होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढी, महेन्द्रनगर सहित सुदूरपश्चिमका १२ सहरमा आजदेखि फोरजी सेवा
समाचार

धनगढी, महेन्द्रनगर सहित सुदूरपश्चिमका १२ सहरमा आजदेखि फोरजी सेवा

  • नागरिक रैबार
धनगढी, महेन्द्रनगर सहित सुदूरपश्चिमका १२ सहरमा आजदेखि फोरजी सेवा

एक वर्षमा देशैभरी फोरजी सेवा सुरु गर्ने उद्देश्य सहित सेवा विस्तार गरिरहेको नेपाल टेलिकमले आज सुदूरपश्चिममा पनि सेवाको उद्वघाटन गर्ने भएको छ। कैलाली र कञ्चनपुरका विभिन्न सहरमा फोरजी सेवा सुरु गर्न आज उद्वघाटन कार्यक्रम राखिएको हो।

नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका अनुसार दुई जिल्लाका १२ सहरमा दशैँ अगाडी नै फोरजी सेवा विस्तारको कार्य अनुसार आज मुख्यमन्त्री त्रिलोचन भट्टबाट सेवा उद्वघाटनको तयारी रहेको छ। त्यस्का लागि १२ वटा टावरको निर्माण सम्पन्न भईसकेको नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका प्रमुख नामाकरण न्यौपानेले बताए।

कैलाली र कञ्चनपुरमा पुर्वपश्चिम राजमार्गमा रहेको सहरसंगै हुलाकी राजमार्गमा रहेको धनगढी र फुलवारी क्षेत्रमा समेत फोरजी सेवा आजदेखि नै सुरु हुने उनले बताए। उनका अनुसार धनगढी, महेन्द्रनगर, टीकापुर, चिसापानी, लम्की, सुख्खड, अत्तरिया, झलारी, फुलवारी लगायतका १२ सहरमा आजदेखि फोरजी सेवा सञ्चालन हुने छ।

विज्ञापन

अहिले कैलाली र कञ्चनपुर जिल्लाका मुख्य सहरमा मात्रै फोरजी सेवा विस्तारको कार्य भईरहेको बताउँदै उनले माघ मसान्तसम्म सुदूरपश्चिमभरी नै फोरजी सेवा विस्तार गर्ने योजना रहेको बताए। सुरुमा सबै महानगरपालिका, उपमहानगरपालिका र धेरै जनसंख्या भएका नगरपालिकामा फोरजीको व्यवसायिक सेवा सुरु गर्ने लक्ष्य अनुसार १२ सहरमा फोरजी विस्तार भईरहेको उनले बताए।

फोरजी विस्तारको काम मध्ये कोर नेटवर्क विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनी जेडटीईले आफ्नो काम पूरा गरेको छ। कोर प्रणालीको परीक्षण पनि सफल भईसकेको छ। आगामी माघ भित्र भने सुदूरपश्चिमका तीन सय ६१ स्थानमै फोरजी सेवा विस्तारको लक्ष्य रहेको नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय अत्तरियाले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार