होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/ बाजुरा १४ असाेज। नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा सम्पन्न भएकाे निर्वाचनको मतगणना सूरू भएकाे छ । विहिबार प्रदेश सभा (ख) मा भएकाे निर्वाचनमा ७ सय २५ मत खसेकाे थियाे । निर्वाचनको मतगणना अहिले ११:१५ बजेबाट सूरू भएकाे निर्वाचन अधिकृत भरत शाहले बताएका छन् । उहाँका अनुसार मतपरिणाम भाेलि विहानसम्ममा सार्वजनिक […]
राजेन्द्र बिक/बाजुरा १४असोज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिती बाजुराको प्रथम बिस्तारित बैठक मार्तडीमा शुरु भएको छ।माओवादी केन्द्र बाजुराका सचिव रमेश बिक को अध्यक्षतामा संचालन भएको बैठकमा जिल्ला इन्चार्ज कर्णबहादुर बिक (केशव) प्रमुख अतिथि रहेका थिय भने प्रदेश कमिटी सदस्य देबिचन्द्र बुढा दिपक र कमलकुमारी शाह बिशिस्ट अतिथिका रुपमा रहेका थिय।बडिमालिका नगरपालिकाको […]
नागरिक रैबार/बाजुरा १३ असोज। प्रदेश सभा (ख) मा बन्ने १४ जनाको कार्य समितिका लागि ३९ जनाको उम्मेदवारी परेको छ । जसमा सभापति २ जना, उपसभापति ६ जना, सचिव ४ जना, सहसचिव ४ जना र प्रदेश अधिवेशन प्रतिनिधि (प्रत्येक्ष खुला) का लागि २३ जना रहेका छन् । त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को प्रत्येक्ष प्रदेश […]
नागरिक रैबार/बाजुरा १३ असोज।नेपाली काँँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को प्रदेश कार्य समितिको सभापतिमा बुढीगंगा नगरपालिकाका-४ का रंग खाति र गौमुल गाउँपालिका-३ का देवबहादुर रोकाया भिड्ने भएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को प्रदेश कार्य समितिको सभापतिका लागि पौडेल पक्षधरबाट रोकाया र देउवा पक्षधरबाट खातीले उम्मेदवारी दर्ता गराएको नेपाली काँग्रेस श्रोतले बताएको […]
नागरिक रैबार/बाजुरा १३ असोज। बाजुराको सदरमुकाम मार्तडीसम्मको राजमार्ग बल्दे-दवारी सडकमा खसेको पहिरोका कारण पाँच महिनादेखि अवरुद्ध भएको सडक संचालनमा आएको छ । जिल्लाको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग सडक बल्दे दवारीको पहिरोकै कारण गएको जेठ अन्तिम साताबाट अवरुद्ध बनेको थियो । पाँच महिनादेखि सडकमा निरन्तर खसेको पहिरोकै कारण जिल्लाको सदरमुकाम मार्तडी लगायतका क्षेत्रमा खाद्यन्न ढुवानी […]
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारले दसैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारी समेत दिए । विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने […]
दुई दिनपछि सुरु हुने नेकपा एमालेको विधान महाधिवेशनको खाद्य व्यवस्थापनका लागि टेण्डर आह्वान भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा असोज १५ देखि १७ सम्म तीन दिन चल्ने महाधिवेशनमा सहभागी प्रतिनिधिलाई तीन दिनका लागि बिहानको खाना र दिउँसोको खाजाका लागि टेण्डर आह्वान गरिएको हो । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ५ हजार प्रतिनिधिका […]
नागरिक रैबार/बाजुरा १२ असोज । नेपाली काँग्रेस बाजुराका ९ वटै स्थानीय तहमा पालिकाहरुको अधिवेशन गत शनिवार बाट सूर भएर आज मंगलबार सम्पन्न भएको छ । पालिका स्तरमा भएको अधिवेशनबाट बुढिनन्दामा डबल बहादुर खड्का, हिमालीमा अम्मलाल कार्की, जगन्नाथमा सुन्दर बहादुर बिष्ट, स्वामिकार्तिक खापर महेश कट्टेल, गौमुल राज बहादुर धामी, बुढीगंगा जयराज उपाध्याय खप्तड क्षेडेदहमा हर्क बहादुर […]
नागरिक रैबार/बाजुरा १२ असोज। बाजुरालाई फुटबलका माध्यमबाट राष्ट्रव्यापी रुपमा परिचित गराई राष्ट्रिय एकतालाई खेल मार्फत मजवुत बनाउने उद्देश्यका साथ बाजुराको क्षेडेदह गाउँपालिकामा क्षेडेदह तेस्रो खुला फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । हरेक वर्षको दशैं तिहार विशेष खेल पर्व, खेल क्षेत्रको विकास र प्रर्वद्धन हाम्रो गौरभ भन्ने मुल नाराका साथ क्षेडेदह गाउँपालिकाको वडा नं. ७ […]
नागरिक रैबार/बाजुरा १२ असोज। नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिको सभापतिमा गोपाल कार्की चयन भएका छन् । त्यस्तै वरिष्ठ उपसभापतिमा खड्क बडुवाल (अभिनास) श्रीचन्द्र पाध्याय, सचिवमा कणर्बहादुर रावल र धनलाल खड्का रहेका छन । नगर सभापतिका आकांक्षीहरुले एकले अर्कोलाई सहमति नगर्दा बडीमालिकाको कार्यसमिति चयनमा ढिलाई भएको थियो । गत शनिबारबाट सूरु भएको बडीमालिकाको दोस्रो नगर अधिवेशनमा […]
१२ असोज, बागलुङ । पवित्रा विश्वकर्माकामा दुईवटा भैँसी छन् । लैनोमा तिनले पुगेसरी दूध दिन्छन् । दुःखजिलो गरेर पालेका भैँसीको दूध बेच्न भने उनले पाउँदिनन् । “दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्”, ४३ वर्षीया विश्वकर्माले दुःखेसो पोखिन् । उनको थातथलो रहेको बागलुङ नगरपालिका-७ कालिमाटी दलित बाहुल्य बस्ती हो […]
नागरिक रैबार/बाजुरा ११ असोज । काँग्रेस बडीमालिकामा नगर सभापतिका लागि ५ जना उम्मेदवारहरुवीच सहमति नभएपछि नगर कार्यसमितिको नेतृत्व चयन अझै हुन सकेको छैन् । शनिबारबाट सूरु भएको काँग्रेस बडीमालिका दोस्रो अधिवेशन उद्धघाटन भएको ३ दिन वित्न लाग्दा समेत अहिले सम्म नेतृत्व चयन हुन नसकेको हो । जिल्ला भरका ९ वटा पालिका मध्ये ६ वटामा सर्वसम्मत […]
नागरिक रैबार/बाजुरा ११ असोज । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी बाजुराको बैठक यही असोज १४ गते मार्तडीमा बस्ने भएको छ ।आज एक पत्र सार्वजनिक गर्दै माओवादी केन्द्रको बैठक बस्ने बारे जानकारी गराएकाे हो । बैठकमा जिल्ला कमिटीका सदस्य, जनवग्रीय संगठनका केन्द्रिय सदस्यहरु, सुदूरपश्चिम प्रदेशका जनवग्रीय संगठनका सदस्यहरु, गाउँनगर कमिटिका अध्यक्ष, सचिव, कार्यालय सदस्यहरु, जनवग्रीय संगठनका […]
नागरिक रैबार/बाजुरा ११ असोज। जिल्लाको बुढीनन्दा नगरपालिका र जगनाथ गाउँपालिकाका एक-एक जनामा कोरोना पुष्टि भएको छ । सोमबार बुढीगंगा नगरपालिकाको डाव बजारमा काठमाण्डाैबाट घर आएका २ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । उनका अनुसार पोजेटिभ देखिएकामध्ये जगनाथ २ का उमेर २६ काे […]
नागरिक रैबार/बाजुरा ११ असोज। नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिमा सभापतिका आकांक्षीहरुले एकले अर्कोलाई सहमति नगरेपछि निर्वाचन हुने भएको छ । नगर सभापतिका लागि धनलाल पाध्याय, गोपाल कार्की, जनक थापा, खडक बडुवाल र पदम बडुवाल आकांक्षी रहेका छन् । शनिवारबाट सूरु भएको बडीमालिकाको दोस्रो नगर अधिवेशनमा सभापतिका आकांक्षीहरु विच सहमति नभएपछि निर्वाचन प्रक्रियामा गएको निर्वाचन अधिकृत […]
बाजुराको कोल्टी पिलुचौर सडक खण्डको मटेला नजिक बाटो अवरुद्ध भएको करिव दुई साता पुग्दा पनि मर्मत नभए पछि आवत जावत गर्ने यात्रुलाई सास्ती भएको छ । मटेलाको घुम्ती नजिक कुलाको पानी थुनिएर बाटो अवरुद्ध भएको करिव दुई साता पुग्न लाग्दा पनि बाटो नवने पछि कोल्टी बजार क्षेत्रमा आवात जावत गर्ने यात्रुले सास्ती भोग्नु परेको हो […]
नेपाली काँग्रेस त्रिबेणी नगर कार्य समितिको सभापतिमा सुरेन्द्र राज गिरी विजयी भएका छन् । नगर सभापतिका लागि पौडेल समूहबाट सुरेन्द्रराज गिरी र देउवा पक्षबाट गम्भीरसिहं बुढा बिच सहमती नभए पछि मतदान भएको थियोे । कडा प्रतिष्पर्दाका बाबजुत पौडेल पक्षका गिरीले ८० मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिद्धन्दि बुढाले ६९ मत ल्याएर पराजित भएका […]
काठमाडौं– दसैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ । राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागीर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । अहिले नयाँ बसपार्कमा टिकट लिने यात्रुको चाप देखिन्छ । एक निजी कलेजमा अध्ययनरत धनगढीका […]
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । तुलसीलाल अमात्य प्रतिष्ठान ललितपुरमा ११ बजे बस्ने बैठकमा १० बुँदे सहमति कार्यान्वयनमा भइरहेको प्रगति, विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधि लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सहमति भए पनि उक्त सहमति कार्यान्वयन नभएको भन्दै सुदूरपश्चिम लगायतका केही स्थानमा […]
नागरिक रैबार/बाजुरा १० असोज । बाजुराको त्रिबेणी नगरपालिका वडा नं. ४ को वडा कार्यालयमा स्थानीय सेवा ग्राहीहरुले आईतबार तालाबन्दी गरेका छन् । वडाका सबै कर्मचारीहरु नेपाली काँग्रेस त्रिवेणी नगरपालिकाको नगर अधिबेशनमा गएपछि वडाबाट हुने कामहरु प्रभाबित भएको भन्दै वडा कार्यालय तालावन्दी गर्न बाध्य भएको स्थानीय कृष्ण साउँदले बताएका छन् । आइतबार बिहान १० बजे वडामा […]