होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
लकडाउनको समयमा प्रदेश नं ५ मा भएका सवारी साधन दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् । बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बन्दाबन्दी समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ता सचेत रहनुपर्ने बताए । पत्रकारले आकाशेपुलको प्रयोग, अटो रिक्साको व्यवस्थापन, टिपरको गति नियन्त्रण र […]
दैलेख । खोला तर्ने क्रममा बगाउँदा एक युवतीको मृत्यु भएको छ । नौमूले गाउँपालिका ५ की २५ वर्षीया पविसरा शाहीको अपराह्न ३ बजेतिर खोला तर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । वडा नजिकै रहेको सामेखोला तर्ने क्रममा बगाएर उनको मृत्यु भएको हो । लगातार वर्षात्सँगै खहरे ठूलो […]
गगन अयडी धनगढी ,११ असार तुर्माखाँद गाउँपालिका अछामका अध्यक्ष पुष्पराज शर्माको पहलमा एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्वार गरीए । जिल्लामा हेलीप्याड नहुँदा समस्या देखिएपछी मकै बारीमा हेलिकप्टर अवतरण गरी गर्भवती महिलाको उद्धार गरीएको छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय अन्तर्गत राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तरगत जिल्लाको तुर्माखाँद गाउँपालीका भैरबस्थान ३ कि १८ बर्षिया […]
नागरिक रैबार/बाजुरा ११ असार । जिल्लाको गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाको पहलमा गौमुल गाउँपालिका–१ अन्द्राडी बस्तिका लागि आर्थिक सहयोग प्राप्त भएको रकमबाट आज राहत वितरण गरिएको छ । विगत लामो समयदेखि न्युयोर्के अमेरिकामा बस्दै आएका अध्यक्ष रोकायाका मिलनसार शुभचिन्तक मिङ्गमा शेर्पाले आर्थिक सहयोग गरेका थिए । काठमाण्डौं घर भई हाल न्युयोर्के अमेरिकामा रहेका शेर्पाले […]
राजेन्द्र बहादुर रोकाया /बाजुरा ११ असार। जिल्लाको हिमालि गाउँपालिकाको गाउसभा तिन देखी जारी रहेको छ । आज गाउँपालिकाको नीति तथा कार्यक्रम गाउसभामा प्रस्तुत गरिएको छ भने भोली गाउसभामा बजेट प्रस्तुत हुने भएको छ । गाउँ सभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले आर्थिक बर्ष २०७७÷०७८ का लागी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । […]
जीवन कैला बाजुरा,१० असार बाजुराको हिमाली गाउँपालिकाको छैटौं गाउँ सभा आज देखि सुरु भएको छ । “जडीवुटी जलस्रोत कृर्षि पर्यटन हिमालीको सान, स्वास्थ्य, शिक्षा र रोजगारी सृजना गर्ने हाम्रो अभियान”, भन्ने मुल नाराका साथ हिमालीको छैटौं गाउँ सभा आज देखि सुरु भएको हो । हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा सुरु भएको गाउँ सभाको गाउँपालिकाका अध्यक्ष गोविन्द […]
अनिल शाही/बाजुरा,१० असार। बाजुराको जगन्नाथ गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको सातांै गाउँ सभा बाट आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरीएको हो । गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले गाउँपालिकाको विकाश र समृद्धिमा जोड दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । निती तथा कार्यक्रम सार्वजनिक गर्दै […]
नागरिक रैबार/बाजुरा १० असार । जिल्लाको गौमुल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३२ करोड २८ लाख ७६ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । बुधबार गाउँपालिकाको सातौ गाउँ सभामा उपाध्यक्ष सीता थापाले उक्त बजेट प्रस्तुत गर्नु भएको हाे । संघिय सरकारबाट समानीकरण ७ करोड ३९ लाख, शसर्त अनुदान १३ करोड ८८ लाख, राजस्व बाँडफाँड ५ […]
गगन अयडी/ धनगढी, १० असार। धनगढी उपमहानगरपालिकाले आगामि आर्थिक बर्ष २०७७÷०७८ का लागि एक अर्ब ६३ करोड ८२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । चालु तर्फ ८५ करोड र पुँजिगत तर्फ ७८ करोड ८२ लाख गरी एक अर्ब बढीको बजेट सार्वजनिक गरेको हो । उपमहानगरको पाँचौ नगरसभामा उप–प्रमुख शुसीला मिश्र भट्टले आगामी बर्षको […]
गगन अयडी /धनगढी १० असार । बाजुराको त्रिवेणी नगरपालिकाले आगामि आर्थिक बर्ष २०७७÷०७८ का लागि ३८ करोड ६९ लाख ५१ हजार ९ सय ७० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सातौँ नगरसभामा उपमेयर राधिकादेवी सुनारले प्रस्तुत गरेको नीति, कार्यक्रममा तथा बजेटमा उल्लेख गरिएको छ । संघीय सरकारबाट वित्तिय समानीकरण अनुदान १० करोड ८० […]
प्रदिप मलासी बझाङ असार १० जयपृथ्वी नगरपालीकाको छैटौ नगरसभा बुधबार उद्घाटन भएको छ । नगरप्रमुख विरेन्द्र बहादुर खड्काको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बजेट वक्तव्य भने जयपृथ्वी नगरपालीकाकि उप प्रमुख जुना जाग्रिले प्रस्तुत गर्नु भएको थियो । जयपृथ्वी नगरपालीकाले आर्थिक बर्ष २०७७÷०७८ का लागि ५२ करोड ९३ लाख बराबरको अनुमानित बजेट बुधबारको नगर सभामा सार्बजनिक गरेको […]
नागरिक रैबार/बाजुरा १० असार। जिल्लाको त्रिवेणी नगरपालिकाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको जाँचमा त्रिवेणीका ५ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन् । बुधबार त्रिबेणि नगरपालिकामा भेटिएका ५ जना सवै पुरुष रहेका छन् । त्रिवेणीमा भेटिएका पाँच जनासँगै […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा १० असार। बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको फालाशैन बजारमा जीप दुर्घटना भएको छ । से १ ज १०१९ नम्मर जिप दु्र्घटना भएको हो । दुर्घंटनामा परी ९ जना घाइते भएका छन । कोल्टीबाट मर्मतका लागि फालासैन गएको र मर्मत गरिसकेपछि स्थानिय मात्रै गाडीमा चडेको समयमा रोडमा चिप्लिएर जीप पल्टिएको जिल्ला प्रहरी कार्यालय […]
१० असार, काठमाडौं । रुकुम पश्चिममा दलित युवक हत्याको घटनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएका सांसदसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा सांसद लक्ष्मी परियारसहितको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस क्रममा प्रहरीको लाठी प्रहारबाट सांसद […]
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट पास भएको नेपाल नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधि सभामा बुझाइको छ । २०७५ साउन २२ गते संसद सचिवालयमा दर्ता भएको सो विधेयक झण्डै २ वर्षदेखि समितिमा विचाराधिन अवस्थामा थियो । संसदीय समितिबाट पास भएको सो विधेयकमा गैरआवासीय नेपालीलाई पनि नागरिता दिने प्रावधान समेटिएको […]
धनगढी : प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै प्रतिपक्षी दलहरुले वुधवार भएको प्रदेश सभा बैठकमा अवरोध गरेका थिए। उनीहरुको अवरोधपछि १२ गते विहान ८ बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको छ। प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका […]
रामबहादुर विक/ बाजुरा ९ असार । नेपाली कांग्रेस गौमुल गाउकार्य समितले गाँउपालिकालाइ आज ज्ञापन पत्र बुझाएको छ । अहिलेको विश्वव्यापी माहामारिको रुपमा फैलिरहेको कोरना भाइरसले आक्रान्त बनाइरहेका वेला गौमुल गाँउपालिकाले वितरण गरेको राहतमा एकरुपता नभएकोमा नेपाली कांग्रेस गाँउकार्य समितीले आपती जनाएको छ । नेपाल सकारको निती अनुशार राहत वितरण गरिव , एकल महिला , ज्यालामजदुरी […]
रामबहादुर विक/ बाजुरा ९ असार । बाजुरामा हालसम्म ६ हजार ८ सय २१ जनाको आरडिटी विधिाट कोरोना परिक्षण गरिएको छ । जिल्लामा ९ ओटै स्थानीय तहका जम्मा ६ हजार ८ सय २१ जनाको आरडिटी परिक्षण गरिएको हो । आरडिटी परिक्षणमा हाल सम्म १ हजार १ सय ५९ जनाको रिर्पोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले […]
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । दैलेखका एक ४५ वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले उनी क्षयरोग र दमको विरामी समेत रहेको बताए […]
बाजुरामा मंगलवार २१ जनाकाे पुष्टि सँगै ९३ जना काेराेना संक्रमित भएका पुगेका छन् । २ बर्षिय वालिकाकाे मृत्यु भइसकेकाे छ भने एकजना कालिकाेट अस्पतालमा उपचार गराइरहेका काेराेना जितेर घर गइसकेका छन् । एकजना भने धनगढीमा उपचार गराइरहेका छन्, अरु सबै बाजुराका स्थानिय क्वारेनटाइनमा रहेका छन् । बाजुरामा मंगलवार राष्ट्रिय प्रयाेगशाला आएकाे रिपाेटमा २० जना त्रिवेणि […]