होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२० पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको संघारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५७ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा तथा पदस्थापनको यो सूचीमा अतिरिक्त समूहमा रहेका २५ उपसचिवहरुसमेत छन् । राष्ट्रिय दलित आयोगका जयबहादुर खड्का क्षेत्री र चाँगुनारायण नगरपालिका भक्तपुरका अग्नि प्रसाद अधिकारीलाई मन्त्रालय तानेर अतिरिक्त समूहमा राखिएको छ । […]
डोटी । मुलुकका तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन सम्पन्न गरेका छन् । महाधिवेशनबाट सुदूरपश्चिमका यी तीन दलबाट ७७ जना केन्द्रीय समितिमा पुगेका छन् । आइतबार मात्रै काठमाडौंमा आठौं महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रको केन्द्रीय कमिटीमा सुदूरपश्चिमबाट २७ जना समेटिएका छन् । २९९ सदस्यीय केन्द्रीय समिति बनाउने वैधानिक व्यवस्था […]
सत्तारुढ गठबन्धन दलले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारीको बाँडफाँट गरेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा सोमबार बसेको बैठकमा राष्ट्रियसभाका रिक्त १९ सदस्य पदमा मिलेर उम्मेदवारी दिने सहमति भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकमा रिक्त १९ सिटमध्ये जुन पार्टीबाट सदस्य पद रिक्त […]
नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। कमलादीस्थित प्रज्ञा भवनमा आज सम्पन्न महाधिवशेनले विभिन्न क्लस्टरसहित पहिलो चरणमा २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको नामलाई ध्वनी मतका आधारमा निर्वाचित गरिएको हो। कैलालीका ५ जना, डडेल्धुराका ४, बझाङका तीन, कञ्चनपुरका तीन, दार्चुला दुई, […]
नागरिक रैबार/बाजुरा १८ पुस। सदरमुकाम मार्तडीमा खेलमैदान निर्माणका लागि उपयुक्त जग्गाको सम्भाव्यता अध्ययन गर्न बनाएको टोलीले जग्गाको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । बडीमालिका नगरपालिकाले मार्तडीभित्र खेलमैदानका लागि उपयुक्त जग्गाको अध्ययन गर्न बनाएको सम्भाव्यता अध्ययन टोलीले बाउली र गणखेतमा रहेको जग्गाको सम्भाव्यता अध्ययन गरेको थियो । मार्तडीमा खेलमैदानका लागि जग्गाको सम्भावित अध्ययन गर्न बडीमालिका […]
नागरिक रैबार/बाजुरा १८ पुस नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनका लागि जिल्लाका ६९ वटै वडाबाट सर्वसम्मत प्रतिनिधी छनोट भएका छन् । पार्टीको संगठीत सदस्य संख्याको आधारमा जिल्लाका ६९ वटै वडाबाट जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधीहरु सर्वसम्मत छनोट गरिएको एमाले बाजुराले जनाएको छ । एमाले बाजुराका अनुसार ५० जना बराबर १ खुला, ३५ जना बराबर १ […]
नागरिक रैबार/बाजुरा १७ पुस। राष्ट्रिय सभा निर्वाचनको लागि सुदूरपश्चिम प्रदेशबाट एमालेका तर्फबाट बाजुराका नेता काँशी विक सिफारिस भएका छन् । सुदूरपश्चिम प्रदेशबाट एमालेको तर्फबाट बाजुराका नेता काँशी विकसहित ९ जनाको नाम सिफारिस भएको छ । खुल्ला, महिला र दलित कोटाबाट ९ जनाको नाम सिफारिस भएको एमाले सुदूरपश्चिम सचिव धर्मराज पाठकले बताएका छन् । उनका अनुसार […]
नागरिक रैबार/बाजुरा १६ पुस। बाजुरा सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा जंग विक चयन भएका छन् । बाजुरा सामुदायिक सिकाई केन्द्र बाजुराको तेस्रो जिल्ला अधिबेशनबाट विक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । सिकाई केन्द्रका निबर्तमान अध्यक्ष प्रेम बिकको अध्यक्षतामा शुक्रबार संचालन भएको अधिबेशनले निबर्तमान सचिव जंग बिकलाई अध्यक्षमा सर्बसम्बत चयन गरेको हो । अधिवेशनबाट वरिष्ठ उपाअध्यक्षमा लक्ष्मीराज […]
नागरिक रैबार/बाजुरा १६ पुुुस।जिल्लाको बडीमालिका नगरपालिका ९ का प्रेम थापा बेपत्ता भएका छन् । बाजुराको बडीमालिका ९ घर भई हाल धनगढी बस्दै आएका ४२ वर्षिया थापा बेपत्ता भएका हुन् । थापा घरबाट एक जोड लुगा र मोबाइल बाहेक केहि नलिइ सम्पर्क विहिन भएको उनकी श्रीमति गंगा थापाले बताएकि छन् । थापाकी श्रीमतिका अनुसार पुस १२ […]
नागरिक रैबार/बाजुरा १६ पुस। सुदूरपश्चिम प्रदेश सरकारले बाजुरासहित तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको छ। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार आइतबार बाजुरा, अछाम र बझाङ गरि तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको हो। पुस १८ गते आइतबार परेको भुवा पर्वको अवसरमा बिदा दिइएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका […]
नागरिक रैबार/बाजुरा १५ पुस। जिल्लाको बुढीगंगा नगरपालिकामा २ दिने निःशुल्क आँखा शिविर संचालन गरिने भएको छ । बुढीगंगा नगरपालिका स्वास्थ्य शाखा र गेटा आँखा अस्पताल कैलालीको सयुक्त आयोजनामा यही पुस २८ र २९ गतेका दिन टाँटे स्वास्थ्य चौकीमा शिविर संचालन हुने बुढीगंगगाका स्वास्थ्य संयोजक दिपक शाहले बताएका छन् । शिविरमा आँखा उपचारमा आउने विरामीहरुको मोतिया […]
नागरिक रैबार/बाजुरा १५ पुस।जिल्लाको सदरमुकाम मार्तडीमा सुविधा सम्पन्न खेलमैदान निर्माणका लागि बडीमालिका नगरपालिकाले जग्गा छनोट गर्न लागिरहेको छ । जिल्लाका खेलाडीहरुलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश सरकारले सदरमुकाम मार्तडीमा खेलमैदान निर्माणका लागि २ करोड रकम विनियोजन गरेको छ । सदरमुकाम मार्तडीमा खेलमैदान निर्माण गर्न बडीमालिका नगरपालिकाले उपयुक्त ठाउँमा मैदान बनाउने गरी जग्गाको सम्भावित अध्ययन गरिरहेको छ […]
म्याग्दी । दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ । मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । ‘हिमपातले गाउँ सञ्चारविहीन भएको छ, मौसम सफा भएपछि मर्मतकार्य हुन्छ,’ अध्यक्ष छन्त्यालले भने । त्यसैगरी […]
काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ ।अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका तीन महीनाको […]
नागरिक रैबार/बाजुरा १४ पुस। बाजुरामा बर्षाका कारण पहिरोले साफे मार्तडी अबरुद्ध मंगलबार देखि सुरु भएको बर्षाले पहिरो जादा बर्षाका कारण पहिरोले साफे मार्तडी अबरुद्ध रुपमा रहेको मुख्य राजमार्ग साफे मार्तडी सडक अबरुद्ध भएको छ । हिमपात संगै बर्षाका कारण बल्देमा पहिरो जादा बाजुराको यातायात अबरोध भएको छ । त्यसै गरी हिमपातका मार्तडी कोल्टी सडक पनि […]
कर्णालीका हिमाली जिल्लाहरुमा हिमपात भएको छ भने पहाडी जिल्लाहरुमा सिमसिमे वर्षा भइरहेको छ । हिमपात र वर्षाका कारण चिसो अत्यधिक बढेपछि नागरिकको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका अनुसार हुम्लाको सदरमुकाम सिमीकोटमा १ फिट जति हिमपात भएको छ । लगातारको भारी हिमपातले सिमीकोटदेखि उत्तर क्षेत्रका बासिन्दाहरूलाई घरबाट बाहिर निस्कनै समस्या […]
केही दिनयता मौसमको परिवर्तन भएसँगै मनाङमा हिमपात भएको छ । हिमपात भइरहँदा चिसो बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । चिसो बढेसँगै सतर्कता अपनाउन र कुनै पनि समस्या परेमा प्रशासन कार्यालय तथा सुरक्षा निकायमा सम्पर्क गर्नुहुन स्थानीयवासीमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । उनका अनुसार जिल्लावासी धेरै जाडो छल्न […]
नागरिक रैबार/बाजुरा १३ पुस।जिल्लाको गौमुल गाउँपालिकामा एक दिने वृहत कृषि तथा खाद्य मेला कार्यक्रम साेमबार सम्पन्न भएको छ । गौमुल गाउँपालिकाको कृषि विकास शाखाको आयोजना र कृषि ज्ञान केन्द्र बाजुरासहित विभिन्न संघसंस्थाको सहयोग तथा समन्वयमा उक्त एकदिने कृषि तथा खाद्य मेला कार्यक्रम सम्पन्न भएको हो । आत्मनिर्भर जनता गौमुल समृद्धिको आधार, शिक्षा स्वास्थ्यमा सुधार, जडीवुटि […]
नागरिक रैबार बाजुरा १२ पुस । बाजुरा जिल्ला खप्तड छेडेदह गाउँपालिका ७ सुर्खा बजारमा रहेकाे एक पसलमा आगलागी हुदा केहि नगद सहित करोडौंको सामान जलेर नष्ट भएको छ । पसल आगलागी हुनेमा खप्तड छेडेदह गाउँपालिका ओलि गाउँकै स्थानीय बासी अंग ओली रहेकाे स्थानीय बासिले जानकारी दिएका छन्। पसलमा आगलागी आइतबार साझ करिव ९:३० मा रहेको […]
पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर फैलने क्रममा रहेको छ । सोमबार देशको पहाडी तथा हिमाली भू-भागहरूमा सामान्य देखि पूर्णतया बदली र तराईका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । मंगलबार र […]