होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/ बाजुरा ७ बैशाख । राष्ट्रिय बाणिज्य बैक बाजुरा शाखाले एटिएम सेवा सूरु गरेको छ । जिल्लाकै पहिलो बैंकका रुपमा स्थापित रावाबैंक बाजुरा शाखाले आजबाट ग्राहकहरुका लागि एटिएम सेवा संचालन गरेको । जिल्लामा पछिल्लो समय स्थापना भएका अन्य बैंकहरुले एटिएम सेवा संचालन गरेका भएपनि रावाबैंकले भने धेरै समयपछि एटिएम सेवा सुरु गरेको हो । […]
वीरगञ्ज । महोत्तरीको गौरीडाँडाका युवाहरुले ‘नो लालपुर्जा, नो भोट’ अभियान सञ्चालन गरेका छन् । गौरीडाँडामा लामो समयदेखि बसोबास गर्दै आए पनि लालपुर्जा नपाएको भन्दै उनीहरुले त्यस्तो अभियान सञ्चालन गरेका हुन् । निर्वाचनको समयमा ऐलानी जमिनमा बसोबास गर्दै आएका गौरीडाँडाका बासिन्दाहरुलाई लालपु्र्जा दिने आश्वासन दिएर नेता बन्ने तर जितेपछि बिर्सिने परिपाटी देखिएकाले आफूहरु जागरुक भएको युवाहरुले […]
बेनी: यही वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा म्याग्दीमा पहिलो पटक संस्कृति विषयतर्फबाट विद्यार्थी सहभागी हुने भएका छन्। बेनी नगरपालिका–९ गलेश्वरस्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट नौ जनाले एसइईमा सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो । यस विद्यालयमा संस्कृत बिषयसमेतमा अध्यापन हुँदै आएको छ। यसैगरी उज्यालो […]
आगामी शुक्रबार सुरु हुन लागेको एसईई परीक्षाको सम्पूर्ण तयारी बाजुरामा पूरा भएको छ । यसपटक बाजुराबाट तीन हजार दुई सय ६६ परीक्षार्थी एसईईमा सहभागी हुने भएका छन् । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी ९ वैशाखदेखि देशभर सञ्चालन हुँदैछ । शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण […]
कञ्चनपुर– जङ्गली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पुर्याउन थालेपछि साइरन जडान गरिएको हो । “बस्ती नजिकै हात्ती देख्ने बित्तिकै जडान गरिएको साइरनको स्विच थिचेर ठूलो आवाज निकालिन्छ,” बैजनाथ सामुदायिक संस्थाका अध्यक्ष बहादुर सिंह महराले भने “आवाज सुनेपछि […]
धनगढी : कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका अछामका एक बालकको शव फेला परेको छ। जिल्लाको पन्चदेवल विनायक नगरपालिका-८ का गोपाल जैशीका ६ वर्षीय छोरा अभिषेक जैशीको शव फेला परेको प्रहरीले बताएको छ। त्यस्तै, सोही ठाउँका रामप्रसाद जैशीका ११ वर्षीय छोरा विराज जैशी पनि नदीमा बेपत्ता भएका छन्। सोमबार अभिषेक र विराज नदीमा […]
काठमाडौं । सरकारले आजदेखि देशरभर देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।७५३ वटा पालिकाबाट वैशाख आज र भोलि (बुधबार) राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार […]
काठमाडौंः भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले देशका उत्तरपूर्वी राज्यकाले तिनका विद्यालयमा हिन्दी भाषालाई अनिवार्य बनाउने सहमति जनाएको बताएका छन्। यो सहमति सार्वजनिक भएसँगै आसाम लगायत उत्तरपूर्वी राज्यहरुमा आक्रोश उत्पन्न भएको छ। उत्तरपूर्वका आठ राज्यका १० कक्षासम्म हिन्दी भाषा अनिवार्य बन्न लागेको जानकारी दिने क्रममा शाहले हिन्दीलाई ‘भारतको भाषा’ बताए। उनले ‘देशको एकता मजबुत बनाउन हिन्दी […]
धनगढीः सुदूरपश्चिममा मतदाता शिक्षाको अभाव सधैँ देखिने गरेको छ। विगतमा सम्पन्न विभिन्न निर्वाचनमा मत बदर भएका थिए। मतदाता शिक्षाको कमीले नै ती मत बदर भएको पुष्टि हुन्छ। विगतमा निर्वाचन आयोगले नै गाउँगाउँमा स्वयमसेवक खटाएर मतदाता शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको थियो। तर वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आयोगले उक्त कार्यक्रम सञ्चालन […]
मङ्गलबारदेखि ७७ जिल्लाका ७५३ पालिकाका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने भएको छ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले राससलाई जानकारी गराए । यसअघि विसं २०६८ मा कृषि गणना भएको थियो । केन्द्रीय तथ्याङ्क […]
काठमाडौं । सरकारले मंगलबार र बुधबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । ७ सय ५३ वटा पालिकाबाट वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाको पोषण शाखाका प्रमुख लिला थापाले देशभरबाट […]
काठमाडौं । स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते तोकिएको छ । निर्वाचन आयोगले उक्त निर्वाचनको क्रममा राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले पालना गर्नुपर्ने २१ आचरण सार्वजनिक गरेको छ । निर्वाचन अगाडि जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्दा २१ बुँदे आचरण पालना गर्नुपर्ने आयोगले जनाएको छ । खासगरी निर्वाचन प्रचार प्रसार सम्बन्धी […]
कैलाली – बझाङको बुङ्गल नगरपालिका ८ दस्पलामा बिजुली बनाउने क्रममा बिजुलीको पोलमा करेन्ट लागेर एकजनाको घटना स्थलमा नै ज्यान गएको छ।सानेगाड लघु जल बिद्धुत आयोजनाअन्तर्गत रहेको विद्युत प्रसारण लाइनको मर्मत गर्ने क्रमका सोही ठाउँका २४ वर्षीय राजन बहादुर बोहराको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख […]
पाँचथर – पाँचथरको फिदिम नगरपालिका-१ बुद्धचोकमा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । एक बालिका घाइते भएकी छिन् । आज बिहान मदन पन्धाकको घरकाे जग हाल्ने क्रममा माथिबाट झरेको ढिस्कोले पुरिएर ६९ वर्षीय गोपाल ढुङ्गानाको ज्यान गएको हो ।ढुङ्गानालाई पाँचथर अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका हुन् । यस्तै, माटाे ढिस्कोले पुरिएर […]
नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आक्रमण भएको छ । केन्द्रीय सम्पर्क कमिटीको बैठकमा स्थानीय निर्वाचनको टिकटको विषयमा भनाभन हुँदा उनलाई एकजना एमाले कार्यकर्ताले आक्रमण गरेकी हुन् । रामेछापको खाँडादेवी गाउँपलिका अध्यक्ष र उपाध्यक्षको टिकटको विषमा छलफलको क्रममा आफूमाथि हातपात भएको ढुंगेलले बताए । नेकपा एमाले केन्द्रीय सम्पर्क समिति सदस्य लक्ष्मी न्यौपानेले उनलाई हातपात गरेकी […]
नेकपा एमाले ललितपुरले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न अन्तर्वार्ता लिन सुरु गरेको छ । एमाले ललितपुर क्षेत्र नम्बर १ ले आइतबार मात्र कोञ्ज्योसोम गाउँपालिकाका आकांक्षीसँग अन्तर्वार्ता लिएको छ । अध्यक्षका आकांक्षी कृष्णमान लामा, कृष्ण सापकोटा र कविन्द्र लामा तथा उपाध्यक्षका आकांक्षी रनिता तामाङ र सुनिता तामाङसँग अन्तर्वार्ता लिइएको हो । क्षेत्र नम्बर १ […]
चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग विवाह गर्न लागेकी हुन् । जसको जानकारी सामाजिक संजाल मार्फत उनले दिएकी छन् ।बराइलीसँगको एक तस्बिर सार्वजनिक गर्दै उनले इन्गेज्मेन्ट भएको समेत जनाएकी छन् । मेलिनाको सञ्जीवसँग केही वर्षअघि नै इन्गेज्मेन्ट गरेको बताइन्छ । इन्गेज्मेन्ट गरेको तस्बिर सार्वजनिक गर्दै […]
बलात्कार मुद्दामा डर, त्रास, धम्की, प्रलोभन तथा अन्य प्रभावले बयान परिवर्तन गर्ने प्रवृत्ति, तर पीडितले बयान फेरेकै आधारमा अभियुक्तलाई सफाइ दिन नमिल्ने सर्वोच्चको नजिर तनहुँ, काठमाडौं — पल शाहमाथि जबर्जस्ती करणीको आरोप लगाउँदै आएकी किशोरीले अदालतको बकपत्रमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार बकपत्र दिने क्रममा उनले आफूलाई पलले बलात्कार नगरेको, अरूको उक्साहट र […]
काठमाडौं । अभिनेता पल शाह बलात्कार प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । अभिनेता शाहमाथि बलात्कारको आरोप लगाउने नाबालिगले आफ्नो बयान फेरेकी छन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् । कानुन व्यवसायीका अनुसार पीडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’ पीडितले […]
व्यक्तिगत बेरुजु भएका व्यक्तिले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएपछि बहालवाला जनप्रतिनिधिले धमाधम बेरुजु फर्छ्योट गर्न थालेका छन् । संस्थागत बेरुजु फर्छ्योट गर्ने तर्फ भने स्थानीय तहका जनप्रतिनिधिले बेवास्ता गर्दै आएका छन् ।निर्वाचन आयोगले जारी गरेको आचार संहितामा पेस्की लिएका र बेरुजु भएका व्यक्तिले उम्मेदवार बन्न पेस्की तथा बेरुजु फर्छ्योट गर्नुपर्ने व्यवस्था छ । उम्मेदवार […]