होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल टेलिकमको नेटवर्क बन्द हुने
समाचार

नेपाल टेलिकमको नेटवर्क बन्द हुने

  • नागरिक रैबार
नेपाल टेलिकमको नेटवर्क बन्द हुने

नेपाल टेलिकमले शनिबार राती केही समय आफ्नो सेवा नचल्न सक्ने जनाएको छ । टेलिकमले फोरजी एलटिई सेवा अपग्रेड गर्ने भएकोले शनिबार राती केही समयको लागि सेवा अवरुद्ध हुन सक्ने जानकारी दिएको हो । शनिबार राती साढे ११ बजेदेखि अपग्रेडको काम सुरू हुने भएकोले त्यस समयमा मोवाइल सेवा प्रयोगमा कठिनाइ आउनसक्ने टेलिकमले जनाएको छ ।

मोवाइल सेवा अबरूद्ध हुन पुगे मोवाइल स्वीच अफ गरी अन गर्न पनि नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, वायरलेस सेवा निर्देशनालय बबरमहलले सूचना निकालेर जानकारी गराएको छ ।

‘फोरजी एलटिई सेवा सञ्चालनका लागि यही मिति २०७६ भदौ २१ गते राति ११ः३० बजेदेखि सिष्टम अपग्रेड सम्बन्धी कार्य हुने भएकोले उक्त समयमा जिएसएम मोवाइल सेवा प्रयोगमा केही असुविधा हुन सक्ने सबैमा जानकारी गराइन्छ,’ टेलिकमले निकालेको सूचनामा भनिएको छ ।

विज्ञापन

टेलिकमले प्रविधिमा आएको परिवर्तनसँगै सेवाग्राहीलाई समयसापेक्ष नयाँ प्रविधिमा आधारित सेवाहरू उपलब्ध गराउने प्रयास गरिराखेको पनि उल्लेख गरेको छ । देशभर नै फोरजी एलटिई सेवा विस्तार भइराखेको टेलिकमको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै