होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कुलमानविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा
समाचार

कुलमानविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

  • नागरिक रैबार
कुलमानविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा परेको छ । मंगलबार सर्वोच्च अदालतले तोकेको पेसी सूचीमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिट निवेदन प्रधानन्यायाधीश राणाको इजलासमा राखिएको हो ।

शाक्यले आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई गरिएको नियुक्ति गैरकानुनी रहेको भन्दै बदरको माग गरेका छन् । यसअघि भएको सुनुवाइमा इजलासले दुवैको नियुक्ति सम्बन्धी आवश्यक दस्तावेजहरू झिकाएको थियो ।

सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गर्दै प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्त गरेको थियो ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार