होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • गाैमुलका अध्यक्ष रोकायाको पहलमा ४४ परिवारलाई खाद्यन्न सहयोग
देश/प्रदेश

गाैमुलका अध्यक्ष रोकायाको पहलमा ४४ परिवारलाई खाद्यन्न सहयोग

  • नागरिक रैबार
गाैमुलका अध्यक्ष रोकायाको पहलमा  ४४ परिवारलाई खाद्यन्न सहयोग

नागरिक रैबार/बाजुरा ११ असार । जिल्लाको गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाको पहलमा गौमुल गाउँपालिका–१ अन्द्राडी बस्तिका लागि आर्थिक सहयोग प्राप्त भएको रकमबाट आज राहत वितरण गरिएको छ । विगत लामो समयदेखि न्युयोर्के अमेरिकामा बस्दै आएका अध्यक्ष रोकायाका मिलनसार शुभचिन्तक मिङ्गमा शेर्पाले आर्थिक सहयोग गरेका थिए ।

काठमाण्डौं घर भई हाल न्युयोर्के अमेरिकामा रहेका शेर्पाले अमेरिकन ९ सय ५० डलर नेपाली १ लाख १३ हजार ६ सय १५ रुपियाँ अध्यक्ष रोकायाकै नाममा पठाएका थिए । विश्वमा फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड १९) कारण विश्व नै आक्रान्त बनिरहेको बेला विकट गाउँ अन्द्राडी गाउँका लागि खाद्यान्न सहयोग गरिएको ।

विज्ञापन

राहत वितरण गदैं गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले सहयोगी मनकारी प्रति धन्यवाद दिनुभएको छ । देश नै विरतm र नैराश्य भईरहेको बेलामा आफ्नो दैनिक छाक कटाएर सहयोग गरेको भन्दै खुसी व्यतm गर्नुभएको छ । गाउँपालिका कहरका बेलामा ठुलो आर्थिक समस्यामा परिरहेका बेला स्थानीय जनतालाई राहत महसुस भएको बताउनुभएको छ । उब्जनी पनि खास्सै नहुने र खाना लाउन समेत समस्या भएका स्थानीय जनतालाई सहज भएको बताउनुभएको छ ।

साथै उपाध्यक्ष सीता थापाले गाउँपालिका अध्यक्षले पहल गरेर जनताको समस्याको सारथी बनेको भन्दै मनकारी मिङ्गमा शेर्मालाई आभार व्यतm गर्नुभएको छ । यो कहरको बेला अनुहारमा खुसी ल्याउने वातावरण सिर्जना गरेको प्रति अध्यक्ष हरि बहादुर रोकायालाई समेत धन्यवाद दिनुभएको छ । अन्द्राडी गाउँका प्रत्येक परिवारलाई ३० केजी चामल, ५ पोका तेल, १ नुहाउने साबुन र नगद ५ सय वितरण गरिएको छ ।

कडाउनका कारण खाद्यान्न अभाव झेलिरहेका विकट गाउँ अन्द्राडीका ४४ परिवारका लागि आज गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकाया र उपाध्यक्ष सीता थापा गाउँमै पुगेर राहत वितरण गर्नुभएको हो । कोरोना भाइसका कारण अप्ठेरोमा परेका उनीहरुलाई राहत भएको छ ।
गरिब, दुःखी र विपन्नको मावन सेवाका लागि आफ्नो छाक कटाएर आर्थिक सहयोग गर्ने पाउँदा आफुले गर्व महसुस गरेको मनकारी मिङ्गमा शेर्पाले बताउनुभएको छ । उहाँले आगमी दिनमा पनि गाउँपालिकाका अन्य वडामा समेत सहयोग गर्ने वचन दिएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार