होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भोट हाल्न हेलिकाेप्टर चढेर गाउँ फर्किए लाङटाङका मतदाता
समाचार

भोट हाल्न हेलिकाेप्टर चढेर गाउँ फर्किए लाङटाङका मतदाता

  • नागरिक रैबार
भोट हाल्न हेलिकाेप्टर चढेर गाउँ फर्किए लाङटाङका मतदाता

रसुवा – शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरू गाउँ फर्कने क्रम जारी छ । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ फर्किएका छन् । तर सडकको पहुँच नपुगेको रसुवाको पर्यकीय क्षेत्र लाङटाङ क्षेत्रका नागरिकहरू भने भोट हाल्नकै लागि हेलिकाेप्टर चढेर गाउँ फर्किएका छन् ।

गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङ क्षेत्रमा पर्ने लाङटाङसहित क्यान्जिन, मुण्डुपलगायतका क्षेत्रका नागरिक हेलिकाेप्टरमार्फत भोट हाल्नकै लागि गाउँ फर्किएको क्यान्जिनका ग्याल्बु लामाले बताए । २० जनाभन्दा बढी स्थानीय हेलिकाेप्टर चढेर गाउँ फर्किएका हुन् ।

सडकको पहुँच नपुगेका कारण लाङटाङ क्षेत्रका नागरिक यसअघि पनि हेलिकाेप्टर चढेर भोट हाल्न गाउँ पुग्ने गरेका थिए । काठमाडौं बस्ने तथा देश बाहिर पुगेका लाङटाङ क्षेत्रका नागरिक निर्वाचनको समयमा गाउँ आउने गरेको लामाले बताए ।

विज्ञापन

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ पुग्न काठमाडाैंबाट स्याफ्रुबेसीसम्म गाडी र स्याफ्रुबेसीबाट पैदल यात्रापछि मात्र पुगिन्छ । काठमाडौंबाट स्याफ्रुसम्म गाडीमा एक दिन र स्याफ्रुबाट डेढदेखि दुई दिनको पैदल यात्रा गरेर लाङटाङ पुगिन्छ । लाङटाङ ट्रेकिङ टुरिजमको रूपमा समेत चिनिन्छ ।

गोसाइँकुण्ड गाउँपालिका-४ स्थित सामुदायिक भवनमा मतदान केन्द्र तोकिएको छ । लाङटाङ क्षेत्रमा तीन सय ६३ जना मतदाता रहेको निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार लाङटाङस्थित मतदान केन्द्रमा निर्वाचन गराउन मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेमशंकर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीको रूपमा नन्दलाल न्यौपाने खटाइएको छ ।

निर्वाचन टोलीले बुधबार सर्वदलीय बैठक राखेर आवश्यक प्रक्रिया सुरु गरेका छन् । पाँच सयभन्दा कम मतदाता रहेका केन्द्रमा चारजना कर्मचारी खटाइने प्रावधानअनुसार कर्मचारी खटाइएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै