होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कार्तिक १० । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका आमन्त्रित सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताए […]
९ कात्तिक, काठमाडौं । संस्थागत (निजी) विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानून शैक्षिक सत्र शुरु भएको छ महिनासम्म पनि कार्यान्वयन हुन सकेको छैन । वैशाखदेखि नयाँ शैक्षिक सत्र शुरु हुन्छ । शिक्षा नियमावलीमा जेठ १५ गतेसम्म संस्थागत विद्यालयका विभिन्न समूहले पाउने छात्रवृत्तिको निर्णय गरी सम्बन्धित स्थानीय तहको शिक्षा शाखामा पेश गर्नुपर्ने व्यवस्था छ । […]
नागरिक रैबार/ बाजुर ८ कार्तिक । समाजसेवी तथा राजनीतिज्ञ कविता कुमारी बुढा (विष्ट) एजेन्सी म्यानेजरलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बाजुरा शाखाले गत असार महिनाको स्किम वितरण स्वरुप मोटरसाईकल प्रदान गरेको छ । आईएमई लाईफ इन्सोरेन्स कम्पनि बाजुरा शाखाका प्रमुख गोपालराज उपाध्याय र कम्प्युटर अपरेटर धनसिंह विकले बुधबार समाजसेवी एंव राजनीतिज्ञ विष्टलाई मोटर साईकल प्रदान गरेका […]
काठमाडौं । सर्वोच्च अदालतले पूजा बोहोरा बलात्कार प्रकरणमा घटनाको आठ वर्षपछि सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको छ। उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै बिहीबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र हरि फुँयालको संयुक्त इजलासले उनीहरुलाई बलात्कारी ठहर गरेको हो। जिल्ला अदालत बैतडीकोको फैसला उल्ट्याउँदै उच्च अदालत महेन्द्रनगरले यी अभियुक्तले सफाई पाउने फैसला सुनाएपछि घटना […]
१७ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रवन्धक परिवर्तन गरेको छ । प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई बिहीबार साँझ सचिवालयमा तानेको छ । स्रोतकाअनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणबारे सूचना चुहाएको आरोपमा उनीमाथि कारबाही गरिएको हो । प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले भने नियमित प्रशासनिक प्रक्रिया अनुसार विमानस्थलको नेतृत्व […]
एक वर्षमा देशैभरी फोरजी सेवा सुरु गर्ने उद्देश्य सहित सेवा विस्तार गरिरहेको नेपाल टेलिकमले आज सुदूरपश्चिममा पनि सेवाको उद्वघाटन गर्ने भएको छ। कैलाली र कञ्चनपुरका विभिन्न सहरमा फोरजी सेवा सुरु गर्न आज उद्वघाटन कार्यक्रम राखिएको हो। नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका अनुसार दुई जिल्लाका १२ सहरमा दशैँ अगाडी नै फोरजी सेवा विस्तारको कार्य अनुसार आज […]
काठमाडौं । दसैं मनाउनका लागि संघीय राजधानी काठमाडौंबाट सात दिनमा आठ लाख ३५ हजार यात्रु बाहिरिएका छन् । दसैंको लागि अग्रिम टिकट बुकिङ खुलेको असोज पाँच गतेदेखि १२ गते आइतबारसम्म उपत्यकाका तीन जिल्लाबाट यी संख्यामा यात्रु दसैं मनाउन घर गएका हुन् । यस्तै पाँचदेखि ११ गतेसम्म ८० हजार ३४१ वटा सवारीसाधन उपत्यका भित्रिएका छन् भने ८८ […]
कैलाली – जिल्लाको मोहन्याल गाउँपालिका ५ को झल्कीपानी स्थित खोलामा मृत अवस्थामा एक बालकको सव फेला परेको छ । मोहन्याल गाउँपालिका ८ का सुर्यबहादुर रानामगरका १२ वर्षीय छोरा शिशिर राना खोलामा मृत भेटिएका हुन । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोहन्याल गाउँपालिकाको तालबन्द घुम्न गएका शिशिर आईतबार साँझ बाजपानी खोला तर्ने क्रममा बगेर वेपत्ता भएका थिए […]
नागरिक रैबार/बाजुरा १३असोज। सदरमुकाम मार्तडीमा रहेको रोयल होटलबाट प्रहरीले नगद सहित ६ जना जुवाडे पक्राउ गरेकाे छ । नगदसहित जुवा खेलिरहेकाे बेला प्रहरीले जुवाडेलाई रङगे हात पक्राउ गरेकाे छ। प्रहरीले साेमबार बिहान ११ बजे जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हाे । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले राेयल हाेटल संचालक अन्तिम जगं […]
नागरिक रैबार/बाजुरा ६ असोज। बाजुरा जिल्ला प्रहरी कार्यालय बार्जुगाडको टोलीले बुढीगंगा नगरपालिकाको बाह्रवीसतिर सर्चिङ्गमा गएका बेला सिगाडा मावि कक्षा ९ मा अध्ययनरत एक जना छात्रलाई विप्लव समुहको जिल्ला कमिटी सदस्य भनेर पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका वडा नं. ९ बाह्रवीस बासुरेका लाल बहादुर शाही रहेका छन् । बार्जुगाडबाट सर्चिङ्गमा गएको प्रहरीको टोलीले […]
नागरिक रैबार/बाजुरा ६ असोज। बाजुराको जुकोट र पाण्डुसैनमा फलेका स्याउ पहिलो पटक सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी र संघीय राजधानी काठमाण्डौँ लगिएको छ । किसानले बारीमा फलाएका स्याउ बजार नपाई बोटमै कुहिने अबस्था भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिएर पहिलो पटक जिल्ला बाहिर स्याउ जान लागेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद […]
खबर संवाददाता/बाजुरा ४ असोज। बाजुरामा उद्यमि युवा सम्मेलन गरिने भएको छ । स्थानीय उत्पादनको प्रयोगमा तत्परता समृद्धीका लागी युवा उद्यमशिलता भन्ने मुल नाराका साथ भव्य कार्यक्रम गरी मनाईने भएको हो । युवा पछिल्लो समयमा रोजगारीका लागी बिदेश चलान हुने गरेका छन्, युवालाई रोजगार होइन् स्वारोजगार बनाउनु पर्छ भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरीएको बताइएको छ […]
१ असोज, काठमाडौं । बुधबार पनि दिनभर पानी पर्ने मौसमविदले बताएका छन् । काठमाडौं उपत्यकामा बुधबार पनि दिनभर बादल लाग्ने र पानी पर्ने पूर्वानुमान छ । मौसमविद मञ्जु बासीले अनलाइनखबरसँग भनिन्, ‘काठमाडौं उपत्मायकामा आज पनि घाम लाग्ने सम्भावना छैन । दिनभरि नै पानी पर्छ । कुनै ठाउँमा केही क्षण रोकिए पनि एकछिनपछि फेरि पानी पर्ने छ […]
नागरिक रैबार/बाजुरा ३१ भदौ। जिल्लाको हिमाली गाउँपालिका गुम्बामा भालुको आक्रमणमा परी गम्भिर घाईते भएका एक जनालाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको छ । हिमाली गाउँपालिका वडा नं. ३ गुम्बा निवाशि ३२ बर्षीया मंगल थापा भालुको आक्रमणमा परी घाईत भएका थिए । सोमबार बिहान भेडा चराउन गएका बेला भालुले आक्रमण गरेका थापालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको […]
३१ भदौ, काठमाडौं । आउँदो असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले निःशुल्क सेवा प्रवाह गर्ने भएका छन् । असोज ३ मा पर्ने संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले त्यसको अघिल्लो दिन आफू मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाकाे बहिरंग (ओपीडी) सेवाको टिकट निःशुल्क गर्न लागेको हो । सरकार मातहतका देशैभरिका […]
काठमाडौं : नेपाल आयल निगमले मंगलबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ। नेपाल आयल कर्पोरेसनका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले नेपाल भारत पेट्रोलियम पाइपलाइनको उद्घाटनसँगै तीन प्रकारको इन्धनको मूल्य घटाइएको जानकारी दिए। ‘आम उपभोक्तालाई राहत दिन निगमको स्वचालित मूल्य प्रणाली बमोजिम अन्तर्राष्ट्रिय बजार मूल्य, पाइपलाइनबाट ढुवानी गर्दा […]
यो पटक भरतपुर महानगर क्षेत्र डेंगुबाट अत्याधिक प्रभावित भएको छ । निरीक्षक केसीका अनुसार भरतपुरमा मात्रै डेंगु भएकाहरुको संख्या आठ सयको हाराहारीमा छ । महानगरको बजार क्षेत्रमा पर्ने एक, दुई, तीन, चार, १०, ११ र १२ डेंगुबाट प्रभावित वडाहरु भएको उनले बताए । नौ वर्षअघि सन् २०१० मा चितवनमा ७ सय ३९ जनामा डेंगु फेला […]
काठमाडौं : बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर केही दिन पानी पर्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाको शनिबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थान आसपास छ। उत्तर ओडीशा र पश्चिम बंगाल आसपास न्युन चापिय प्रणाली रहेको छ। मनसुनको न्यून चापिय रेखाको साविक […]
नेपाल टेलिकमले शनिबार राती केही समय आफ्नो सेवा नचल्न सक्ने जनाएको छ । टेलिकमले फोरजी एलटिई सेवा अपग्रेड गर्ने भएकोले शनिबार राती केही समयको लागि सेवा अवरुद्ध हुन सक्ने जानकारी दिएको हो । शनिबार राती साढे ११ बजेदेखि अपग्रेडको काम सुरू हुने भएकोले त्यस समयमा मोवाइल सेवा प्रयोगमा कठिनाइ आउनसक्ने टेलिकमले जनाएको छ । मोवाइल सेवा […]
वीरगन्ज — वीरगन्ज महानगरपालिका रेशमकोठीमा रहेको त्रिभुवन उच्चमाविमा कक्षा ९ मा अध्ययनरत एक छात्रामाथि शुक्रबार बिहान एसिड प्रहार भएको छ । छपकैया-२ निवासी १५ वर्षीया मुस्कान खातुनलाई दुई जना युवाहरुले गणेशमान चोक जाने गल्लीमा एसिड प्रहार गरेका प्रहरीले जनाएको छ। एसिड प्रहारले छात्राको शरिरको एक भाग जलेको प्रहरीले जनाएको छ। एसिड प्रहारबाट मुख, हात, छाती […]