा पानी नआएपछि सदरमुकामका विद्यार्थी तथा होटेल व्यवसायीहरुलाई समस्या भएको छ। मार्तडी बजारमा कुनै ठाउँमा पानी आउने त कुनै ठाउँमा पानी नै नआउन थालेपछि आधा घण्टा हिँडेर थापाबाडा र बाहुली गएर खानेपानी ल्याउनु पर्ने वाध्यता सिर्जना भएको छ। पानी नआएपछि विद्युत […]
अविरल वर्षापछिको पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग अवरुद्ध भएको छ । बिहीबारदेखि लगातार परिरहेको वर्षाका कारण मकवानपुरको विभिन्न स्थानमा पहिरो खसेपछि हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग अवरुद्ध भएको हो । हेटौंडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथ अन्र्तगतको हेटौंडा–भैसे–पालुङ–नौबिसे काठमाडौं सडक खण्डको भीमफेदी गाउँपालिका वडा नम्बर–१ बाघझोरामा बाढीका कारण सडकमा अवरोध भएको छ भने भिमफेदी–९ अघोर, थाहा […]
देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुको साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले माधव नेपाललाई फोन गर्दा पनि बेवास्ता गरेको गुनासो गरेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै ओलीले बिहीबार आफूले नेपाललाई फोन गरेको जानकारी दिएका हुन् । ‘हिजो मैले माधव नेपाललाई फोन गरेँ । भेटौँ, पार्टी एकताका लागि कुरा गरौँ भनेँ । तर, उहाँले भेट्न मान्नुभएन,’ उनले भने, […]